सम्झनामा,मैले पाएको अमुल्य मदर्स डे गिफ्ट

शशि केसी २०७८ वैशाख २५ गते १९:२१ मा प्रकाशित

शशि केसी,अहिले अमेरिकामा”आमा दिवस/मदर्स डे”को निक्कै नै चहलपहल छ। जताततै छुट नै छुट । कतै एउटा सामान किन्दा अर्को सित्तैमा,कतै २० ,३० प्रतिशत छुट,गहना पसलतिर छुट,जुत्ता,कपडा,मेकअप,पर्फ्युम आदीमा पनि भारीमात्रामा छुट!। ओहो गज्जव छ यो देशमा व्यापार गर्ने तरीका ।

आफ्नो सामानहरू धेरै बिक्री गर्न रेडियो,इमेल,फेसबुक, टेलिभिजन,फोन जताततै बिज्ञापन नै बिज्ञापन । हुनत अझै पनि केही दिनबाँकी नै छ मदर्स डे आउन तर प्रचारप्रसार चाहीँ एक डेड महिना पहिलेदेखि नै शुरूभई सकेकोछ। जताततै प्रचारप्रसार यतिसम्म हुन्छकी थाहा नपाउनेले नि ये”मदर्स डे” आएछ भन्ने थाहा पाउँछननै। थाहामात्र पाएत हुन्थ्यो नी,कहिलेकाँही त यती लोभलाग्दो छुट हुन्छ की,मनै त हो,नचाहिए पनि किन्न पुगिन्छ।

नेपालमा”वैशाख कृष्ण औंसीको दिन”मनाइए जस्तै यो देशमा चाहीं प्रतेक बर्षको मे महिनाको दोस्रो आइतवार मनाईन्छ।यो बर्षको”मदर्स डे”यही आँउदो आइतवार,मे १२ तारिक हो।

बजार त बजार भई हाल्यो आफ्नो व्यापार बढाउन अनेक गर्ने, साथसाथै स-साना केटाकेटीहरू जाने डे केयर सेन्टर र स्कुलले पनि केटाकेटीलाई आमाको महत्व बुझाउन सिकाउँदै तिनीहरूको आर्ट क्लासतिर”मदर्स डे काड”बनाउन लगाउँछन्। ओहो स-साना केटाकेटीहरूले यति खुशी भएर बनाएका हुन्छन के कुरा गर्नु,उनीहरूको लागि त संसार नै आमा,मेरो प्यारी आमा,मेरो आमा राम्री,मेरो आमाले पकाएको मिठो,उनीहरूको आमाको कत्रो बयान,सबै राम्रो आमाको,केही नराम्रो भन्नै हुन्न,ओहो त्यो माया । बयान गरि साध्य छर। यसरी मदर्स डेको चर्चा गरिरहँदा मैले धेरै बर्ष पहिले चकित परिएर पाएको अमुल्य मदर्स डे गिफ्टको संझना आँउछ।

कुरा यस्तै हाम्रो छोरा २ वा ३ क्लास पढ्नेबेला तिरको हो।मे महिना थियो,मर्दस डे आउन केहीदिनबाँकी,तेतीबेला हामी मेरील्यान्ड राज्यको कलेजपार्क भन्ने शहरमा बस्ने गर्थेयौं।उसको स्कुलबाट एकदिन पेन्सिल्भानिया राज्यको”हर्सी चकलेट पार्क”मा शैक्षिकभ्रमणमा लगेको थियो। ओहो,बसमा चढेर घरबाट २-३ घण्टा टाढा,त्यो पनि रमाइलो गर्न जाने,को केटाकेटी खुशी नहोलान्,उसको पनि हप्तादिन अगाडीदेखि तयारी, के लन्च,स्न्याक लग्ने,के लुगा लगाउने,बसमा कोसंग बस्ने, के के खेल खेल्ने,ओहो तयारी र कौतुहलता त बयान गरिसाध्य छैन।अव चकलेट पार्कमा जान लागेको त्यो पनि प्रसिद्द “हर्सी कम्पनीको”,केही किन्न मन लाग्ला भनेर आफु आमा न परियो दिँए बिस डलर पैसा पनि खानेकुराहरूसंगै।

आयो बेलुका खुशी हुँदै,सुनायो भएभरको कहानी,पैसाचाहीं यस्तै २-३ डलर फिर्ता लेराएर दियो।अरू पैसा के गर्यौ त भन्दा यस्तै चकलेट,यताउता किनेर खाँए भन्यो,होला भन्ने लाग्यो।यसको तिनचार दिनपछि आयो मदर्स डे, बिहानै,अघिल्लो बर्षहरूमा जस्तै पछाडी लुकाएर,स्कुलमा बनाएको”मदर्स डे काड”ल्याएर दियो।खै गज्जब छ,स्कुलमा भन्ने होला लुकाएर राख्नु अनि मदर्स डेको दिनमात्र दिनु,त्यो काड पहिले देख्ननै पाइन्न कता लुकाएको हुन्छ कता,खैर काड त हुन्छ भन्ने पक्का नै थियो तर अचम्म! यो वर्षत काडसँगै सानो पहेंलो बट्टापनि पो छ !! बिस्तारै खोलेको त भित्र सानो सिक्रीमा हर्सी चकलेटको किसेस आकारको सानो पहेंलो पथ्थर भएको लकेट छ।

कतै नसोचेको कुरा, छक्क परे मत! लौ बाबु कहिले किन्यौ तिमीले भनेको त,मेरो प्यारो बच्चा,कठै कत्रो माया मामुको,स्कुल बस चढ्न लाग्दा डाइभरले मदर्स डे आउन लाग्यो आमाहरूलाई गिफ्ट किनेयौंत भनेर सोध्यो रे, मामुले दिएको बिस डलरमा चकलेट किनेर बाँकी थियो रे फर्केर गएर त्यै पैसाबाट मामुलाई”अमुल्य मर्दस डेको गिफ्ट”किनिदिएछ। जय होस त्यो स्कुलबस डाइभरको, कस्तो अमुल्य पाठ सिकाइदियौ मेरो छोरालाई!!

अन्त्यमा,समय सँगसँगै उपहार पुराना र हराउँदै जानेरहेछ तर तेससँग जोडिएको सम्झनाहरू झनझन् गाढा ।

 

यो लेख पुन प्रकाशित गरिएको हो ।

प्रतिक्रिया