ब्राह्मण को हुन् ?

–विष्णु शीतल २०७८ वैशाख २५ गते १६:११ मा प्रकाशित

मनुस्मृतिः को प्रथम अध्यायको ३१ श्लोकमा यसरी भनिएको छ :

लोकानां तु विवृद्ध्यर्थं मुखबाहूरुपादतः।
ब्राह्मणं क्षत्रियं वैश्यं शूद्रं च निरवत्र्तययत्।।

यसलाई शब्दार्थमा यसरी अथ्र्याइएको पाइन्छ:ब्रह्माले लोकको वृद्धिको लागि मुख,बाहु,जंघा(तिघ्रा) र चरणबाट ब्राह्मण,क्षत्रिय,वैश्य र शूद्र यिनलाई क्रमैले बनाए।

समय,प्रसंग र सन्दर्भअनुसार विभिन्न श्लोकको अर्थ लगाइएको हुन्छ र कुनै कालमा कतिपय अत्यन्त सान्दर्भिक कुराहरु पनि कालान्तरमा अत्यन्तै असान्दर्भिक हुन जान्छ।देश,काल र परिस्थितिअनुसार पनि अर्थान्तर हुन्छ। गीताको सन्दर्भमा के भनिएको पाइन्छ भने गीतालाई जहिले,जहाँ र जसरी पनि अथ्र्याइँदा यसले नवीनता दिने गरेको छ।

मनुस्मृतिःमा गीता र वेदहरूको पनि चर्चा वा संकेत पाइन्छ।यद्यपि गीतामा श्रीकृष्णले एक ठाउँमा भनेका छन्:स्मृतिहरूमा म मनुस्मृति हुँ।अब सन्दर्भतिर लागौँ।

माथिको श्लोकले चार जातीय समूहको उत्पत्तिको बारेमा बताएको छ।यो निकै आलोच्य रहेको छ तर पनि यो निकै प्रचलित छ।ब्रह्माको मुखबाट ब्राह्मणको जन्म भएको भन्ने भावार्थ रहेको स्पष्ट हुन्छ।यद्यपि यसको आधुनिक अर्थ पृथक लगाइन्छ:मुखले बोलेर गरिने लोकहितको कर्म नै ब्राह्मण कर्म हो,यथा:पूजा, यज्ञ र शिक्षादान।किनभने यस श्लोकमा जन्मभन्दा पहिले लोकको वृद्धि वा हितको सन्दर्भ आएको छ।यस दृष्टिले लोकको हितको खातिर मुखले कर्म गरेर आजीविका गर्ने ब्राह्मण हुन्छन्।

यद्यपि मनुस्मृतिःकै एक अर्को श्लोकमा ब्रह्माले मुखबाट ब्राह्मणको उत्पत्ति गरेको बताइएको छ र ब्राह्मणको कर्म यज्ञ तथा हव्य गराउनु रहेको बताइएको छ।
मनु:सम्पूर्ण वेद धर्मको मूल हो।

मनुको यस भनाइले वेद निकै पुरानो हो भन्ने पनि स्पष्ट हुन्छ।मनुस्मृति भन्दा वेद निकै पुरानो हो।

मन्त्रब्राह्मणर्योवेदनामधेयम्

अर्थात् मन्त्र (वैदिक संहिता) तथा ब्राह्मण दुवै वेद हुन्।सामान्यार्थमा ब्राह्मण शब्दले जाति वा जाति समूहको अर्थ बुझिएको पाइन्छ तर वैदिक वाङ्मयमा ब्राह्मण शब्दले ती ग्रन्थहरूको सामान्य नामलाई जनाउँदछ जुन वेदका मन्त्रहरूलाई व्याख्या हेतु लेखिएका छन्।यी ग्रन्थ वैदिक संस्कृति,धर्म तथा दर्शनलाई बुझ्नको लागि अपरिहार्य छ।यसबाट यो स्पष्ट हुन आउँछ कि वेद मूल हो र ब्राह्मणग्रन्थ तिनका व्याख्याग्रन्थ हुन्।

अझ स्पष्ट हुन यी ग्रन्थहरूको बारेमा बुझौँ।ऋग्वेदीय व्याख्याका लागि लेखिएका ग्रन्थहरू हुन्:ऐतरेय ब्राह्मण र कौषीतकि ब्राह्मण या शांख्यायन ब्राह्मण।यजुर्वेदीय व्याख्या गर्ने दुई प्रसिद्ध ग्रन्हरूमा शुक्ल यजुर्वेदीयतर्फ शतपथ ब्राह्मण र कृष्ण यजुर्वेदीयतर्फ तैत्तिरीय ब्राह्मण।सामवेदीय व्याख्याका पञ्चविंश ब्राह्मण या ताण्ड्य ब्राह्मण,षडविंश ब्राह्मण र जैमिनीय ब्राह्मण।यसै गरी अथर्ववेदीय व्याख्याका निम्ति गोपथ ब्राह्मण ग्रन्थ लेखिएका छन्।चारवटै वेदका ब्राह्मण ग्रन्थ यति नै होइनन्।अन्य विभिन्न ब्राह्मणहरू लेखिएका छन् यहाँ उल्लेख गरिएका ग्रन्थहरू प्रसिद्ध हुन्।

वेदसित सम्बन्धित यी दृष्टान्तहरूले ब्राह्मण शब्दको अर्थ कुनै जात वा जातीय समूह नभएर वेदको व्याख्या गर्ने ग्रन्थ हो भन्ने कुरालाई स्थापित गर्दछन्।
ब्राह्मण शब्द ब्रह्मन बाट बनेको छ।ब्रह्मनको अर्थ हुन्छ मन्त्र।शब्दको दृष्टिले विचार गर्ने हो भने ब्राह्मण शब्दको अर्थ हुन जान्छ–मन्त्रको व्याख्या गर्ने।जसले मन्त्रको व्याख्या गर्दछ,ऊ ब्राह्मण हो।यहाँ मन्त्रको व्याख्या गर्ने भन्नुको अर्थ सम्भवतःलिखित वा मौखिक रूपमा वेदका मन्त्रहरूको व्याख्या गर्ने भन्ने बुझिन्छ।
ब्रह्मन शब्दको वैदिक शब्दावलीमा यज्ञ पनि अर्थ बताइएको छ।यज्ञको विधि–प्रक्रिया तथा यससित सम्बन्धित विवरण प्रस्तुत गर्ने ग्रन्थलाई ब्राह्मण भनियो।यहाँ ब्राह्मण शब्दले ग्रन्थलाई नै जनाएको पाइन्छ।

ब्रह्मन शब्दको अर्को अर्थ रहस्य पनि हुन्छ।अतः वैदिक तत्वज्ञानलाई रहस्योद्घाटन गर्ने कारणले पनि यी ग्रन्थहरूलाई ब्राह्मण भनिएको हो ।
र,सम्भवतः वेद वा मन्त्रको अर्थ लगाउने,बुझाउने तथा रहस्यमाथिको पर्दा हटाई रहस्योद्घाटन गर्ने व्यक्तिलाई पनि समाजले ब्राह्मण मानेको हुनुपर्छ।
कतिपयले बह्मालाई सर्जक मानेर जो सर्जक हुन् उही ब्रह्मा हुन् र ब्रह्माका सन्तान स्वतः ब्राह्मण हुन् भन्ने तर्क पनि दिएका छन्।

कतिपयले प्राचीन कालमा निकै सानो क्षेत्रमा जातिप्रथा कायम रहेको र त्यहाँ शिक्षा दिने काम गर्नेलाई ब्राह्मण भनिएको तथा शिक्षा दिनेले नै यज्ञादि गराउने गरेको पनि अर्थ निकालेका छन्।जो शिक्षा दिन सक्ने सामथ्र्य राख्दछ,जो ज्ञानी छ,उही ब्राह्मण हो भन्ने भनाइ पनि प्रचलनमा रहेको छ।

श्रेष्ठ ज्ञान दिने नै ब्राह्मण हुन्।यस भनाइले ब्राह्मण ग्रन्थ र व्यक्ति दुवैतर्फ संकेत गरेको हुनुपर्छ।ग्रन्थले विभिन्न वेदको व्याख्या गर्ने ब्राह्मण ग्रन्थहरू हुनुपर्छ र ती ब्राह्मण ग्रन्थका सर्जकलाई स्वतः ब्राह्मण भनिएको हुनुपर्छ।कालान्तरमा ती ब्राह्मण ग्रन्थका सर्जकका सन्तान स्वतः ब्राह्मण कहलिएको पनि हुनुपर्छ।आफ्नो समुदाय,क्षेत्र (भूगोल)मा सबैलाई लाग्ने उत्तम शिक्षा (ज्ञान) दिने व्यक्तिलाई ब्राह्मण भनिएको हुनुपर्छ र वेदको रचना हुनुभन्दा पहिलेदेखि नै श्रेष्ठ ज्ञान दिने व्यक्तिलाई ब्राह्मण भनिने परम्पराको विकास भएको हुनुपर्छ।यही परम्परा वेदको रचना वा वेदको व्याख्या गर्ने युगसम्म आएको हुनुपर्छ।

किनभने अथर्ववेदमा जातिबारे पनि स्पष्ट संकेत पाइन्छ।भूमि सूक्त (१२.१.१५)मा पृथ्वीमा पाँच प्रकारका मानिस बस्ने गरेको उल्लेख छ जसमा प्रमुख चार वर्ण तथा पाँचौंमा निषाद अभिप्रेत छ।यसमा ब्राह्मणलाई ज्ञानको भण्डार भएकाले सबैका पालक भनिएको छ(५.१७.९)।ब्राह्मणलाई अकारण कष्ट पु¥याउन निषेध गरिएको छ –न ब्राह्मणो हिंसितव्यः (५.१८.६)।

यसबाट त यो स्पष्ट हुन्छ कि कम्तीमा सामवेदको रचनाको समयसम्म जातिवादको जन्म भइसकेको थियो र मनुस्मृतिःमा यसलाई अझ व्यवस्थित गरी व्याख्या गर्ने काम गरिएको छ।

मनुस्मृतिःको द्वादशोऽध्यायको यो श्लोकलाई हेरौँ:

अव्रतानाममन्त्राणा. जातिमात्रोपजीविनाम्।
सहस्रशः समेतानां परिषत्त्वं न विद्यते ।।११४।।

यसको शब्दार्थ यो हो कि व्रतरहित,अवेदपाठी,केवल जातिमात्रका हजारौ ब्राह्मण जम्मा हुन्छन् भने पनि ब्राह्मणसभा हुन सक्दैन।

यसको भावार्थ यो हो कि व्रत नगर्ने,वेद नजान्ने र जन्मले ब्राह्मण जातिको भए पनि वास्तवमा ब्राह्मण हुन सक्दैनन्।

वैदिक युगमा जो शिक्षित थिए,उनले लेखे।जसले लेखे–उनी ब्राह्मण कहलिए।जो ब्राह्मण भए,उनी सबैका पूज्य भए।जो पूज्य भए,उनले आफ्नो अत्यन्त राम्रो लेखे र आफ्नो रक्षा गर्नेलाई दोस्रो श्रेणीको उपाधि दिए।बलिया जति क्षत्रिय कहलाए।यसले गर्दा ब्राह्मणलाई अझ सजिलो हुँदै गयो।वैश्यले खान र लाउन दिने भएकाले तेस्रो दर्जा पाए र जसबाट केवल सेवामात्र पाए,उनी चौथो दर्जाको कहलिए।अहिले जातिवादको आदिरूपको बारेमा यस्तै अनुमान लगाउन सकिन्छ ।र,सम्भवतःब्राह्मणको लागि तोकिएको कर्म नगर्नेलाई ब्राह्मण नमान्ने चलन पनि थियो कि?

एक ठाउँमा यसरी भनिएको छ:ब्रह्मचय्र्य आदि धर्मले जसले अंग,मीमांसा, पुराण र धर्मशास्त्र तथा वेद पढेको छ,तिनै शिष्ट ब्राह्मणलाई वेदको प्रत्यक्ष उपदेशक जान्नु पर्दछ।

ब्राह्मणको कर्मको विषयमा धेरै शास्त्रहरूले अनेक व्याख्या गरेका छन्।सम्भवतः ग्रन्थ लेख्ने ब्राह्मण हुने हुनाले नै यस्तो भनिएको हुनुपर्छ।

तलको श्लोकले यो अर्थ प्रदान गर्दछ–वेदाभ्यास, तप,ज्ञान,इन्द्रियसंयम, अहिंसा, गुरुसेवा,यी सबै ब्राह्मणका अत्यन्त कल्याण गर्ने कर्म हुन् :

वेदाभ्यासस्तपोज्ञानमिन्द्रियाणां च संयमः।
अहिंसा गुरुसेवा च निःश्रेष्सकरं परम् ।।८३।।

-सञ्जय मित्र

–विष्णु शीतल

बंगलादेशमा चाँडै शान्ति छाओस   दक्षिण एसियामा तीब्र गतिमा आर्थिक उन्नती गर्दै भौतिक पूर्वाधार र रोजगारी सिर्जनामा समेत उल्लेख्य प्रगति गर्र्दै आएको नेपालको मित्र राष्ट्र बंगलादेशमा एकाएक जनविद्रोह भड्किएर अगष्ट ५ २०२४का दिन त्यहाँकी प्रधान मन्त्री शेख हसिनाले राजीनामा दिएर देश नै छोडेकी छिन । यो अप्रत्यासित लाग्ने राजनीतिक घट्नाले विश्व कै राजनीतिलाई तरंगित मात्र पारेको छैन नयाँ राजनीतिक कोर्स पनि थपेको महसुस हुन्छ । बंगलादेशमा पछिल्लो डेढ दशक अवामी लिगले शासन सत्ता समालेको थियो । यसले शेख हसिनालाई प्रधान मन्त्री बनाएर शासन सञ्चालन गर्दै आएको थियो । शेख हसिना तेश्रो पटक बंगलादेशको प्रधान मन्त्री भएकी थिइन । हुन त त्यहाँ बहुदलीय पद्धति थियो । सेनाले पटक पटक राज्य सत्तामा हस्तक्षेप गरेको भए पनि पछिल्ला बर्षहरुमा बहुदलीय पद्धतिकै आधारम निर्वाचित जनप्रतिनिधिहरुबाटै सरकार चुनिन्थ्यो । तर यसै बर्ष २०२४ को जनवरी ७ मा भएको निर्बाचनमा भने त्यहाँको प्रमुख प्रतिपक्ष बंगलादेश नेशनलिष्ट पार्टीले चुनाव बहिष्कार गर्दा गर्दै पनि अवामी लिग नेतृत्वको सरकारले चुनाव गराएर आफ्ना पार्टीले बहुमत ल्याएको घोषणा गरेको थियो । यस पार्टीकी नेतृ शेख हसिना नै फेरि पनि लगातार प्रधान मन्त्री भएकी थिइन । त्यो निर्वाचनलाई अमेरिकालगायत पश्चिमा देशहरुले स्वीकार गरेका थिएनन् । यद्यपि शेख हसिना सरकारसँगको सम्बन्धमा भने खासै आँच पुुगेको थिएन । यति भएर पनि यति छिट्टै र यस्तो अप्रत्यासित रुपमा सत्ता पलट हुने अनुमान कसैले गरेका थिएनन । बंगलादेश सन १९७१मा पाकिस्तानबाट छुट्टीएर बनेको मुलुक हो । त्यस अघि यसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो र पाकिस्तानकै एक हिस्साको रुपमा यहाँ शासन सत्ता चल्दथ्यो ।   बंगलादेश निर्माणमा निवर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबर रहमानको नेतृत्वमा पाकिस्तानसँग बिद्रोह गरेर दक्षिण एसियामा एक स्वतन्त्र राष्ट्रको रुपमा उदय भएको थियो । हुन त सेनाले सत्ता हत्याउन शेख मुजीबर रहमानलाई सन १९७५ मा हत्या गरिदियो । बंगलादेशको इतिहासले उनलाई राष्ट्रपिता मानेको छ । यस पटकको जन विद्रोहमा अगष्ट ५ तारिकका दिन तिनै राष्ट्रपिता मुजीबरको शालिकमा प्रशदर्शनकारीले तोडफोड गरे जसलाई नसोचिएको र एक राष्ट्रबादी बंगलादेशीका लागि कालो दिन मान्नु पर्दछ । बंगलादेशको पछिल्लो घटनाक्रम र त्यसको परिणाम हेर्दा शासन सत्ता चलाउनेले देखाउने कुनै पनि किसिमको दम्भ र उन्माद वा आडम्बर जनतालाई स्वीकार्य हुदैन । चाहे त्यो देश सम्पन्न होस, त्यहाँका जनता धनी हुन, देशले भौतिक पूर्वाधार–शैक्षिक सामाजिक क्षेत्रमा राम्रो प्रगति गरेको होस, यदि प्रशासकले जनताको भावना बुझ्न सकेन भने र दम्भ त्याग गरेन भने शेख हसिनाले झें राज्य सत्ताबाट मात्र हैन देशबाटै विस्थापित हुनु पर्ने दिन कुनै पनि बखत आउने छ । के गरिन त्यस्तो राष्ट्रपिताकी छोरीले ? यो प्रश्नको जवाफलाई संक्षेपमा राखौं । जब बंगलादेश स्वत्न्त्र राष्ट्र भयो तबदेखि नै शेख परिवार सम्मानित नै थियो । शेख मुजीबरको अवामी लिग लोकप्रिय नै थियो । सेनाले बारम्बार कुु गर्दा पनि यहि लोकप्रियताले अवामी लिग अधिकांश समय सत्तामा नै रह्यो । यस दलको सरकारले भारत र चीन जस्ता छिमेकी मुलुकहस्सँग पनि सुमधुर र सन्तुलित सम्बन्ध राखिरह्यो । भौतिक पूर्वाधारमा ऐतिहासिक विकास गर्यो । ढाकामा मेट्रोेरेल चलाउन,जमुना र गंगा मिसिएर बनेको मेघना नदिमा आधुनिक जल यातायात चलाउन,आधुनिक सडक सञ्जाल निर्माण गर्न, देशैभर चलाइएका गार्मैन्ट उद्योग र यसमा झण्डै ४० लाख बंगलादेशीलाई रोजगारी र अबौं बैदेशिक मुद्रा आर्जन जस्ता उल्लेख्य प्रगति गरेको बंगलादेश एक महिना लामो विद्यार्थी आन्दोलनबाटै तहस नहस भएको छ । यो अनपेक्षित र अकल्पनीय परिणाम आउनमा मैले माथि भने जस्तै शासनको बागडोर सम्हालेर बसेका प्रमुख व्यक्तिको उन्माद र घमण्ड नै जिम्मेवार देखिन्छ । एक महिना अगाडि अर्थात जुलाई एक तारिक ढाका विश्वविद्यालयका विद्यार्थीहरुले सरकारी सेवामा आरक्षण प्रणालीको खारेजीको माग राखेर आन्दोलनको घोषणा गरेका थिए । शेख हसिनाको सरकारले बंगलादेश स्थापनाका बेला आन्दोलनमा सहभागीका दरसन्तानलाई ३० प्रतिशत सरकारी सेवामा आरक्षण दिने कानुनी व्यबस्थाको विद्यार्थीहरुले हटाउन माग गरेका थिए । जुन जायज हो भनेर सर्बत्र आवाज उठिरहेको थियो । यहि माग उठाउदै विद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका थिए । उच्र्च शिक्षा हाशिल गर्ने शिक्षित वर्ग नै बेरोजगार भए पछि यो आवाज उच्च हुनु स्वभाविक थियो । त्यसमा पनि मुलुकमा एउटा पार्टीका सदस्यहरुले राज्यबाट ३० प्रतिशत रोजगारीको हिस्सा लिने, त्यो दल बाहेकका उच्च शिक्षा लिने योग्य व्यक्तिहरु बेरोजगार बस्नु पर्ने अवस्था आउनु नै यो आन्दोलनको केन्द्रिय कारण(जड) हो भन्ने कुरा अहिले सबैको लागि छर्लंग छ । जब यो अवस्था सत्तारुढ पार्टीबाट सिर्जना हुन्छ जनतामा भित्र भित्रै आक्रोश बढ्दै जानु स्वभाविक थियो । जनताले यसलाई शेख हसिना र उनको पार्टी अवामी लिगप्रति आक्रोश बढ्दै गयो र यो सतहमा आउन थाल्यो अनि यो दल र यसका नेताहरु प्रति आक्रोश बढ्दै गयो । यता सत्ता पक्ष आफूसँग मजबूद राष्ट्रबादी शक्ति बर्करार रहेको भ्रममा थियो । विपक्षी बंगलादेश नेशनालिष्टि पार्टी र यसकी नेतृ बेगम खालिदा जियालाई जनता नभड्काउन चेतावनी दिदै आएको थियो । तर परिस्थिति यसरी बदलिदियो कि न त सत्ता पक्ष न प्रमुख विपक्षी दल, न सुरक्षा निकाय न कुनै बाह्य शक्ति कसैले पनि आन्दोलन रोक्ने वा परिस्थितिलाई काबुमा राख्न सकेनन । यसो गर्ने साहस पनि गरेनन । अगष्ट ४ का दिन प्रधानमन्त्रीको निबास,कार्यालय,गृह मन्त्रालय, सत्तारुढ अवामी लिगको मुख्यालय सब तिर आक्रमण हुदैछ भन्ने सूचना व्यापक भयो । यहि बीचमा प्रधान मन्त्री शेख हसिनाले राष्ट्रपति शाहबुद्दिन समक्ष राजीनामा दिएर सेनाको हेलिकोप्टरमा भारतको नयाँ दिल्ली तर्फ उडिन । माथि भनिएका सबै ठाउँहरु आन्दोलनकारीको कब्जामा गए । जताततै हुरी बतास जस्तै आन्दोलन चर्कियो । अदालतले आरक्षण प्रणाली खारेज गरेको फैसला सुनायो । आन्दोलन मथ्थर भएन । सेनाले शान्त रहन आग्रह गरिरह्यो ,जनताले सुनेन । उल्टै देशभर लुटपाट र आगजनी हुन थाल्यो । सरकारले इन्टरनेट सेवा बन्द गरे पनि करोडौं मानिस देशैभर सडकमा निस्किए । हवाई सेवा र सार्बजनिक यातायात बन्द गरियो तैपनि आन्दोलन मथ्थर भएन । सेना मुक दर्शक बन्यो । ठूला ठूला सरकारी भवनमा आगो दन्कीयो । बंगलादेशको इतिहासमा एउटा डरलाग्दो चक्रपात(टोर्नाडो) आयो । अब के हुन्छ ? कसले सम्हाल्छ बंगलादेश ? अब लोकतन्त्र के होला ? कस्तो रहला अर्थतन्त्र ? के होला बाह्य कुटनीतिक सम्बन्ध ? याबत प्रश्नहरु अनुत्तरित छन । शेख हसिनाको बहिर्गमन पछि राष्ट्रपति शाहबुदिनले संसद विघटन गरेका छन । सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्नासाथ आन्दोलनकारीले ठाडै अस्वीकार गरेका छन भने अन्तराष्ट्रिय समर्थन पनि पाउने छाँट नदेखे पछि सेना यो मामलामा केही पछि सरेको जस्तो देखिएको छ । राजनीतिक शुन्यता हटाउन फ्रान्स निर्वासनमा रहेका सन २००६मा नोवल शान्ति पुरस्कार विजेता मोहमद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आव्हान गरिएको छ । उनले स्वीकार गरिसके पछि यो बंगलादेशको संबैधानिक संकटको शुरुवात मान्नु पर्ने हुन्छ । उनी राजनीतिक व्यक्ति नभएका हुनाले उनको नेतृत्वबाट गलत शक्तिले फाईदा उठाउन सक्ने आशंका पनि गरिदै छ । यसो भएमा अझै दुर्भाग्यपूर्ण हुने छ । लोकतन्त्र बलियो बनाउन देश राजनीतिक दलहरुले नै चलाउनु पर्दछ । जनमत लिएर जनताको प्रतिनिधि भएर नै देश चलाउनु पर्दछ । तर सेनाले वा सामाजिक अभियान्ताले वा कुनै पेशा व्याबसायमा लागेकाले शासन चलाउन गएमा त्यहाँ सुशासनको प्रत्याभूति हुन सक्दैन । शेख हसिना देशै छाडेर जानु पर्ने कुनै तानाशाह हैनन । उनले १५ बर्षको आफ्नो शासन अवधिमा जतिसुकै राम्रो गर्छु भन्दा भन्दै पनि कतै न कतै कसैन कसैलाई अप्रिय लाग्ने निर्णय भइनै हाल्छन । आन्दोलन मथ्थर बनाउन अपनाइएका तरिका बढी निरंकुश प्रकारकारका हुन सक्छन । त्यसमा सेना प्रहरीजस्ता सुरक्षा निकायले पनि आफ्नो भूमिका राम्रोसँग निर्बाह नगरेको हुन सक्छ । बरु उनले आाम बंगलादेशी जनतासँग एक पटकको लागि क्षमा याचना गर्दै देशलाई थप उचाइमा पुर्याउन मद्धत गर्नु पर्दथ्यो । बंगलादेशी सेनाले आफ्नो ७६ बर्षिय नेतालाई भारत लगेर छाड्नुको सट्टा देश भित्रै सुरक्षा दिन सक्नु पर्दथ्यो । उनले राजीनामा दिइसके पछि सेना उनको आदेश मान्न बाध्य हुने थिएन । तर उनको संरक्षण पनि गरेन । सेनाको नियतमा खोट थिएन भन्न सकिन्न । राजनीतिक स्थिरताका लागि समन्वयकारी भूमिका निर्वाह गर्नुको सट्टा सत्ताको बागडोर आफ्नो हातमा आउला कि भनेर मौका हेरे जस्तो देखिएको छ । तर सेनाको यो आकांक्षा यस पटक पूरा हुने अवस्था देखिदैन । हुन त बंगलादेशको छोटो इतिहासमा सेनाले सत्ता कब्जाको प्रयास २९ पटक गरिसकेको छ । जनदबाव पछि मोहमद युनुसलाई पेरिसबाट फर्काएर अन्तरिम प्रधानमन्त्री बनाउन लागिएको छ । मोहमद युनुुुसले प्रतिशोध लिएर अवामी लिगलाई निशेध गरेर बंगलादेशमा शान्ति र राजनीतिक स्थिरता कायम गर्छु भन्ने सोच बनाए भने यो गलत हुन सक्छ । उनले अब अवामी लिग विएनपी, सेना प्रमुख विद्यार्थी नेताहरुलाई बोलाएर आफूले नेतृत्व नगर्ने गरी अन्तरिम सरकार निर्माण गर्न सहजीकरण गर्नु पर्दछ । बंगलादेशमा चाँडै लोकतान्त्रिक सरकार बनोस । पूर्ण शान्ति स्थापना होस ।  

प्रतिक्रिया