घरघरमा सक्रमण तीब्र , अस्पतालमा बेड नपाएर छट्पटि

टंक पन्त २०७८ वैशाख २४ गते १८:२९ मा प्रकाशित


काठमाडौ । कोरोना महामारीले नेपाललाई पनि अस्तब्यस्त बनाएको छ । बिगत दश दिन यता मात्रै एक लाख बढी सक्रमित भएका छन भने जांच नगराएका तर कोरोनाको लक्षण भएपनि त्यति धेरै अफ्टयारो महसुस नभएका घरमै आइसुलेशनमा बस्नेहरुको संख्या निकै धेरै रहेको छ ।

आइसुलेशनमा बसेकाहरुलाई श्वासप्रश्वासमा गाह्रो भएमा अस्पतालमा शैयाको अभाब रहेकोले नागरिकहरुमा त्यो त्रास भय पनि त्यत्तिकै बढी रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन । अस्पताल संचालक , चिकित्सक , नर्स मात्र होइन अन्य सहयोगीहरुलाई अस्पतालमा बेडका लागि पहल गरिदिन आग्रह गरी संपर्क गर्नेहरुको संख्या पनि दिनदिनै बढिरहेको छ ।

अस्पतालमा बेड नभएर अस्पतालका गल्लीमा राखेर पनि कोरोना सक्रमित नागरिकलाई अक्सिजन चढाउने कार्य जिल्लाका अस्पतालमा मात्र होइन राजधानी काठमाडौका अस्पतालमा पनि प्रारंभ भएको छ ।


महामारीले भयाबह रुप लिदै गएपछि संघीय सरकार , स्थानीय सरकार , नागरिक संगठनहरु , स्वयं अस्पतालहरुले सक्रमितले अस्पतालमा बेड नपाएर मृत्युबरण गर्न नपरोस भनेर अस्पतालमा जनशक्ति ब्यबस्थापन गरेर भएपनि बेड थप गर्ने , बिभिन्न सामाजिक संस्था र धार्मिक संस्थाहरुमा सक्रमितको उपचार गर्ने ब्यबस्था गर्ने तयारी पनि भैरहेको छ

पार्टी प्यालेशलाई कोरोना अस्पताल बनाइयो

बसुन्धरा स्थित ग्रिनसिटी अस्पतालले नजिकै रहेको पार्टी प्यालेशलाई नै रात दिन लगाएर कोरोना सक्रमितलाई उपचार गर्ने गरी कोरोना अस्पतालकै रुपमा परिणत गरेको छ । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले दैनिक ५० , ६० जना भन्दा बढी कोरोना संक्रमित नागरिकलाई जसरी पनि बेड मिलाईदिन भनी आग्रह गर्र्देै फोन आउंने गरेको तर बेड मिलाउन नसक्दा निकै धेरै खिन्नता महसुस भयोे त्यसैले अस्पतालले चार दिनमै निकै मेहनत गरेर अक्सिजन समेत चलाउन मिल्नेगरी थप ब्यबस्थित खालका ३५ देखि ४० बटा बेड तयार गरेको जानकारी गराउनुभएको छ ।

उहाले चिकित्सक र नर्स र अन्य स्रोत परिचालनका लागि गृहकार्य भैरहेको छ त्यो गृहकार्य पुरा गरी दुई दिन भित्रै बेड नपाएर छट्पटिएका नागरिकलाई उपचार प्रारंभ गर्ने स्पष्ट पार्नुभएको छ ।

फाइनान्स डाइरहेक्टर रेनुका गुरुङले जनशक्तिको अभाब हुनु स्वभाबिक हो त्यसैले संचालक समिति, मेडिकल डाइरेक्टर , चिकित्सकहरुसंग तत्काल सल्लाह गरी अहिलेको संकटको घडीमा अस्पतालले सभब भएसम्म धेरै भन्दा धेरै सेवा पुरयाउनु सबै भन्दा ठुलो सेवा हुने भएकोले आफुहरु रातदिन नभनेर लागेको बताउनुभएको छ । उहांले अध्यक्ष लगायत सिगो अस्पतालको नेतृत्व केहि दिन ्देखि रातदिन नभनेर लागेको बताउनुभएको छ ।

धेरै चिकित्सक घर नगई खटिएका छन


सोही अस्पतालका मेडिकल डाइरेक्टर डा रोमियो कंसाकारले पनि कोरोना महामारी प्रारंभ भएपछि आफु गत साल देखि नै घर नगएको जानकारी गराउनुभएको छ । आफुहरु पुर्ण रुपमा नागरिकको सेवामा लागेकोले घरपरिबारलाई पनि खतरा हुन सक्छ भनेर बाहिरै अपार्टमेण्टमा बस्ने गरेको भन्दै डा कंसाकारले यस्तो अबस्था थुप्रै चिकित्सक एवं स्वाथ्यकर्र्र्मीको रहेको बताउनुभएको छ ।

अहिलेको महामारीपछि त चिकित्सक , नर्स एवं अन्य स्वास्थ्यकर्मी आफनो ज्यानको बाजी लगाएर डबल काम गरेर सेवामा अहोरात्र खटिएका छन । उहाले पनि दैनिक ५० , ६० जनालाई भर्ना गर्नुपरयो भनी फोन आउने गरेको छ तर बेडको अभाब मात्र होइन जनशक्ति पनि कम रहेको जानकारी गराउनुभएको छ । आफनै अस्पतालका १४ जना चिकित्सक नर्स पनि सक्रमित हुनुभएको छ स्वयं चिकित्सकले पनि बेड पाउन नसक्ने अबस्था सिर्जना भएको डा कंसाकार बताउनुहुन्छ ।

उहांका अनुसार अधिकांश अस्पतालको अबस्था यस्तै रहेको छ जसले गर्दा स्थिति भयाबह बन्दै गएकोले सरकार , नागरिक सबै जिम्मेबार भै सक्रमणबाट बच्ने उपायलाई नै अबलम्बन गर्नु नै उत्तम बिकल्प हो । मेडिकल डाइरेक्टर डा कंसाकारले सक्रमितको उपचार भनेको अक्सिजन र डेक्सोनाबाट हुने हो अन्य औषधि त अहिले अनुसन्धानकै रुपमा प्रयोग भएको बताउनुभएको छ ।

शुक्रबार मात्रै नेपालमा ९ हजार १ सय १ ६ जना सक्रमित थपिएका छन जस मध्ये करीब २ हजार ९ सय ५ जना सक्रमण मुक्त भएका छन । सक्रमित मध्ये ५० जनाको मृत्यु भएको छ । यो संख्या दिनानुदिन बढिरहेको छ । यदि पिसिआर बढाउने हो भने केही दिनमै दैनिक २० हजार सक्रमित पुग्ने बिज्ञहरुको दाबी छ । कोरोना सक्रमित भएपनि असहज नभएकाहरुले घरमै सतर्क भएर बस्ने गरेका छन ।

एकै घरमा तीन भाईको एक एक दिनको फरकमा मुत्यु

बांकेको नेपालगंजमा एकै परिबारका तीन भाइकोको एक एक दिनको फरकमा मृत्यु भएको छ । अहिले जसरी सक्रमितको संख्या बढदै गएको छ त्यो हिसाबले घरघरमा सक्रमण फैलिएको छ  । भक्तपुर अस्पतालका चिकित्सक डा उत्सबमान श्रेष्ठको बुवा भेण्टिलेटरमा हुनुहुन्छ भने आफ्नी श्रीमती , आमा , भाइ बुहारी कोभिड संक्रमणकै कारण अर्कोतिर पीडामा हुनुहुन्छ । उहाको परिबार नै अस्तब्यस्त भएको छ । चिकित्सक श्रेष्ठ अहिलेको अबस्थामा एक पटक भएपनि अस्पताल पुग्नु पर्ने, यता भेण्लिेटरमा उपचाररत बुवालाई हेर्नुपर्ने , आमा र परिबारलाई पनि हेर्नुपर्ने अबस्थाले निकै तनाबमा हुनुहुन्छ ।

डा श्रेष्ठ जस्तै तनाबमा हुने परिबार धेरै छन । एक जनालाई छोएपछि परिबारलाई नै छुने गरेको छ ।

पत्रकार मणि दाहालका ८३ बर्षीया हजुरवुवा देखि ४ बर्षको नाति सहित ११ जनाको परिबार नेै कोरोना सक्रमणबाट प्रभावित भयो । अहिले स्थिति सामान्य हुदै गएको पत्रकार दाहालले बताउनुभएको छ ।
शिक्षण अस्पतालका कोभिड प्रमुख डा सन्तकुमार दाशले सबै नागरिकलाई परीक्षण गर्ने हो भने प्रत्येक ३ जनामा एक जनालाई भन्दा बढी सक्रमण हुने भयाबह स्थिति रहेको बताउनुभएको छ । उहाले अहिलेको भन्दा अझै भयाबह हुने स्थिति देखिने संभावना रहेकोले अति जरुरी निस्कनै पर्ने भएमा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । उहाले घरमा पनि आबश्यक सतर्कताका साथ बस्नुपर्ने समय आएको पनि उल्लेख गर्नुभएको छ ।
 

संगै बसेर सक्रमितको आत्मबल बढाउने बाताबरण पनि भएन


कोरोना सक्रमणबाट गभीर प्रभावित हुनेहरु मध्ये मृत्यु हुनेको संख्य दैनिक बढिरहेको कारण पनि नागरिकमा त्रास निकै बढेको छ । उपचार भैरहेको छ बिरामी स्वस्थ हुदै जांदा पनि बाहिरको माहोलले गर्दा सक्रमित परिबारमा नचाहेर पनि अनेक खालको पीडा हुने गरेको छ । जब परिबार भित्र एक जना सक्रमित हुन्छ त्यो परिबार , नजिकका सबैलाई त्रसित बनाएको अहिलेको अबस्था हो ।

आफनै परिबारको सदस्यको उपचार गराइरहेकी तर भित्र बस्न नपाउदा बाहिर बसेकी शारदा पन्थ भन्छिन – संक्रमित भै उपचाररत उहालाई संगै बसेर आत्मबल बढाउने अनेक उपाय हुन सक्थे तर अस्पतालमा संगै बस्दा अन्य परिबारलाई सर्ने भयले गर्दा त्यो पनि गर्न नपाउने स्थिति रहेको छ । भित्र परिबारका सदस्य जान नपाउने भएर होला बिरामीले सहज महसुस गर्र्देै गरेको भएपनि अझै केही दिनअस्पताल बस्नुपर्ने चिकित्सको सल्लाह हुने गरेको छ तर बिरामी अब करीब ठीक भैसक्यो शुरुमा अस्पताल आउंदा भन्दा धेरै राम्रो भएको छ त्यसैले अब औषधि खानुपरेपनि घरमै गएर खान्छु भनी अस्पतालबाट निस्किन चाहेको कुरा पनि पन्थ बताउदै थिइन । एक जना शारदाको परिबारको मात्र होइन सुधार हुदै गएका आम बिरामीको यस्तै चाहना हुने गरेको छ ।

संकटमा कालोबजारी

काठमाडौ लगायत अति प्रभावित जिल्लामा निषेधाज्ञा जारी गरिएको छ तर त्यो निषेधाज्ञाको बहानामा कालोबजारी औषधि देखि अन्य अत्याबश्यक बस्तुमा भैरहेको छ । अति असक्त भएपछि सुबिधा सम्पन्न अस्पताल भएको ठांउ काठमाडौ ल्याउन हेलिकप्टरको सहायता लिने गरिएको छ । तर अहिलेको संकटको फाइदा उठाइ अन्य समयको भन्दा डबल तेब्बल बढी भाडा लिने सम्मको अति अमानबीय ज्यादति पनि हेलिकप्टर संचालकहरुले गरेका छन । तर राज्यले त्यस्ता संचालकलाई कारबाही गर्न सकेको छैन ।

प्रतिक्रिया