प्रधानसेनापति ज्यु अब मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ

इनेप्लिज २०७८ वैशाख २४ गते ११:३० मा प्रकाशित

प्रधानसेनापति ज्यु अब मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता रहेको छ । प्रधानसेनापति ज्यु सेनाहरु प्रजातान्त्रिक ढंगले कसरी अघि बढने भन्ने बारे म संग विस्तृत योजनाहरु र दीर्घकालीन दुरदर्शि सोच छ ।

प्रधानसेनापति ज्यु, मुलुकमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएको डर र त्रासको अवस्था छ । मुलुक दोस्रो चरणको कोरोना भाइरस संक्रमण महामारीको संकटको समयमा नेताहरूको बीच सत्तालाई लिएर सत्ता स्वार्थ, खेल, मोहको झै झगडा सत्ता जोगाउने र ढाल्ने खेल भइरहेको र गण्डकी प्रदेशमा सांसद अपहरण गर्ने जस्ता गतिविधि मुलुकको परिस्थिति बारे सेनाहरु स्वयंलाई नै थाहा छ कोही पनि सेनाहरु अनभिज्ञ हुनु होला जस्तो मलाई लाग्दैन । मुलुकमा राजनीतिकको आडमा घिन लाग्दो कार्य भइरहेकोछ । नेताहरूले नाटकीय चित्रण प्रस्तुत गरिरहेका छ्न । प्रधानमन्त्री के.पी.शर्मा ओलीले विश्वासको मत लिन लागेका छन भने उता सरकारलाई दिएको समर्थन फिर्ता लिएर के.पी.शर्मा ओली नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने काम भएको छ ।

प्रधानसेनापति ज्यु विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूले मुलुकलाई निकास दिन सकेनन । यसप्रकार नेताहरू असक्षम र असफल साबित भएका छन । मुलुकमा कोरोना भाइरस संक्रमणको महामारीमा दैनिक ज्यालादारी गरेर दिनदिनै गुजारा गर्नेहरुको लकडाउनमा कतिपयको घरहरूमा चुल्हो नबल्ने आदि इत्यादि अवस्था पनि छ । पहिलो चरणको कोरोना भाइरस संक्रमणमा पनि खाद्यान्न सामग्रीहरुमा व्यापक कालोबजारी र महँगी बढाइएको थियो । खाद्यान्न सामग्रीहरु र ग्यासहरु लुकाइएको थियो । दोस्रो चरणको लकडाउनमा सोही प्रक्रिया यथावत अपनाइएको छ । बिरामीहरु अस्पतालहरुमा समयमा भर्ना, उपचार र अक्सिजन नपाएर मृत्यु भएको अवस्था छ । केही औषधि पसलेहरुले कोरोना भाइरस संक्रमणको कामचलाउ औषधि बढी मुल्य लिएर बेच्ने गरेको कुराहरू पनि सुन्नमा आएको छ । अब ल्याउने खोपमा पनि कमिसनको कुरा आएको छ कुरा सुनिएको छ । प्रधानसेनापति ज्यु मुलुकमा बिजोग छ बिजोग अवस्था ।

प्रधानसेनापति ज्यु कोरोना महामारीको जटिल अवस्थामा नेताहरूको बीच सत्तालाई लिएर पटकपटक कहिले बालुवाटार त कहिले शेरबहादुर देउवा लगायतका नेताहरूको निवास, पार्टी कार्यालय, रिसोर्ट, पार्टी प्यालेस र सुविधा सम्पन्न होटलहरुमा बैठक बस्ने गरेकोछ । कोरोना संक्रमणको महामारीमा नेताहरुको मोजमस्ती छ । प्रधानसेनापति ज्यु, नेताहरूलाई सत्तामा भएको मजा बेग्लै छ । सत्तामा भएपछि सेवा सुविधाहरू थुप्रै लिन पाइन्छ, चाकरी पाइन्छ, रातदिन प्रहरी, सशस्त्र प्रहरी र सेनाहरुको सलाम खान पाइन्छ । मुलुकको ढुकुटीको साँचो आफ्नो हातमा हुन्छ । ढुकुटी रित्याउन पाइन्छ । अन्तर्राष्ट्रिय मुलुकहरू भ्रमण लगायतका सेवा सुविधाहरु उपलब्ध हुन्छ ।

प्रधानसेनापति ज्यु, मुलुकमा जुनसुकै दलको सरकार फेरबदल भएपनि शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल जोसुकै प्रधानमन्त्री बनेपनि मुलुकले यिनीहरू बाट निकास पाउने छैन ढुक्क हुनुहोस । प्रधानसेनापति ज्यु नेताहरूको आजसम्मको क्रियाकलाप र नाटक मंचन देखि सकियो । प्रधानसेनापति ज्यु नेताहरूको लागेको बानी कहाँ हराउँछ र ? सरकार फेरबदल र परिवर्तन भएता पनि फेरि फेरि केही समय पश्चात नेताहरुको नाटक मंचनको प्रक्रिया शुरुआत हुनेछ भन्ने कुरामा म विश्वस्त छु । मुलुकले नेताहरूबाट सहजै निकास पाउने अवस्था देखिदैन ।

प्रधानसेनापति ज्यु प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भारत, अमेरिका, चीन र रुस लगायतका मुलुकलाई भनिन्छ । हाम्रो मुलुकमा नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा लुटने मात्र काम गरे । संघीयता भारत, अमेरिका, चीन र रुस लगायतका विशाल मुलुकको लागि ठिक छ । हाम्रो मुलुक बिहार राज्यको पटना जत्रो सानो छ । हाम्रो मुलुकको लागि संघीयता अफाब छ । संघीयताले मुलुकको भार थेग्न सक्ने अवस्था छैन ।

प्रधानसेनापति ज्यु विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ । नेताहरूले मुलुकलाई निकास दिन सकेनन । मुलुक दिन प्रतिदिन असफलता तर्फ गइरहेको छ । प्रधानसेनापति ज्यु मुलुक दुर्घटनामा पर्न गयो भने सबैजना पर्ने हो यो कुरालाई सेनाहरुले पनि मनन गर्नुपर्ने हुन्छ । प्रधानसेनापति ज्यु मैले यति कुराहरू भन्दा भन्दै पनि हजुर समेत सेनाहरुले वास्ता गर्नु हुन्न र मेरो भनाइहरुलाई बेवास्ता गर्नुहुन्छ भने, मुलुक दुर्घटनामा परेको खण्डमा मैले त केवल भीरबाट खस्नेलाई राम राम भन्न सक्छु ।

प्रधानसेनापति ज्यु, सोमालिया, अफगानिस्तान, सिरिया, सुडान, हाइटी र रुवाणडा मुलुकहरू के कति कारणले द्वन्द्वग्रस्त र द्वन्द्वमा पर्न गएको हो त्यतातिर पनि सेनाहरुको ध्यानाकर्षण र विश्लेषण हुन आवश्यक छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया