बिगत सम्झेर यसरि भावुक भइन गौरी मल्ल,म जापानमा रेष्टुरेण्टको शौचालय पनि सफा गर्थे, म त्यहाँ कलाकार गौरी मल्ल थिइन

इनेप्लिज २०७८ वैशाख २४ गते १०:०६ मा प्रकाशित

अभिनेत्री गौरी मल्लले फिल्ममा जस्तो अभिनय गरिन् उनको ब्यक्तिगत जिवन पनि त्यतीकै रोचक र मर्मस्पर्शी छ।उनी केही समय अघि नेपालमा पाएको कलाकारीताको चर्चा, फेम सबै छोडेर जापान गएकी थिइन्।उनले जापानको टोकियोमा एउटा रेष्टुरेण्टमा काम गरिन्।उनलाई पद म्यानेजर दिइएको थियो । तर काम भने सबै गर्नुपरेको थियो।उनी भन्छिन्,म त्यहाँ कलाकार गौरी मल्ल थिइन्, केवल गौरी मल्ल थिए।

मेरो कार्डमा म्यानेजर लेखेको भएपनि मैले त्यहाँ शौचालय पनि सफा गरेँ।उनले काम आफुलाई कहिल्यै सानो भन्न नहुने सन्देश दिएकी थिइन् । तर जव काम सकेपछि रेष्टुरेण्टको स्टाफलाई खाना खान दिने तरीका र खाना देखेर भने आफुलाई रोक्न नसकेको उनले बताइन्।त्यती बेला भने उनलाई आफ्नै देश फर्कन मन लागेको थियो।चर्चित पत्रकार विजयकुमारको टेलिभिजन कार्यक्रम दिशा निर्देशमा उनले आफुले जापानमा विताएका ति पल याद गरेर निकै भावुक भइन्।

उनले त्यहाँ आफनो एउटा साथी बनेको बिरालोको पनि कुरा गरेकी छन्।नेपालमा अभिनेत्रीका रुपमा ठूलो नाम कमाएकी गौरीलाई जापानको टोकियोमा कसैले पनि चिन्दैनथ्यो । तर त्यो पल उनका लागि विशेष थियो।उनी आफैले आफुलाई चिन्ने मौका पाएकी थिइन् । उनी भन्छिन् कलाकार गौरी मल्ल मैले पाएको परिचय होइन, त्यो मेरो कामले दिएको परिचय हो।

म जापानमा एक्लै बेञ्चमा बसेर विरालोसंग खेल्दै रमाउने गौरी मल्ल वास्तविक गौरी मल्ल हो।मैले आफुले आफैलाई चिन्ने मौका पाए।उनले टोकियोमा नेपाली रेष्टुरेण्टमा काम गर्दा इन्डियन खानाका सबै परिकार पकाउन सिकेको पनि बताएकी छन्।

https://www.youtube.com/watch?v=VwrNZ6ddqY0

प्रतिक्रिया