राजा ज्ञानेन्द्र शाहले नेताहरूलाई बुझाएको नासो अब फिर्ता लिने समय आएको छ

इनेप्लिज २०७८ वैशाख २३ गते २२:३८ मा प्रकाशित

राजा ज्ञानेन्द्र शाहले तत्काल पत्रकार सम्मेलनको आह्वान गरी नेताहरूलाई बुझाएको नासो फिर्ता लिने समय आएको छ। राजा ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलनको आयोजना गरि बुँदागत रूपमा केही कुराहरू भन्नुपर्ने समय आएको छ:-

१)विक्रम सम्वत २०६२/०६३ सालको जनआन्दोलन पछि राजा ज्ञानेन्द्र शाहले के कति कारणले नेताहरूलाई नासो जिम्मा लगाएको हो र नेताहरूले आजसम्म के के गरे एक एक कुरा भन्नुपर्ने हुन्छ । अब राजा ज्ञानेन्द्र शाह मौन बसेर हुँदैन ।

२) केही वास्तविक राजावादीहरु राजा ज्ञानेन्द्र शाहको प्रतीक्षाको घडीमा छन राजा ज्ञानेन्द्र शाहले आफु आउने वा नआउने वास्तविक चाहना के छ खुलस्त रूपमा भन्नुपर्ने हुन्छ ।

राजा ज्ञानेन्द्र शाहलाई मेरो सुझाव र सल्लाह जनताहरुको आस र भरोसामा पर्नु भयो भने नेपालमा सय वर्षमा पनि राजसंस्था फर्कन असम्भव छ । राजा ज्ञानेन्द्र शाहले नेताहरूलाई जिम्मा लगाएको नासो नेताहरूले नासो सजिलोसँग फिर्ता दिंदैनन । यसकारण राजा ज्ञानेन्द्र शाहले अब नासो खोसेर फिर्ता लिनुपर्ने समय आएको छ ।

मुलुकमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएको डर र त्रासको अवस्था छ । मुलुक दोस्रो चरणको कोरोना भाइरस संक्रमण महामारीको संकटको समयमा नेताहरूको बीच सत्तालाई लिएर सत्ता, स्वार्थ खेल, मोहको झै झगडा र सांसद अपहरण गर्ने जस्ता गतिविधि भएको छ । मुलुकमा राजनीतिकको आडमा घिन लाग्दो कार्य भइरहेकोछ । नेताहरूले नाटकीय चित्रण प्रस्तुत गरिरहेका छ्न । प्रधानमन्त्री के.पी.शर्मा ओलीले विश्वासको मत लिन लागेका छन भने उता सरकारलाई दिएको समर्थन फिर्ता लिएर के.पी.शर्मा ओली नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने काम भएको छ ।

विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूले मुलुकलाई निकास दिन सकेनन । यसप्रकार नेताहरू असक्षम र असफल साबित भएका छन । मुलुकमा कोरोना भाइरस संक्रमणको महामारीमा दैनिक ज्यालादारी गरेर दिनदिनै गुजारा गर्नेहरुको लकडाउनमा कतिपयको घरहरूमा चुल्हो नबल्ने आदि इत्यादि अवस्था पनि छ । पहिलो चरणको कोरोना भाइरस संक्रमणमा पनि खाद्यान्न सामग्रीहरुमा व्यापक महँगी बढाइएको थियो । खाद्यान्न सामग्रीहरु र ग्यासहरु लुकाइएको थियो । दोस्रो चरणको लकडाउनमा सोही प्रक्रिया यथावत अपनाइएको छ । बिरामीहरु अस्पतालहरुमा समयमा भर्ना, उपचार र अक्सिजन नपाएर मृत्यु भएको अवस्था छ । मुलुकमा बिजोग छ बिजोग अवस्था ।

कोरोना महामारीको जटिल अवस्थामा नेताहरूको बीच सत्तालाई लिएर पटकपटक कहिले बालुवाटार त कहिले शेरबहादुर देउवा लगायतका नेताहरूको निवास, पार्टी कार्यालय, रिसोर्ट, पार्टी प्यालेस र सुविधा सम्पन्न होटलहरुमा बैठक बस्ने गरेकोछ नेताहरुको मोजमस्ती छ । सत्तामा भएको मजा बेग्लै छ । सत्तामा भएपछि सेवा सुविधाहरू थुप्रै लिन पाइन्छ, चाकरी पाइन्छ, रातदिन प्रहरी, सशस्त्र प्रहरी र सेनाहरुको सलाम खान पाइन्छ । मुलुकको ढुकुटीको साँचो आफ्नो हातमा हुन्छ । ढुकुटी रित्याउन पाइन्छ । अन्तर्राष्ट्रिय मुलुकहरू भ्रमण लगायतका सेवा सुविधाहरु उपलब्ध हुन्छ ।

मुलुकमा जुनसुकै दलको सरकार फेरबदल भएपनि शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल जोसुकै प्रधानमन्त्री बनेपनि मुलुकले यिनीहरू बाट निकास पाउने छैन नेताहरूको आजसम्मको क्रियाकलाप र नाटक मंचन देखि सकियो । नेताहरूको लागेको बानी हराउँछ छ र ? सरकार फेरबदल र परिवर्तन भएता पनि फेरि फेरि केही समय पश्चात नेताहरुको नाटक मंचनको प्रक्रिया शुरुआत हुनेछ भन्ने कुरामा म विश्वस्त छु । मुलुकले नेताहरूबाट सहजै निकास पाउने अवस्था देखिदैन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया