प्रधानमन्त्री जी तत्काल संघीयता खारेज गरि हृदयेन्द्र शाहलाई राजगद्दीमा बसाल्ने कार्य गर्नुहोस

इनेप्लिज २०७८ वैशाख २१ गते २१:४४ मा प्रकाशित

प्रधानमन्त्री के.पी.शर्मा ओली जी तपाईं पद र सत्तामा रहुन्जेल सबैले हाई हाई, वाह वाह र तपाईंको मान सम्मान, चाकरी गर्ने छन।सत्ताबाट बाहिरिएको दिन देखि तपाईंलाई कसैले पुछ्नेवाला छैन र सत्ताबाट बाहिरिएको दिनबाट इष्टमित्र र नातागोताहरु सबै पराया हुनेछन।प्रधानमन्त्री जी वैशाख २७ गतेको विशेष संसद अधिवेशनमा तपाईंको बहुमत पुग्ने परिस्थिति देखिदैन तपाईंले कुन हिसाबले सोच्नु भएको छ स्वयं तपाईंलाई नै थाहाहोला।

प्रधानमन्त्री जी तपाईंको नाम सबैको तनमन भित्र रहने र सदा तपाईंको स्मरण रहिरहने कार्य गर्नुहोस भन्ने मेरो सुझाव र सल्लाह छ।यसकारण प्रधानमन्त्री जी पुनः संसद विघटन र मुलुकको भार थेग्न नसक्ने संघीयता (प्रदेश सभाहरु) तत्काल खारेज गरि सेनाहरुको सहयोगमा हृदयेन्द्र वीर विक्रम शाहलाई राजगद्दीमा बसाल्ने कार्य गर्नुहोस।प्रधानमन्त्री जी मौका र सुवर्ण अवसर यही हो । प्रधानमन्त्री जी यस्तो सुनौलो अवसर बारम्बार आउँदैन।प्रधानमन्त्री जी यस अवसरलाई नगुमाउनका लागि मेरो अपिल छ।

प्रतिक्रिया