गीत:कसै सित प्रित बसे

इनेप्लिज २०७८ वैशाख २१ गते ७:१५ मा प्रकाशित

 

कसै सित प्रित बसे
मलाई सम्झनु
कहिले काहिं भुल्न खोजे
मलाई नभन्नु

कसै सित प्रित बसे
मलाई सम्झनु

हाँसी खेली दिन बिते
हाँस्य लेखी दिनु
रोइ रोइ बस्यौ भने
मलाई अंगाल्नु

कसै सित प्रित बसे
मलाई सम्झनु

उजाड भए आशाहरु
निरास नहुनु
बितेका कुरा सम्झी
रोइ नबस्नु

कसै सित प्रित बसे
मलाई सम्झनु

गायक :बिरज गुरुङ्ग
संगित :मनोज राजभण्डारी
रेकर्डिङ्ग स्टूडियो :ओमनि फोनिक स्टूडियो,बालाजु,काठमाडौं
रचना :अलका मल्ल

 

प्रतिक्रिया