८८४ सांसदहरूको सामुहिक श्राद्द गरौं गरौं लागेको छ सल्लाह र सुझावहरु पाउँ ।

इनेप्लिज २०७८ वैशाख २१ गते ६:५७ मा प्रकाशित

विक्रम सम्वत २०६२/०६३ सालपछि राजनीतिक दलहरुका नेताहरूबाट मुलुकले निकास पाउन सकिरहेको छैन।नेताहरुको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ । दोस्रो चरणको कोरोना भाइरसको महामारीमा पनि सत्ता स्वार्थ प्राप्तिका लागि नेताहरू लिप्त भएका छन।अरुलाई अरु धन्दा घर ज्वाईंलाई खानको धन्दा भने झैं नेताहरूलाई भएको छ।नेताहरूबाट मुलुकमा नाटकीय प्रस्तुत मात्र भयो।मुलुक दिन प्रतिदिन असफलता तर्फ अघि बढीरहेको अवस्था छ।

नेताहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता र संसदीय व्यवस्थालाई भत्ता खाने थलो र लुटतन्त्रमा प्रयोग गरे।राजनीतिक नेतृत्वहरु मुलुकलाई निकास दिन असक्षम र असफल साबित भएका छन । सत्ताको स्वार्थमा मात्र केन्द्रित छन।दवाईको समाप्ति मिति (Expiry Date) सकिए जस्तै नेताहरू मुलुकका लागि मरे तुल्य बराबर छन।यसकारण अन्तिम पटक ८८४ जना सांसदहरूको सामुहिक श्राद्द गरौं गरौं जस्तो लागेको छ । सुझाव र सल्लाहहरुको अपेक्षा गरेको छु।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया