प्रदेश १ मा ६०७ कोरोना सङ्क्रमित थपिए

इनेप्लिज २०७८ वैशाख २० गते २२:०२ मा प्रकाशित

विराटनगर,२० वैशाख।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ६०७ जना कोरोना सङ्क्रमित थपिएका छन्।सो अवधिमा एक हजार ३३० जनाको पिसीआर परीक्षण गर्दा २२७ जना महिला र ३३० जना पुरुषमा पोजेटिभ देखिएको छ।’

थपिएका सङ्क्रमितमा मोरङमा २८२ मध्ये विराटनगरमा २२६ जना जसमा ९७ जना महिला छन् भने झापामा १५१,सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा आठ,इलाममा सात,संखुवासभामा छ,खोटाङमा तीन,पाँचथर,ताप्लेजुङ,तेह्रथुम र भोजपुरमा एकएक र प्रदेश बाहिरका ३४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यसप्रदेशमा अहिलेसम्ममा सङ्क्रमितको सङ्ख्या ३३ हजार ९४१ पुगेका छन् भने निको भएर घरफर्किएको सङ्ख्या ३० हजार ७९ छन्।अझै सक्रिय सङ्क्रमित तीन हजार ३५७ छन्।

 

 

प्रतिक्रिया