लोक दलको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ वैशाख १७ गते ९:५५ मा प्रकाशित

कोभिड–१९ को संक्रमण बढ्न थालेको सन्दर्भमा सरकारले काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा लगाएको निषेधाज्ञाले जनजीवन अस्त व्यस्त बनेको छ।संक्रमण रोक्न सरकारले चालेको कदमले गरिब र पिछडावर्ग समुदायका जनताको जिविका अब कसरी चल्ने तथा दैनिक मजदूरी र साना व्यापार व्यवसाय गरी गुजारा गर्नेहरूको दैनिकी कसरी अगाडी बढने स्थितिमाथि पनि सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने ठहर लोक दलको रहेको छ। व्यक्तिलाई घरमा बन्द गरेर जीवन अगाडी बढन नसक्ने तथ्यलाई स्वीकार गरी सरकारको यो निषेधाज्ञाको अवधिमा संक्रमण कम गर्ने एवं देश र जनताको आर्थिक अवस्था कसरी सुदृढ राख्ने योजना के रहेको छ,सार्वजनिक गर्न सरकारसंग लोक दल माग गर्दछ भने गरिब र पिछडावर्ग समुदायलाई सीधा लाभ पुग्ने गरी आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसंग आग्रह गर्दछौं।

गत वर्षको लकडाउन र निषेधाज्ञाको कारण हजारौंले आत्महत्या गरे, हजारौं घरवार विहिन भए भने लाखौंको रोजगारी खोसियो । लकडाउनका कारण रोजगारी गुमाएका र व्यापार व्यवसाय टाट पल्टेकहरूले आफ्नो आर्थिक अवस्था सुधार्ने प्रयास गरिरहेकै बेला फेरी निषेधाज्ञा शुरु भएपछि अब देशको अर्थतन्त्र र जनताको आर्थिक अवस्था कसरी सुधार्ने र कोरोना महामारीसँग कसरी जुध्ने भनी सरकारले सर्वपक्षीय संयन्त्र तयार गरी अगाडी बढनुको विकल्प नरहेको हुनाले तत्काल सर्वपक्षीय संयन्त्र निर्माण गर्न लोक दलको माग रहेको छ।

साथै, सरकारले १८ वर्षमाथिका सबै जनालाई भ्याक्सिन लगाएर देशलाई कोरोनामुक्त गर्नेतर्फ कदम चाल्नु नै अहिलेको सबभन्दा उपयुक्त विकल्प हुँदा यसतर्फ तत्काल काम अगाडी बढाउन लोक दल सरकारसंग जोरदार माग गर्दछ भने सबै किसिमका बिरामीको सम्पूर्ण उपचारको सहज व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्दछौं।

यसका साथै, विपत्तको यस कठिन घडीमा हाल नेपाललाई अन्य सहयोग छाडी कोरोनासंग लड्न कोरोनाविरुधको भ्याक्सिन र अन्य मेडिकल साम्रगी अनुदान स्वरूप उपलब्ध गराउन दातृ राष्ट्रहरुसंग लोक दल विन्रम आग्रह गर्दछ।
जय समाज

कौशल कुमार सिंह
अध्यक्ष

प्रतिक्रिया