महिलालाई सुरक्षित तथा स्वतन्त्र भएर हिड्न सक्ने वातावरण पितृसत्तात्मक समाजले बनाओस – सावित्री ढुंगाना

इनेप्लिज २०७८ वैशाख १६ गते १:१९ मा प्रकाशित

यत्र नार्यस्तु पुज्यते रमन्ते तत्र देवता अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ भगवानको बास हुन्छ । महिलाको सुरक्षाको लागि सधैं आफ्नो आत्मविश्वासलाई बलियो बनाउनु पर्छ ।

महिला र पुरुषको कुनै भिन्नता हुनु हुदैंन । विश्वमा यस्तो कुरा छैन, जुन महिलाले गर्न सक्दैंनन् । महिलाहरु सम्मानित हुनु पदर्छ तर नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०१९÷२० मा २१४४ बलात्कारका घटनाहरु र ६८७ बलात्कारका प्रयासका घटनाको रिपोर्ट गरिएको थियो ।

आार्थिक बर्ष २०१८÷१९ मा भएका बलात्कारका घटनाहरु ऋार्थिक बर्ष २०१९÷२० मा भएका घटनाहरुको तुलनामा कम भएता पनि बलात्कारका घटनाहरु विगत बर्षहरुको तुलनामा बढेको देखिन्छ ।

कञ्चनपूरकी १३ बर्षिय निर्मला पन्त घर नजिकैको उखुको खेतमा बलात्कार पछि हत्या गरिएको अवस्थामा उनको लाश भेटिएको थियो । बझाङकी १२ बर्षिय सम्झना विबको पनि बलात्कार पछि हत्या भएको थियो ।

बैतडीकी १७ बर्षिय भागिरथी भट्टको पनि बलात्कार पछि हत्या भएको थियो । यी त केही देखिएका घटना भए । यसरी नेपालमा बलात्कारका घटना दिनदिनै बढिरहेको छ । महिला हत्या भैरहेको छ ।

विश्वमा नै महिला सुरक्षाको बिषयमा आन्दोलन र बहस भईरहँदा पनि महिला माथि हुने यस्ता पाशविक घटना अन्त्य किन हुन सकेको छैन । नेपालमा दिन दिनै यस्ता घटना बढ्दैं गईरहेका छन । यहाँ महिलाले सुरक्षित भएको महसुस कहिले गर्नु ?

२८ प्रतिशत महिलाले पछिल्लो १२ महिनामै हिंसा भोगेका छन् । बलात्कार र यौन हिंसाको यस्तो भयावह तस्विर देखिरहँदा पनि सरकार तथा राजनितिक दलहरुको मौनता भने रहस्यमय छ । आफ्रनै खिचातानी र झगडामा सरकार व्यस्त छ । महिलालाई सुरक्षित तथा स्वतन्त्र भएर हिड्न सक्ने वातावरण यस पितृसत्तात्मक समाजले बनाओस ।

प्रतिक्रिया