ग्रेस इन्टरनेशन विदेशमा गएका विद्यार्थीको अभिभावक पनि हो- पौडेल

इनेप्लिज २०७८ वैशाख १० गते ९:५६ मा प्रकाशित

शिक्षा मानव जीवनको एक अभिन्न अंग हो । शिक्षा बिना मान्छेको जिन्दगी अन्धाकारमय हुन्छ । औपचारिक, अनौपचारिक जुन शिक्षा भए पनि मान्छेले गरिखाने शिक्षा रोज्ने गर्छन् । नेपालको संविधानले कुनै पनि व्यक्ति शिक्षाबाट बञ्चित नहुने भनेता पनि शिक्षा सबैको पहुँचमा हुन सकिरहेकाे छैन् । अभिभावकहरुलाई पनि आफ्ना बालबालिकालाई कस्तो शिक्षा दिने भन्ने कुरामा चिन्तित भएको देखिन्छन् । अहिले नेपालमा कयौं विद्यार्थीहरुको सपना भनेको उच्च शिक्षा हासिल गर्नका लागि विदेशमा पढ्न जाने रुची र आंकाक्षा रहेको देखिन्छ । कुन देशमा जाने ? कसरी जाने ? लागत के कति लाग्छ ? त्यो देशको वातावरण कस्तो छ भन्ने कुरामा समेत अभिभावक पिरोलिरहेका हुन्छ । सहि मार्ग नभेटेर कयौं अभिभावक गलत मार्गबाट ठगिन समेत पुगेका देखिन्छन् । तर ग्रेस इन्टरनेशनल नामक कन्सल्टेनसीले सन् २००६ बाट गुणस्तरिय शिक्षाका लागि अष्ट्रेलियामा विद्यार्थी पठाउँदै आएको छ । सोहि सन्दर्भमा ग्रेस इन्टरनेशनल एजुकेजनका डाइरेक्टर एवम् सह-अध्यक्ष एन्ड्रयु पौडेलसँग नेशनपाटी डटकमले गरेको कुराकानीको सम्पादीत अंश….

ग्रेस इन्टरनेशनल २००६ बाट विदेशमा जाने विद्यार्थीहरुको लागि उनीहरुले चाहेको कलेज,युनिर्भसिटीमा भर्ना गर्दै आइरहेका छौं । त्यो भर्नाका लागि चाहिने जति पनि सल्लाह, परामर्श देखि सहयोगको विषयमा विद्यार्थीहरुलाई परामर्श दिदै आइरहेका छौं ।भर्ना भइसकेपछि भिजाको सवाल देखि लिएर भिजा लगाइसकेपछि एरपोर्टमा जाँदा सम्म केके कुराको तयारी गर्नुपर्छ भन्ने प्रारम्भीक कुरा देखि उनीहरुका लागि अावश्यक पर्ने कुराकाे व्यवस्था गरेर मात्र विद्यार्थीहरुलाई विदेश पठाउने गर्छाैं ।

नेपाल मात्र हैन, दक्षिण एसियाबाट नै विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने परिपाटी धेरै छ ।विदेशमा गएर उनीहरुले विदेशी भूमीमा गरेको अध्ययन, त्यहाँको वातावरण,सिकेको ज्ञान आफ्नो मुलुकमा प्रयोजन गर्नका लागि पनि धेरै विद्यार्थी विदेश जाने गरेका हुन्छन् । कतिपय विद्यार्थी त्यहिँ पढ्छु र त्यहि केही गर्छु भन्ने उद्धेश्यले पनि वैदेशीक अध्ययनलाई रोज्ने गर्छन् । यी दुइवटै कुरालाई नियाल्ने हो भने पनि नेपाली विद्यार्थीहरुका लागि उपयुक्त वातावरण भनेको विदेश गएर पढ्ने हो भन्ने देखिरहेको छ । किनभने प्लस टू गरेर स्नातक, स्नातकोत्तर गर्ने समयसम्म नेपालमा त्यो लेभवलको आधिकारिक रोजगार नपाउने, पढेको विषयवस्तु अनुरुपको रोजगारी प्राप्त नहुने,पढाइ अनुसारको रोजगारी भए पनि ज्याला नपाउने विभिन्न किसिमका समस्या र कारणहरु छन् ।यता व्याचुलर डिग्री गर्दै पढ्छु भन्दा पनि त्यो किसिमको काम नपाउने प्रमुख समस्या छ । विदेशमा जाँदा खेरि प्लस टू सिद्धाएर म व्याचुलर डिग्री पढ्दै त्यहाँ काम गर्छु भन्दा पनि सहजै व्यवस्थापन गर्न सक्छ ।त्यहाँ रोजगारी पनि पहुँचमा रहेको अवस्था छ ।उनीहरु काम गर्दै पढ्छु भन्दा पनि त्यहाँ सम्भव हुने भएकाले विद्यार्थीहरुको अध्ययनको रुची विदेश हुने गरेको छ ।

ग्रेस इन्टरनेशनले त्यसरी जाने विद्यार्थीहरुका लागि सन् २००६ सालबाट निरन्तर रुपमा सहयोग गर्दै आइरहेको छ । त्यसैमा पनि सन् २०१५ बाट ग्रेस इन्टरनेशनले अष्ट्रेलियाकै विभिन्न शहरहरुमा अफिस खोलेर सेवा दिदै आइरहेको छ । अष्ट्रेलियामा गएका विद्याथीहरुलाई त्यहाँ आइपर्ने समस्याहरुलाई कसरी सम्बोधन एवम् समाधान गर्न सकिन्छ भन्ने कुरामा सहयोग गर्दै आइरहेको छ । एउटा विद्यार्थी व्याचुलर गर्न गएको विद्यार्थी म मास्टर डिग्री पढ्छु भन्दा वर्क प्रमिट गर्छु भन्दा या पीआर एप्लाई गर्छु भन्ने जस्ता हरेक अवस्थामा पनि उनीहरुको भिजाको सवाल आउने गर्छ । माइग्रेसन भिजा एप्लाई गर्नका लागि पनि ग्रेस इन्टरनेशनले पनि त्यहाँ पनि माइग्रेसन एजेन्ट, माइग्रेसन स्टापहरु राखेर विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको छ । जसले गर्दा विद्यार्थीहरुलाई मेरो भिजा सिद्धिन्न लाग्यो म फरदर भिजा लिन के गर्ने भन्ने कुरामा विद्यार्थीहरुले तनाव झेल्नु पर्दैन ।
ग्रेस इन्टरनेशनलको अष्ट्रेलियाको चारवटा सिटीमा अफिसहरु रहेका छन् । Sydney Melbourne Adelaide Perth रहेका छन् । चारवटा अफिस मध्ये विद्यार्थीहरुले जुनसुकै अफिसमा गएर पनि सेवा लिन सक्नुहुन्छ ।

हामीले विद्यार्थी र अभिभावकबीचको सेतुको काम गर्दै आइरहेका छौं । धेरै अभिभावकहरुलाई ग्रेस इन्टरनेशलनलाई समेत सल्लाह परामर्श दिने भएकाले उहाँहरुले समेत हामीलाई विश्वास गर्नु भएको छ । हामीले विद्यार्थीलाई विदेश जानु भनेको काम गर्नु मात्र हैन है आफ्नो करियर बनाउनका लागि हो भन्ने सन्देश सहितको शिक्षा दिने गर्छाै ।कतिपय अभिभावकको धारणा आफ्नो छोराछोरी विदेश गएपछि उनीहरुले पैसा मात्र भए पनि कमाउँनु पर्छ भन्ने भएकाले विद्यार्थी र उनीहरुका अभिभावकलाई एक साथ राखेर सहि सल्लाह दिने गरेका छौं ।

विद्यार्थीहरुका कुन लेभलको पढाई गर्दैछ । कसरी व्यवस्थित हुने भन्ने कुरा जानकारी गराएपछि अभिभावलाई समेत तनाव झेल्नु पर्दैन् । सबैका अभिभावकले नेपालबाट पैसा पठाएर विद्यार्थीहरुलाई त्यहि पढाउन सक्ने अवस्था पनि छैन । अभिभावकको मान्यता पनि एक वर्षपछि त्यहिँ काम गरेर पढोस भन्ने हुन्छ । त्यस अवस्थामा पनि विद्यार्थीलाई त्यहाँबाट आर्थिक अवस्थामा पढाई नसकुन्जेलसम्म पनि भार नपार्न समेत सल्लाह दिने गरेका छौं ।विद्यार्थी तत्काल नै पैसा कमाउने चक्करमा पढाइ नबिगारोस भन्ने पनि चाहान्छौं र त्यहि अनुरुप सल्लाह दिने गरेका छौं ।
ग्रेस इन्टरनेशन विदेशमा गएका विद्यार्थीको अभिभावक पनि हो । हामीले अभिभावकको भूमिका निर्वाह गरेका छौं । ग्रेस इन्टरनेशनबाट गएका विद्यार्थीहरुबाट पनि निकै राम्रो पृष्ठपोषण पाइरहेका छौं । हामीले विद्यार्थीलाई त्यहाँ कुन विषयको करियर के हुने भन्ने सुक्ष्म कुराहरुको पनि जानकारी दिएर मात्र पठाउने गरेकाले पनि विद्यार्थीहरु हामीसँग सन्तुष्ट हुनुहुन्छ ।

दुख गर्ने त आखिर विद्यार्थीले नै हो । तर सहि सुचनाका आधारमा जानु र सुचना बेगर जानु निकै कठिन कुरा पनि हो ।हामी विद्यार्थीलाई कुनै पनि कुराको सिप सिकेर जान सल्लाह दिने गरेका छौं । खाली समयमा विद्यार्थीलाई सिप सिक्न,भाषाको तयारी गर्न समेत बेलाबेला अनुरोध सहित सल्लाह समेत दिइरहेका हुन्छौं । यहाँबाट पठाउनु मात्रै ठुलो कुरा हैन, विद्यार्थीहरुले त्यहाँ सकारात्मक कार्य, गुणस्तरिय शिक्षा प्राप्त गरुन् भन्ने हाम्रो मान्यता पनि हो ।

कतिपय विद्यार्थीहरु पढेपछि उतै बस्ने या यता फर्किने विद्यार्थी स्वयम्मै भर पर्छ । तर पछिल्लो समय एनआरएनले स्वदेश फर्किने अभियान चलाएका कारण छन् । उनीहरुले त्यहाँ सिकेका सिप, क्षमताहरु स्वदेशमा प्रयोग गर्न सक्नु भयो भने त्यो मुलुककै लागि फाइदा र सहयोग हुन्छ ।
विद्यार्थीलाई हामी सधैं विदेशमा जाँदा बुझेर सहि सुचनाका आधारमा जान सदैव प्रेरणा दिने गरेका छौं । विद्यार्थीहरुले कन्सलटेन्सी रोज्दा ग्रेसलाई नै रोज्नका कारण पनि विद्यार्थी, अभिभावकको विश्वास पनि हो । तर सरकारले अवैध रुपमा ठगि धन्दाका लागि सञ्चालित भएका कन्सल्टेन्सीको निगरानी गर्न समेत जरुरी देखिन्छ ।

हामी विद्यार्थीहरुलाई अनलाइन माध्यम मार्फत समेत काउन्सीलन गरिहेका छौं । हाम्रो उद्धेश्य भनेको अब विदेशी विद्यार्थीहरुलाई स्वदेशमा ल्याएर समेत अध्ययन गराउने रहेका छ ।साथै बिदेशी विद्यार्थीहरुलाई नेपालमा भित्र्याउनु हो । राज्यको नीति र सहयोग भएमा भबिष्यमा बिदेशी बिध्यार्थीहरुलाई कृषि, स्वास्थ, तथा बौद्ध दर्शन जस्ता बिषयहरुमा नेपालमा अध्ययन गराउन सक्नेछ ।

हाम्रो हाल नेपालका १० वटा शहरमा अफिस राखेर सेवा दिइरहेका छौं । नेपालगन्ज, पोखरा,बुटवल,चितवन, हेडौडा, दमक काठमाडौं लगायतका ठाउँमा हाम्रो अफिस रहेका छन् । विद्यार्थीहरुले नजिकको पायक पर्ने ठाउँमा आएर अध्ययन, परामर्श लिन पनि अनुरोध गर्दछु ।

प्रतिक्रिया