सुवेदी शनिवार भर्जिनिया आउने

इनेप्लिज २०७८ वैशाख ९ गते ९:३५ मा प्रकाशित

भर्जिनिया।गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष पदका प्रत्यासी बुद्धिसागर सुवेदी आगामी अप्रिल २४ तारिख शनिवार भर्जिनियाको फेयरफ्याक्सस्थित १०३१२ विलार्ड वेको तन्दुरी नाइट्समा आउनुहुने भएको छ।

उहाँको सम्मानमा आयोजकहरुले अन्तरक्रिया कार्यक्रम गर्ने र आगामी रणनीतिका बारेमा व्यापक वहस गर्ने जानकारी दिएका छन्।

सो अवसरमा यस क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहने आयोजकहरुले बताएका छन्।आयोजकहरुका अनुसार,सो अवसरमा सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी हालेपछि जनमानसमा उत्पन्न क्रिया र प्रतिक्रियाका बारेमा गहन रुपमा उत्तर दिनुहुनेछ।उहाँले चुनाबी दौरान अमेरिकाका विभिन्न राज्यमा गरेका भेटघाट र जनउत्साहका बारेमा पनि जानकारी दिनुहुने बताइएको छ।यसै दौरान उहाँले डिसी मेट्रो एरियाका सबै साथीभाइसँग एनआरएनएको आगामी निर्वाचन र त्यसको असरका बारे आफ्नो अनुभव साटासाट गर्ने भएकोले उपस्थितिका लागि आयोजकहरुले अनुरोध पनि गरेका छन्।

प्रतिक्रिया