क्यानेडियन नेवा गुठी द्वारा नव बर्ष २०७८ को उपलक्षमा भर्च्युयल ” शुभकामना आदान प्रदान” कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ वैशाख ७ गते १:५४ मा प्रकाशित

टोरोन्टो,नवबर्ष २०७८ को उपलक्षमा क्यानेडियन नेवा गुठीले हालै भर्च्युयल ” शुभकामना आदान प्रदान” कार्यक्रम सम्पन्न गरेको छ।सो कार्यक्रमका अतिथि ब्राम्प्टनका रिजनल काउन्सिलर मार्टिन मेदोरोइसले नव बर्ष २०७८ को शुभकामना ब्यक्त गर्नु हुदै क्यानेडियन नेवा गुठीले आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्न निरन्तर रुपमा लागि परि रहेको छ भन्नु भयो।बहु सास्कृतिक नगरी ब्राम्प्टनको सुन्दरता बढाउन नेपाली समुदायको योगदान रहेको बताउनु हुदै हामि सबैको सामुहिक प्रयास बाट विश्व ब्यापी रुपमा फैलिरहेको कोरोना लाई निर्मुल पार्न हामी सफल हुने छौं भन्नु भयो।

अर्का अतिथि वर्ल्ड नेवाः अर्गनाईजेसनका अध्यक्ष सिजन श्रेष्ठले शुभकामना ब्यक्त गर्नु हुदै क्यानेडियन नेवा गुठीले आफ्नो संस्कृतिको जगेर्नाको साथ साथै नेपाली समुदाय संग प्रत्यक्ष सम्बन्ध हुने कार्यक्रम गर्दै आएकोमा खुसी ब्यक्त गर्नु भयो।नेपाल भाषाको विश्व ब्यापी प्रचार र संरक्षणको क्रममा वर्ल्ड नेवाः अर्गनाईजेसनको अगुवाईमा हालै गूगल कम्पनी संग सहकार्य गरि नेपाल भाषालाई पनि गूगलको अनुबाद सेवा सूचिकृत गर्ने कार्य करिब ७५ प्रतिशत पूरा भएको जानकारी दिनु भयो र सो योजना पूरा गर्न बाक्यहरुअंग्रेजी बाट नेपाल भाषामा अनुबाद गरि सहयोग गर्न अनुरोध गर्नु भयो।

अर्का बक्ता नेपलिज क्यानेडियन हेरिटेज सेण्टरका अध्यक्ष डा.हरि गुरुङ्ले शुभकामना ब्यक्त गर्नु हुदै क्यानेडियन नेवा गुठीको संस्कृति र समुदायी मुखि कार्यक्रमले बृहत्तर टोरोन्टो क्षेत्रमा रहेका नेपाली संस्थाहरु मध्य अग्र पंक्तीमा रहन सफल भएको छ भन्नु भयो।

कार्यक्रमको शुरुमा गुठीका महा सचिब बिमल श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्नु भयो।गुठीका अध्यक्ष प्रकाश प्रधानले नव बर्षको उपलक्षमा उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्नु हुदै गुठीले नेवाः संस्कृतिका साथै नेपाली समुदाय संग प्रत्यक्ष सम्बन्ध हुने कार्यक्रम गर्दै आएको छ भन्नु भयो।

बिक्रम सम्बत बारेमा प्रकाश पार्नु हुदै गुठीका सचिब डा.प्रज्वल प्रधानले बिक्रम सम्बत उज्जैनका राजा बिक्रमादित्यले बी.सी. ५७ मा शुरु गरेको बताउनु हुदै नेपाल सम्बत चन्द्र मासमा आधारित भएको तर बिक्रम सम्बत चन्द्र र सौर्य मासका बिबिध पक्षहरुमा आधारित छ भन्नु भयो।गुठीका उपाध्यक्ष उत्तम माकजुले बैसाख संक्राति मनाईदा नेवा समुदायले ” खाई सल्हु” मनाउदै आएको र त्यति बेलाको मौसमलाई आधार मानी हरियो तरकारी,चामलको पिठो,गेडागुडी, ईत्यादि मिश्रित स्वस्थ्यकर तीतो क्वाँति खाई रोग बाट बच्ने चलन रहेको बताउनु भयो।

कार्यक्रमको शुरुमा रंजना सैन्जु र अमर सैन्जुको जोडीले सितार तथा मुर्चुङ्गामा मंगल धून प्रस्तुत गरेका थिए भने उपस्थित सबैले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए।

कार्यक्रमको अन्त्यमा बिमल श्रेष्ठ,प्रकाश प्रधान,डा. प्रज्वल प्रधान, रंजना तथा अमर सैन्जु, डा.हरि गुरुङ,लक्ष्मण मुनि श्रेष्ठ,रेश तथा मौसमी ताम्राकार,रबिन प्रधान,बिनोद श्रेष्ठ,उद्दब श्रेष्ठ,किशोर राजभण्डारी,मधुर राजभण्डारी,संजिब श्रेष्ठ,हेमा चखुं श्रेष्ठ,उत्तम माकजु लगायतले गीत संगीतको माध्यम बाट मनोरंजन गराएका थिए।

प्रतिक्रिया