सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?

नबिन बिक २०७८ वैशाख ६ गते २१:०७ मा प्रकाशित

नबिन बिक, चीन । धेरै पाठक बृन्दहरुलाई यो शीर्षक देखेरै अचम्म लाग्न सक्छ। धेरै जना यो मेरो शीर्षकसंग सहमत नहुन पनि सक्नु हुन्छ। शीर्षक पढेरै असहमत हुनु वा गाली गर्नु पुर्ब कृपया पाच मिनेटको समयल निकालेर पढनुहोला। मानबको जीबनमा नभै नहुने अति आवस्यक आधारभुत ४ वटा कुराहरु गास, बास ,कपास र सेक्स हुन । जब मानिसले जीबनमा यी चार चीज पाउछ तब मात्र उ पुर्ण रुपमा मानब बन्छ र मानब भएको सार्थक बन्छ।

जब मानिस हुर्कदै बढदै जान्छ, जब बयस्क हुदै जान्छ , उ बिपरित लिंग प्रति आकर्षक हुदै जान्छ। अझ अलि ठाडो र सिधा भाषामा भन्ने हो भन्ने उसमा सेक्सको चाहना तिब्र हुदै जान्छ। जब कुनै केटाले एउटा राम्री केटी देख्छ तब उसको मनले उसलाई खाई सकेको हुन्छ। उस्ले भन्छ “ आई लभ यु बेबी” यहानिर आईलभ यु बेबी भनेको अलि सभ्य समाजले पचाउने भाषामा म तिमी संग सुत्न चाहन्छु नै भनेको हो, केटीले पनि आईलभयु टु भनिन भने उनले भन्न खोजेको के हो तपाईहरुले बुझी सक्नु भयो होला।

त्यस्तो वाहियात कुरा गर्ने भनेर तपाईहरु मलाई गाली गर्न पनी सक्नुहुन्छ तर तितो सत्य यही हो। म तपाईलाई भन्छु यदि आफुले लभ गर्ने केटीले केही समय पछि सेक्स गर्न दिईन भने त्यो केटाले त्यो केटीलाई छोडीदिन्छ। भन्छ तिमीलाई म माथी भरोसै रहिन छ, यु डन्ट लभ मी भनेर केटाले ईमोशनल ब्ल्याकमेल गर्छ,बेला बेलामा चुम्बन गरेर र अंगालो हालेर सेक्सको आगो त पह्ल्यै झोसिसकेका हुन्छन र जब लोहा गरम हुन्छ तब केटाले बिस्तारै दबाब रुपि हथौडा हान्न शुरु गर्छ। केटीले नाई नास्ती गर्न थाली भने अनी भन्छ “बेबी यु डन्ट लभ मी “ तिमी मलाई बिश्वासनै गर्दिनौ भनेसी अब हामी संगै बस्नुको कुनै औचित्य हुदैन ” लेट्स ब्रेक अप “ भनेर दबाब बनाउन सुरु गर्छ। चु्बन ,अंगालो लगायतका शरिरका केही संबेदनशील अंग सम्म त उ पहिल्यै पुगी सकेको हुन्छ।

केटी पनि सोच्छे यत्रो सबै भै सकेको छ ,माया पनी गर्छ, भोली बिहे भएसी उ संग नै हो क्यारे सबै कुरा गर्ने यत्ति कुरामा उस्लाई किन गुमाउनु जस्तो ठान्छे । सेक्सको आगो त उसमा पनी सल्किसकेको हुन्छ। अनी उसले उसको सम्बन्ध टिकाउनलाई र आफुले पनी यौनको स्वाद चाख्नलाई सहर्ष स्वीकारी दिन्छे। त्यस पछि त भेटने र माया गर्ने क्रम चै बढी रहन्छ।

मन मिलिन्जेल दुबै जना मस्त सॅग रमाउने, सम्बन्ध बिग्रीएसी चै च्याप्प समाउने? अनि रुवाई कराई गर्ने, दुनिया गुहार्ने काम चै बच्चामा संगै भाडाकुटी खेल्दा खेलिन्जेल रमाउने अनि लास्टमा झगडा भएसी रुदै दाई दिदी बाउ आमालई गुहारेको जस्तै लाग्छ

पुरुषलाई शरिर सुम्पिदा मात्रै बिबाह हुने हो भने त संसारका सबै बेश्याहरु बिबाहित भैसकेका हुने थिए। त्यसैले केटीहरुमा शरीर सुम्पिदा मात्रै बिबाह निश्चित हुन्छ भन्ने सोच हटन जरुरी छ। बयस्क पुरुष र महिलालाई सेक्सको चाह हुनु अत्यन्तै जायज कुरा हो। मलाई लाग्दैन की सेक्स गर्नको लागी बिबाह नै हुनुपर्छ वा बिबाहनै कुर्नुपर्छ भनेर, एउटा बयस्क पुरुष वा महिलाले मन मिल्यो भने जहिले पनि जो संग पनि गर्दा हुने प्रकृतिको सबै भन्दा सुन्दर बरदान हो सेक्स, तर यसलाई मर्यादित र सम्मानित चै बनाउनु पर्छ।

मन मिलिन्जेल दुबै जना मस्त सॅग रमाउने, सम्बन्ध बिग्रीएसी चै च्याप्प समाउने? अनि रुवाई कराई गर्ने, दुनिया गुहार्ने काम चै बच्चामा संगै भाडा कुटी खेल्दा खेलिन्जेल रमाउने अनि लास्टमा झगडा भएसी रुदै दाई दिदी बाउ आमालई गुहारेको जस्तै लाग्छ। राजी खुशी सहमतिमा दुबैले राखेको शारीरिक सम्बन्धकै आधारमै मलाई बिहे गर्नै पर्छ वा मलाई स्विकार्नै पर्छ भन्ने परम्परागत सोच र मान्यता संग चै म कदापि सहमत हुन सक्दिन। केटाहरुले कहिल्यै केटीहरुले बिहे गर्न नमान्दा फलानीले म संग यति चोटी वा महिना सम्म शारीरिक सम्बन्ध राखी तर अहिले म यंग बिहे गर्न मानिन भनेर रोईलो गरेको देख्नु भएको वा सुन्नु भएको छ? पुरुषहरु कहिल्यै त्यस्तो गर्दैनन।

पुरुषलाई शरिर सुम्पिदा मात्रै बिबाह हुने हो भने त संसारका सबै बेश्याहरु बिबाहित भै सकेका हुने थिए ।

कुनै पनि महिला गर्भवती हुनुमा पुरुषको अन्डकोषबाट आएको बिर्य मात्रै हैन केटीहरुको ओभरीज बाट आएको अण्डाहरु पनि त्यतिनै दोषी हुन्छन, दुबैको क्रोमोजम मिलेर मात्रै महिलाहरु गर्भवती हुने गर्छन। यसको अर्थ महिला र पुरुष बराबर भागीदार हुन्छन।त्यसैले कुनै महिला गर्भवति हुदा पुरुषको टाउकोमा मात्रै दोष थुपारेर मुक्ति पाईदैन। लभमा परेर सेक्स गर्न र रमाउन जान्नेले के गर्दा म सुरक्षित हुन्छु भनेर पनी जान्नु पर्छ। लौ मानौ हतार र जोसमा होस गुमाए पनी ७२ घन्टा भित्रमा त्यसलाई निस्तेज पार्ने अनेकौ उपाए हरु छन। ल मानौ अस्थाई साधन लाउन मन परेनछ भने पनी अनेकौ उपाए छन, जस्तै की पुल आउट, संगीनी आदि ईत्यादी।

महिलाहरुले ( बिशेष गरेर एशियाका )आफ्नो योनीलाई र कुमारीत्वलाई नै सर्बस्व सम्पति ठान्ने चलन र सोचले नै महिला हरुलाई अलि पछि पारेको छ। कसै संग सहमतिमै सेक्स गरेमा र पछि कथम कदाचित बिबाह गरेन भने लौन मेरो त सर्वस्व नै लुटेर लगेको जस्तो पिडीत भावनाले ग्रसित हुने बानीले गर्दा पनी महिलाहरु पछि परेका हुन।

महिलाहरु अली बोल्ड हुनु जरुरी छ, जुन देशमा महिलाहरु सेक्सलाई सामन्य रुपमा लिन्छन ति देशका महिलाहरु सधै अगाडी छन, सुखी छन र खुशी छन। यदि कसैले कहा बिदेशी जस्तो सोचेर हुन्छ ? हामी त नेपाली संस्कारमा हुर्किएको मान्छे भनेर भन्छ भने, बिहे अगाडी सेक्स गरेर भुडी फुलाउदा चै तिम्रो नेपाली संस्कार कहा गएको थियो?

आफुले लभ गर्ने केटीले केही समय पछि सेक्स गर्न दिईन भने त्यो केटाले त्यो केटीलाई छोडीदिन्छ। भन्छ तिमीलाई म माथी भरोसै रहिन छ, यु डन्ट लभ मी भनेर केटाले ईमोशनल ब्ल्याकमेल गर्छ,बेला बेलामा चुम्बन गरेर र अंगालो हालेर सेक्सको आगो त पह्ल्यै झोसिसकेका हुन्छन

मेरो भन्नुको तात्पर्य चै, बयस्क पुरष र महिलाले आफ्नो मनले खाएको ब्यक्तिसंग बिबाह पूर्व शारिरीक सम्बन्ध राख्दा केही बिग्रीदैन। अघिनै महिले भनिसके, सायद यो भन्दा सुन्दर चीज यो संसारमा केही छैन। सेक्स नै सृष्टीको कारक हो।त्यसैले कसै संग सेक्स गर्दैमा जबर जस्ती उसलाई अनेक धाक धक्कु लाएर स्विकार्न लाउनु भनेको आफ्नै जीबन नर्कमा हाल्नलाई उस्लाई उक्साउनु मात्रै हो। त्यसरी जबर जस्ति बिहे गर्न लाएर पाएको पति वा पत्नि कागजी मात्रै हुनेछ।

तेस्तो बिहे पछिको जीबन झन कष्टकर र पिडादायी मात्रै हुनेछ।महिलाहरुले यस्तो कुरा बुझ्ने संस्कार बसेको भए आज लक्ष्मी गदाल रुदै र कराउदै मन्दिरमा गएर दुलाहा नायक किशोर खतिबडा आएनन भनेर मिडियाबाजी गरेर यत्रो रुवाबासी गरिरहन पर्दैन्थ्यो।त्यसैले महिलाहरु यो चोली र गुनियो भन्दै धेरै माथि उठेर सोचेमा मात्रै महिलाहरु मानसिक रुपमा बलिया हुनेछन र उनीहरुले समाजमा आफ्नो छुट्टै गौरवशाली ईतिहास लेख्ने छन।

 

नबिन बिक,
केन्द्रिय सदस्य, एनआरएनए ,चीन

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया