मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भएको छ ।

इनेप्लिज २०७८ वैशाख २ गते ६:४८ मा प्रकाशित

मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन।संविधान फेरि पनि बन्न सक्छ । मुलुकमा हालसम्म का पुरानो नेताहरू सबैलाई बहिष्कार गरि मुलुकले नयाँ नेताहरू जन्माउन सक्छ तर आफ्नो मुलुक नेपाल कहिँ कतै पाइदैन । विक्रम सम्वत २०६२/०६३ सालपछि राजनीतिक दलका नेतृत्वहरुले मुलुकमा निकास दिन सकेनन।मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भएको छ । यसकारण अब मुलुकमा तत्काल राजा र सेनाहरु सहितको प्रजातान्त्रिक शासन व्यवस्थाको आवश्यकता छ।

नेताहरुले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा जनताहरुलाई उचालेर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गरि जनताहरुलाई झुक्याई रहेका छन । नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा आफ्नो आलिशान महल, दरबार खडा गर्ने, गाडीहरु जोडने र आयस्रोतहरु प्रशस्त कमाउने लगायतका कार्यहरू मात्र गरे ? मुलुकमा सेनाहरुले विक्रम सम्वत २०६२/०६३ साल भन्दा पहिले र पछिको परिस्थिति बारे नेताहरूले के के कार्यहरू गरे ? के के नाटक मंच गरिरहेका छन समग्रमा मुल्यांकन र विश्लेषण गरि अघि बढने समय आएको छ।अब राजा र सेनाहरुले मुलुकप्रति चासो नदिने हो भने हाम्रो मुलुक असफलमा घोषणा हुन धेरै बेर छैन निकट छ।

मुलुकमा विक्रम सम्वत २०६२/०६३ सालपछि आजसम्म जताततै अराजकता,विकृति, बेथिति, मनपरि र लथालिङ्ग भएको अवस्था छ।नेताहरूले राज्यकोष ढुकुटी स्वाहा पार्न मात्र जानेका रहेछन।राजनीतिक दलहरुका नेताहरू मुलुक हाँक्न निरन्तर रूपमा पुर्ण असफल भइसकेका छन।राजनीतिक दलहरुका नेताहरु संग कुनै दुरदर्शिता र दीर्घकालीन भिजन नै छैन।सकभर सेनाहरु अघि बढने यदि सेनाहरुलाई आफै अघि बढन बाधा अडचन र समस्याहरू छ भने हृदयेन्द्र शाहलाई भावी राजा बनाउनका लागि सेनाहरुले हालमा राजा ज्ञानेन्द्र शाहलाई भएपनि साथ र समर्थन दिनुपर्छ।अब मुलुकमा राजा र सेनाहरु सहितको प्रजातान्त्रिक व्यवस्थाको आवश्यकता छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७।

प्रतिक्रिया