गायिका गीता पाण्डेको ‘ यो मन ‘ गीत सार्बजनिक नयाँ बर्षमा

इनेप्लिज २०७७ चैत ३१ गते १०:०१ मा प्रकाशित

काठमाडौँ नेपाली संगीतमा २ दशक भन्दा लामो समय देखि अनवरत संगीतमा सेवा गर्नु भएका गीतकार तथा संगीतकार राजेश कुमार श्रेष्ठ सबै विधामा क्रियाशील संगीत साधक हुन्।”यो मन “गीत गायिका गीता पाण्डे द्वारा स्वोरांकन नया नेपाली आधुनिक गीत हो।यो मन गीत अन प्लगड गरिएको छ।

संगीतको कुनै अन्त्य हुँदैन,संगीत कहिल्यै मर्दैन सिक्दै पनि छु र अब नया गीत रेकर्ड पनि गराउदै जाने नै छु।आशा छ यस गीत स्रोताहरुले मन पराई दिनु हुनेछ।सल्लाह सुझाब श्रोताहरुले सदा झैँ साथ दिदै जानु हुने नै छ र यो मन पनि मन पराई दिनु हुनेछ।यो मन गीत साथै मेरो सम्पूर्ण गीतहरु दामी म्युजिक एप डिजिटल प्लेटफर्म मार्फत सुन्न सक्नु हुनेछ – गायिका गीता पाण्डे।

यो मन कस्तो धरमर

कैले मृत्युले बोलाई रहने

कैले मायालु सपना फुलाउने

सम्झाउछु यो मान्दैन

बहकिन्छ बहकिन्छ बहकिन्छ

https://mail.google.com/mail/u/0/?ui=2&view=btop&ver=ops2cvpehp6#attid%253Datt_178c9b626feeb057_0.1_f_knfl5u9r0

गायिकाको साधना र सक्रियता देख्दा सँधै क्रियाशील हुन प्रेरित गर्छ नै।आगामी दिनहरुमा गायिका गीता पाण्डेले अझै सिक्ने अढोट र साधना गरे अझै फील आउने र झनै राम्रो हुने मैले देखेको छु।यो मन गीत सम्पूर्ण युवा अवस्थामा हुने खुशी,छटपटी,खुल्दुलीलाई दर्शायिएको छ – संगीतकार राजेश कुमार श्रेष्ठ

यस गीत म्युजिक पार्क काठमाडौँमा रेकर्ड गरिएको हो ।यो मन गीत अडियो रिलीज भएको हो पछि लिरिकल र भिडियो गायिकाकोआफ्नै युटुब च्यानल मार्फत रिलीज हुने छ।

https://mail.google.com/mail/u/0/?pli=1#inbox/FMfcgxwLtQWrfbkwCHFPFnrPCFwLjrQZ?projector=1&messagePartId=0.3

प्रतिक्रिया