अमेरिकन ईतिहासका केही रोचक प्रसँगहरु

पूर्ण श्रेष्ठ,म्याडिसन विस्कनसन २०७७ चैत २१ गते १६:४७ मा प्रकाशित

 

 

अमेरिकाको जन्म (जुलाई ४, १७७६) त्यस बखतको विश्वको लागि एक झड्का थियो।त्यसैले,जन्मदै यसले सयौ प्रहार खेप्नु पर्‍यो।संसारमा अन्यत्र राजा नै राजा भएको देश तर भर्खर जन्मेको यो अमेरिका चाहि राजतन्त्र हुनु हुँदैन भन्ने देश।अन्यत्र राजा हुन जनता मार्ने देश तर यहाँँ भने श्रीपेज दिँदा पनि नाइँ नाइँ भन्ने राष्ट्र प्रमुख।अन्यत्र हिज मेजेस्टी,लोर्ड भन्नु पर्ने राजाहरु तर अमेरिका चाँहीँ मिस्टर प्रेसिडेन्ट,मिस्टर वासिङ्टन मात्र भने पुग्ने राष्ट्र प्रमुख। “म राष्ट्रको सेवक”, “म जनताको सेवक” भन्ने राष्ट्र प्रमुख।जन्मदा नै भिन्दै चरित्रको भएकोले यो देश अन्य संसारको लागि बेजोड धक्का थियो। “हामी सार्ब भौम जनता” तथा “सबै मनुष्य भगवानका समान सृस्‍टि हुन” जस्ता वाक्यहरु मुल दस्ताबेजमा सर्ब प्रथम लेख्ने मुलुक पनि अमेरिका नै हो।

अमेरिकाको जन्म जुलाई ४, १७७६ मा भएको हो भन्ने मानिन्छ।सन १७७६ मा त केवल बेलायती उपनिबेश बाट स्वतन्त्र भएको मात्र हो। तर त्यस भन्दा अघि पनि हजारौ बर्ष देखी हालको अमेरिकामा मान्छेहरुको बसोबास थियो।

अमेरिकाको ब्यबस्थित र् लिखित ईतिहास कोलम्बसको आगमन पछि मात्र भएको देखिन्छ।कोलम्बस इटालियन थिए र स्पेनकी माहारानीको लागि नयाँँ ठाउँ पत्ता लगाउन सामुद्रिक यात्राामा हिँडेका थिए।क्रिस्टोफर कोलम्बसले सन १४९२ मा अमेरिकापत्ता लगाउनु भएको थियो जसलाई कोलम्बसले त्यस बखत ईन्डिया पत्ता लगाएँ भनेका थिए। क्रिस्टोफर कोलम्बसको पदार्पण बहामा टापुमा भएको थियो।

कोलम्बसले त्यहाँका बासिन्दालाई किन ईण्डियन भनेका होलान ?

क्रिस्टोफर कोलम्बस र् अन्य युरोपियनहरुले पाइला टेक्नु भन्दा १०-१५ हजार बर्ष पहिला देखी नै यसिया बाट बसाइ सर्दै आएर उत्तर तथा दक्षिण अमेरिकामा मानिसहरु बसो बास गर्दै आएका थिए।ति बासिन्दा हरुलाईनै कोलम्बस्ले ईण्डियन भनेका थिए।किनकी कोलम्बसले सन १४९२ मा पदार्पण गरेको भुभाग अमेरिका हैन ईन्डिया हो भन्ने ठानेका थिए।कोलम्बसको त्यो भनाइ नसच्चिदै सन १५०६ मा कोलम्बसको मृत्‍यु भयो।

सन १५०७ मा मर्टिन श्यामउलरले नयाँँ नक्सा बनाए।जसमा कोलम्बसले पत्ता लगाएको भुभाग लाई अमेरिका भन्ने नाम दिए।बनाइएको नक्सा अनुसार त इन्डिया त दक्षिण एसियामा पर्ने भयो।अब भु भागको नाम परिवर्तन भए पनि त्यहाँका बसिन्दाको नाम भने ईण्डियन नै भनियो र पछि नेटिभ अमेरिकन भन्न थालियो ।हाल दक्षिण तथा उत्तर अमेरिकामा गरेर लगभग ५-१० करोड नेटिभ अमेरिकनहरु रहेको अनुमान गरिएको छ।

युरोपियन आगन्तुक (सेट्ट्लर) हरुको अमेरिका आउनुको उदेश्य:

क्रिस्टोफर कोलम्बस को पदार्पण को करिब ११५ बर्ष पछि सन १६०७ मा पहिलो सेट्टलर (ब्यापार को लागि आएका मान्छे) हरु हालको भर्जिनिया राज्यको जेम्सटाउन भन्ने ठाउमा आएका थिए।सन १६०७ मा आएका यि आगन्तुकहरु (सेट्टलरहरु) खासमा सुन,चाँदी,तामाको खोजिमा आएका थिए।त्यस्ता धातुहरु बेलायत लिएर गई बेचेर धनी हुने हेतुले आएका।त्यस पछि सन १६२० मा पहिलो धार्मिक समुह अमेरिका आए। यो धार्मिक समुहलाई पुरिटन्स भनिन्थ्यो।यिनिहरु म्यास्सचुसेट्स राज्यको प्लिमाउथ भन्ने ठाउँमा आएका थिए।यो धार्मिक समुह चाँही खासमा युरोपमा धार्मिक प्रताडना भएको कारण स्वतन्त्रता खोज्दै अमेरिकामा नै बसोबास गर्ने उद्धेस्यले नै आएका थिए।

अमेरिकामा अस्वेतहरु कुन प्रयोजनको लागि भित्राइयो?

सन १६०७ मा आएका ति आगन्तुकहरुलाई जेम्स टाउनको त्यो नयाँँ ठाउँँमा बाँच्न एकदम मुश्किल भयो।आएको केही महिना भित्रै नयाँँ ठाउँको भौगोलिक कठिनाई सहन नसकि आधा भन्दा बढी आगन्तुक हरुको मृत्‍यु भयो।आएकाहरु ब्यापारी थिए।खेती कसरी गरिन्छ,उनिहरुलाई थाहा थिएन।जाडोमा अत्यधिक जाडो,गर्मिमा अत्यधिक गर्मी,बस्ने ठाउँँ जता ततै दल दल भुमी भएको कारण खान, पिउन र बस्नको कश्टले आगन्तुकहरुको मृत्‍यु भयो।लगभग ५० जना जतिले मृत्‍युलाई जित्न सफल भएको अनुमान गरिन्छ।आगन्तुक हरुलाई खेती पाती गर्न,घर बनाउन,खाना पकाउन नेटिभ अमेरिकन हरुले सिकाए।उनिहरुले सुन चाँदी त पाएनन तर सुर्ती खेती गरी टनका टन सुर्ती बेलायत पुर्याइ ब्यापार गरे।बिस्तारै,बिस्तारै आफना श्रीमती र बाल,बच्चा पनि जेम्स टाउन मा झिकाइ स्थाइ बसोबास गर्न थाले।यसरी अमेरिकामा आउने हरुको संख्या बढ्दै गयो।खेती पाती पनि बढ्दै गयो।जसै खेती पाती बढ्दै गयो,कामदारको माग पनि बढ्दै गयो।यसरी कामदारको खाँचो पुरा गर्न सन १६१९ मा सर्ब प्रथम अफ्रिकाबाट अस्वेत हरुलाई नोकरको रुपमा ल्याइेको थियो।यसरी नोकरको रुपमा ल्याइएको मान्छेहरुलाई कालन्तरमा दास बनाइयो।

नेटिव अमेरिकनहरु बिद्रोही स्वभाबका हुँदै गएका थिए। युरोपियन हरुले सोचे कि  नेटिभ अमेरिकन लाई भन्दा अफ्रिकन अस्वेत हरुलाई दास बनाउन सजिलो छ।पछि अस्वेत हरुलाई जबर्जस्ती बाँधेर बिक्री गर्ने हेतुले समेत ल्याइन थालीयो।यो मानब ब्यापार सयौ बर्ष सम्म बहुत फस्टायो अमेरिकामा।अफ्रिकन राजाहरु वा शासकहरु आफ्नै जनतालाई समाउदै युरोपियन हरुलाई बेच्ने गर्दथे।युरोपियन ब्यापारी हरु ति अस्वेत हरुलाई बहुत कस्ट दिएर जहाजमा हालेर अफ्रिका देखी अमेरिका ल्याउदथे।त्यसरी अमेरिका ल्याउदा ६ जनामा १ जना त बाटैमा मर्ने गर्दथे।सुर्ती,चिनी,कपडा,अन्न तथा अन्य बस्तु सँग अफ्रिकन दास हरुको किन बेच हुने गर्दथ्यो।नोकर हुनु र दास हुनुमा धेरै अन्तर हुने गर्दछ।दासलाई कुनै पनि मानबिय अधिकार हुँदैन भने नोकरको मालिक छान्न पाउने अधिकार हुन्थ्यो।

सन १७५९ मा अमेरिकाको बारेमा फ्रेन्च लेखकको भनाइ:

एकजना फ्रेन्च लेखक जसको नाम मिचेल गिलम जिन दे क्रेभ्कुरले सन १७५९ मा न्यु योर्क भ्रमण गरेपछि अमेरिका कस्तो छ भनी लेखेका थिए।अमेरिका सम्बृद्ध हरुको समाज हो।न्युयोर्क मा एउटा साधारण किसान जति क्षेत्रफलको जमिनमा खेती गर्छ,त्यति क्षेत्रफलमा त फ्रान्समा शाशक बर्गको नजिक भएका बहुत धनी किसानहरुको पनि त्यति धेरै जग्गा जमीन हुँदैन।फ्रान्सका धनी हरुको भन्दा सुखी जीवन त अमेरिकाका किसानहरुले बिताइरहेका छन।अमेरिकन किसानहरुले बिहानको खाजा अन्डा, बेकन, मह बट्टर युक्त पानकेक,जुस,कफी खान्छन भनेर उल्लेख गरेका छन।त्यस्तो खाना त युरोपमा केवल धनी बर्गले मात्रा खान सक्छन।

क्रेभ्कुरले भनेका थिए कि अमेरिकन भनेका मान्छे त सँधै नयाँँ नयाँँ सिद्धान्त प्रतिपादन गरी रहने,नयाँँ नयाँँ बिचारहरु ल्याइरहने मान्छे हरु हुन।अमेरिकन भनेका अत्यन्त आत्म विस्वासी, जो सँग पनि मिल्न सक्ने,मन मिलेको छ भने जो सँग पनि विवाह गर्न सक्ने मान्छेहरु हुन।विवाहको बारेमा भनेका थिए किअमेरिकनहरुको परिवार बहुत मिश्रीत मान्छे हरुले बनेको हुन्छ।एउटा बेलायत बाट आएको पुरुषले फ्रान्सबाट आएको आईमाई सँग बिहे गरी चार वटा छोरा पायो भने ति चार छोराको बिहे अन्य चार देश का महिला सँग गर्दा परिवारमा कसैलाई केही आपत्ति हुँदैन।अमेरिकनहरु धर्म,समुदाय,खान्दान जस्ता मान्यताहरुलाई पुरानो बिचार मान्दछन।युरोपमा त्यस्तो हुन सम्भब छैन।

सन १७५९ मै उनले लेखेका थिए कि अमेरिकनहरु देशको कानूनको पालना गर्छन्।कानूनहरुलाई व्यबहारमै ल्याउछन।अमेरिकनहरु होसियार पूर्वक समाचारपत्र पढ्छन र सरकार र शाशकहरुको डटेर आलोचना गर्दछन।जुन कुरा गर्न युरोपमा सम्भब छैन।अमेरिकनहरु कोही धनी,कोही गरीब भएको मन पराउदैनन।यही सोँचले नै अमेरिकनहरुले भबिष्यमा संसारलाई परिवर्तन गर्नेछन।

पूर्ण श्रेष्ठ,म्याडिसन विस्कनसन

 

प्रतिक्रिया