नखुलेको कथा : “निर्मोही मायाँ”

दीपक पन्त २०७७ चैत १५ गते ०:४१ मा प्रकाशित

त्यो साँझ म बेस्सरी थाकेको थिए । दिन भरीको रिपोटिंग ,लामो स्तम्भ लेखन ,अनि अतृप्त चाहनाहरूको गोल चक्करमा म आफू भित्रै अन्तर/ द्वन्द गर्दै ठूली भाउजुको भट्टी पसलमा पसेको थिए ।

सदाबहार हँसिली फुर्तिली भाउजु भट्टीका ग्राहकको अर्डर अनुसार यताउति दौडदै थिइन् । बिशेषत: भाउजूको भट्टीको स्पेशल खाना भनेकै तारेको भुडी र चिउरा थियो ।

दिनभर वरपरका सरकारी कर्मचारीहरु खाजा खान लाइन लाइथे हुन्थे भने साँझ परे पछि तीनपाने लोकल रक्सीको स्वाद लिन ग्राहकहरू ओइरिन्थे ।

म पनि बाटो पर्दा यदाकदा छिर्ने गर्थे । यो पटक भने मलाई अल्लि लामै ग्याप पछि मात्र भाउजूको भट्टीमा छिर्ने अवसर जुरेको थियो । दिउँसो देखी नै मौसम परिबर्तनका संकेतहरु मिलेको थियो । आकाश ढम्म कालो बादलले ढाकेको थियो ।

दिनको ४ बजे पछि नै साँझ परेको आभास भएको थियो । थाकेको शरिरमा तिनपानेको रंग दलेर रंगिन सपना देख्ने धुनमा म त्यहाँ छिरेको थिए ।अन्य ग्राहकको अर्डर सर्बर गरी सके पछि भाउजु म तर्फ हास्दै बढिन् ।

“हैन रमेश बाबु ! आज धेरै दिन देखी देखा पर्नु भो है ? कसरी बाटो बिराउनु भो त आज ? “ भाउजुले मायालु पाराले प्रश्न गरिन् । अ ~भाउजू यता तिरको ट्रीप परेको थिएन । त्यसैले, मन भएर नि ! आउने साइत जुरेन । मैले सामान्य रुपले जवाफ दिए ।

वास्तबमा म एक क्रान्तिकारी पत्रकार भए पनि यहाँ मैले ट्रेकिंग गाइडको रुपमा परिचय बनाएको थिएँ । सरल सिधा भाउजूलाई अन्य कुराको मतलब थिएन । सधै आफ्नै नियमित काममा ब्यस्थ ! लौ के खाने रमेश बाबु ? भाउजूले व्यावशायिक मिश्रित हाँसो सहित अर्डर लिन खोजिन् ।

“उही त हो नि भाउजू ! उही हजुरको स्पेशल सितन र एक बोतल तीनपाने भए हुन्छ ।” मैले ठट्टेउली पाराले जबाफ फर्काए । भाउजू मुसुक्क हासिन् । म धेरै दिन देखी हाँस्न सकेको थिइन । मनमा अनेक तर्क बितर्कका भण्डारण थियो म भित्र पनि !

अनि सोचे यी भाउजू सधै सबै जना सँग यत्तिकै हाँसेको देख्दछु । खुशी देख्छु । संधै बिजी देख्छु। के भाउजुको जीवनमा कुनै दुख : नै नआएको होला त ? मेरो मनमा प्रश्न प्रश्न कै रुपमा थियो । उता कुनामा लाहुरे साइला एक्लै गुनगुनाउँदै रम्दै थियो/ खांदै थियो । एकाएक एक्लै रुन थाल्यो । लगत्तै फेरि फेरी ,हास्न थाल्यो ।

आँशु र हाँसोको अन्तर्द्वन्दमा उठेर के हिड्न खोजेको थियो । डंरंग पछारियो । लाहुरे न पर्यो फेरी उठ्ने जमर्को गर्यो । भाउजू भान्साबाट हत्तारिदै बाहिर आइन् । लाहुरे दाइ के भा’को ? तिमी यसरी हरेस खान हुन्न क्या ! जीवन लामो छ नि ! एउटा फुल झर्दैमा गमला रित्तिदैन नि ? सम्झाउने प्रयास गरिन् भाउजुले । लाग्थ्यो ,लाहुरेको अतितसँग उनि राम्रो जानकार राख्छिन् ।

म पत्रकार न परे मेरो मनमा झन् कौतुहलताले डेरा जमायो । के भएको रहेछ लाहुरेको जीवनमा जान्न उत्सुक भए । खल्तीबाट चुरोट निकाल्दै लाहुरे दाइको नजिक पुगे । सामिप्यता बढाउने धेययले सोधे लाहुरे दाइ , तिमीसँग लाइटर छ ? मेरो सोधनी खस्न नपाउदैं लाहुरेले खल्ती छाम्दै लाइटर निकाल्यो । लर्बराएको स्वरमा भन्यो । यो लाइटर मैले सिंगापुर एरपोर्टमा किनेको बुझेउ भाइ ? तर खै ? जीवन सिंगापुर होइन झिन्गापुर जस्तो पो भयो ? हेर त भाइ ?

मलाई उसका घोचपेच सहित कुराले झन् उत्सुकता थप्यो । आखिर लाहुरेको जीवनको छिपेको पल्लु के थियो ? जान्न मन लाग्यो । मैले भाउजु तर्फ इशारा गरे । जान्न चाहन्थे , आखिर किनलाहुरे तीनपानेसंग यसरी मितलाई रहेछ ?

त्यति बेला सम्म भट्टीका सबै ग्राहकले बाटो तताई सकेका थिए । अब केवल हामी तिन जना मात्र भट्टीमा थियौ । म ,भाउजू र लाहुरे दाइ । हामीहरुका आ -आफ्नै पिडा र व्यथाका जीवन गाथाहरु थिएँ ।

मेरो आशय बुझे पछि भाउजू बिस्तारै खुल्न थालिन् । हेर भाइ ,लाहुरेनी भाउजूले यी दाइलाई बर्बाद पारि छन । यिनी लाहुर हुँदा कमाएको सारा सम्पति अर्कै संग लागेर सकिछन । अनि यिनी पेन्सन आउने बेलामा भएको शहरको घर पनि बेचेर बेपत्ता भइछन ।

आफुले सार्ह्रै मन पराएर बिहे गरेकोले ८/१० बर्ष सम्म सन्तान नहुदाँ नि लाहुरे दाइले कुनै मन फेरेका थिएनन् । खै ? किन हो ? भाउजुले मन बिगारिछन् । भाउजू हिडे देखी लाहुरे दाइको आखाँमा कुनै खुशी देखेको छैन । धन्न पेन्सनको सहाराले यी यसरी नै जीवन धकेली रहेछ भाई ।

भाउजूले कुराको बिट नमार्दै नशामै सही लाहुरेले आफू बसेकै कुनाबाट एक नमिठो धुन निकाल्यो ।

“निर्मोई ले छोडेर गइ हाली !

हेर्दा हेर्दै अर्कैको भै हाली !!

माया मारेर र हो, एक्लै पारेर !!

एक छिन् चकमन्न सन्नाटा छायो । अचानक सधै हाँसी रहने भाउजुको आखाँ रसाएको देखे । मधुर बत्तिको प्रकाशमा सलको टूप्पोले नजानिने गरी टप्केका आँशुका दाना पुछ्न खोजिन भाउजुले । म अलमलमा परे ।

बिस्तारै सानो स्वरमा सोध्ने धृष्टता गरे । भाउजू के भो ? तपाइलाई ?

लाहुरेको बिरही गीतले आखाँ रसायो भाइ । मन भित्रको बेदनालाई लुकाउदै सम्मालिन खोजिन्भाउजू । पत्रै पत्रमा समेटिएको मानबको जीवन संघर्ष आबरणमा देखिए जस्तो निर्मल हुदैन भन्ने मैले सहजै अनुमान लगाएँ ।

भाउजूको अन्तर्मन भित्र पनि ठुलै आँधी बेहरी लुकाएकी छन् भन्ने कुरामा दुबिधा रहेन । असजिलो मान्दै कुरा निकाले । हैन ? तपाइँ सधैँ हासी रहने मान्छे, आज अचानक किन यसरी ? बाक्य पुरा गर्न संकोच माम्दै अर्ध प्रश्न गरे मैले ।

“निर्मोही” भन्ने शब्दले बिझायो भाइ मलाई । सात बर्षको छोरो हुँदा अरब गएको थियो ऊ । मनमा मिठो सपनाको भारी बोकाएर । निर्मोही रहिछ । केही बर्षको अन्तरालमै हरायो । गएको २/३ बर्ष सम्म त् सम्पर्क मै थियो ।त्यस पछि भने एका /एक हरायो । धेरै बर्ष पछि थाह पाएँ बंगाली युवतीसँग उतै घरजम गरी बसेको छ रे खाडीतिर । निर्मोही मोरो ।

त्यस पछि त पुरुष सबै तेत्यस्तै हुन्छन् जस्तो लाग्थ्यो मलाइ त । तर हेर त यो लाहुरेको प्रेम देख्दा नतमस्तक: हुन्छु । सबैलाई एउटै तुलामा राख्न नि सक्दिन । बाच्ने अर्को सहारा छोरो थियो । ऊ पनि गत सालको जनआन्दोलनमा सहीद भयो ।

एकै प्रश्नमा आँशुका भेल सहित उत्तर दिइन् भाउजूले । ऊ ,त्यै टेबलमा बसेर खाजा खाइ रहेको थियो मेरो बाबु । सडकमा जिन्दाबाद र मुर्दाबाद्को नारा घन्की रहेको थियो । खै ? कहाँबाट कुन पक्षको गोलीको शिकार भयो मेरो प्राण । गला अबरुद्द पारिन् भाउजुले !

पुन:सन्नाटा छायो । भारी मन लिएर मैले सान्त्वना दिने जमर्को गर्दै भने समालिनुहोस् भाउजू । तपाइको जीवन /संघर्ष हरेकका लागि प्रेरणा बन्नेछ ।

हो भाइ, जीवन सोचे जस्तो कहाँ हुन्छ र ? तारादेवीका कालजयी घुनहरु जस्तै त हो नि !

सोचे जस्तो हुन्न जीवन ! सम्झे जस्तो हुन् जीवन ? जे भएनी हास्नै पर्यो । हिड्नै पर्यो । बोल्नै पर्यो । नत्र मानिसले पाइला पाइलामा कुल्चदै हिड्छन् । सहारा दिने जमात बिरलै भेटिन्छन् ।लामो सुस्केरा सहित एकै बाक्य निकालिन भाउजूले ।

अचानक एक हुल प्रहरी गस्ती भित्र पसे । ए भट्टी बाली, यति अबेर सम्म किन पसल खोलेको ह ? सायद गस्ती इन्चार्ज होला उसले प्रश्न गर्यो ? हामी बन्द गर्नै आँटेका थियौ । भाउजुले समालिदैजवाफ दिइन्।

कुनामा अर्ध होसमा पल्टिरहेको लाहुरे आफ्नै बेदनामा बर्बरायो । म छोड्दिन । म छोड्दिन ! ज्यान गए जाला !

साला कसलाई छोड्दिन भन् ? छ यो जड्याहा ? हाल सालेलाई भ्यानमा । काँधमा फुलीको रंगभरेको इन्चार्जले अर्डर लगायो । नाइँ नाइँ तेसो नगर्नुस् । ऊ सोझो लाहुरे हो । भाउजुले नलैजान अनुरोध गरिन् । हामीले के गरेका छौ र सर यसरी ~? बाक्य के बोलेको थिए मैले ।

ए हाम्रो मुख लाग्छ्स ? कोच सबैलाई तारे हाकिमले अर्डर लगायो ।

निरीह सिपाहीहरु तान्न थाले । भाउजू लगायत हामी दुइ प्रहरी भ्यानमा कोचियौ ।

पुलिस थानामा लाहुरे र मलाइ एउटै कोठामा थन्क्याए भने भाउजू लाइ हाम्रै अगाडिको कोठामाथुने ।

तीनपानेको नशाले होला लाहुरे लगत्तै घुर्न थाल्यो । लाग्थ्यो जीन्दगीका घाऊ हरुले अब उसलाईआफ्नो ओछ्यान र बन्दी ओछ्यानमा कुनै फरक परेन ।

उता भाउजू पनि सबेरै देखी दौडिदै काम गर्दा गर्दा थाकेको सरिर अनि अन्तर मन भित्रका धेरै दबिएका घाऊहरुको अनुभव भएर होला सायद बिना संकोच यो पनि एउटा जीवन यात्रा नै हो भन्ने जस्तो गरी निदाइन् । यता म भने अघि पिएको तिनपानेको मदमस्त पुलिसको गन्ध आउने बित्तिकै छर्लंग भइ सकेको थियो । जीवन भोगाइका यात्रा र निर्मोहिका भेट /बिछोडका कथाहरुका बीच जीवन संघर्षका कल्पनामा रम्दा रम्दै त्यो रात छिचले ।

भोली पल्ट उज्यालो मिर्मिरे घाम संगै तारे हाकिमले केही कागचमा सही गराउदैं आइन्दा राति अबेर सम्म हो /होहल्ला नगर्ने सर्तमा छोडि दिए ।

रात भरी मुर्झाउँन नसकेका आखाँले नजानिँदो पाराले भाउजू र लाहुरेलाई निहाल्यो । तर देखेन। पछि थाह भयो ।उनीहरू लाइ त झिसमिसेमै छोडी दिएछ्न।

पुलिस कोठीको एक रात निर्मोहीको माया र घृणाले पुर्याएको कटु सत्यतालाई छुपाउन सकिन । उनिहरुका कथा र ब्यथा त सुने । तर मेरा कथा र ब्यथा भने मन भित्रै गुम्सि रह्यो । ग्रीक कथा “पाण्डोरा बक्स” जस्तै ! किनकि मेरो पालो आउनु अघि नै हामी पुलिसको फन्दामा परी सकेका थियौ ।

दीपक पन्त

मिल्वाकी, अमेरिका

प्रतिक्रिया