गजल
शारदा क्षेत्री
२०७७ चैत १० गते २२:०८ मा प्रकाशित
मेरो च्यातिएको डायरी भित्र लुकेको ब्यथा छ !
आफै खोलेर पढ्न न-सक्ने दुखेको ब्यथा छ!!
शून्य लाग्छ आफू संग आफै एकान्तमा हराउदा !
बिबसतामा अनगिन्ती सपना बोकेको ब्यथा छ!!
प्रस्न धेरै गरे फेरि उत्तर बिहिन बन्यो ज़िन्दगी !
सुख्खा बगरमा सम्भाबना खोजेको ब्यथा छ!!
एक्लै यात्रा गर्दा गर्दै ज़िन्दगिको बाटो भेटिएन!
थर-थराउदै पाइलाहरु बिचैमा रोकेको ब्यथा छ!!
यो कोलाहाल संसारमा एक्लै रमाउन खोज्दा !
निशासिदैछु आधी बेरिले खुशी छोपेको ब्यथा छ!!
जे न-हुनु थियो जीवनमा आखिर त्यही भयो !
चिता संगै सबै जल्दा शुन्यतामा रोएको ब्यथा छ!!
रचना :- शारदा क्षेत्री
हाल :- न्यूयोर्क
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया