सोमबार, जेठ ९ २०७९
काठमाडौं १४:२५
वासिङटन डिसी 04:40

गीत

-शिब पलाँस,अमेरिका २०७७ फागुन २९ गते ११:१५ मा प्रकाशित

जिन्दगीको माया लाग्छ मर्न सक्दिन म
तिम्रो नाउँमा आत्मदाह गर्न सक्दिन म

फेरिएर जाला ऋतु हरियाली आउला
भोलि मेरो मुहारमा खुसियाली छाउला
तिम्रै यादमा आँखाबाट झर्न सक्दिन म
जिन्दगीको माया लाग्छ मर्न सक्दिन म

आँशुको ताल किन बनाउँ मैले सिरानीमा
जिन्दगानी किन बिताउँ जहिले बिरानीमा
अब फेरि तिम्रो शरण पर्न सक्दिन म
जिन्दगीको माया लाग्छ मर्न सक्दिन म।

-शिब पलाँस,अमेरिका

प्रतिक्रिया