सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल

इनेप्लिज २०७७ फागुन २३ गते १५:५२ मा प्रकाशित

आज २०७७ फागुन २३ गते होटल तपसमा सखी प्रतिष्ठान, काठमाडौंले अन्तर्राष्ट्रिय नारी दिवस २०७७ (International Women,s day- 2021) को अवसरमा “राष्ट्रियता प्रबर्द्धनमा नारी भूमिका “बिषयक विचार गोष्ठीको आयोजना गर्यो ।सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरी रहनु भएको थियो।

सो कार्यक्रमका विशिष्ट अतिथिहरु राष्ट्रिय सूचना आयोगकी आयुक्त माननीय कमला ओली,मातृभूमिका लागि नेपालीका संयोजक देवप्रकाश त्रिपाठी,वरिष्ठ साहित्यकार राधेश्याम लेकाली र वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा शीलाले आआफ्नो मन्तव्य राख्नु भएको थियो।

यसैगरी अतिथिहरु व्यवसायी, समाजसेवी एवं गीतकार अस्मिता सुमार्गी, संचारिका समूहकी सह संयोजक कमला पन्थी, अतुल स्मृति गुरुकुलकी अध्यक्ष बन्दना गौतम र व्यवसायी अन्जु सुवेदीले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो।

सखी प्रतिष्ठानको आजै उदघाटन पनि गरिएको थियो।सो प्रतिष्ठानको तदर्थ समितिको अध्यक्षमा मन्जिला अनिल,उपाध्यक्षमा एल्सा झा,महासचिवमा कमला रिसाल, सचिवमा रुपा पौडेल र कोषाध्यक्षमा मेनका लामा रहनु भएको छ भने सदस्यहरुमा क्रमशः शान्ति रिसाल,नीशा रिमाल, ईश्वरी लामा याचकी र राधा भण्डारी रहनु भएको छ।

कार्यक्रममा प्रमुख अतिथिलगायतले सखी प्रतिष्ठानको स्थापना भएकोमा बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको चर्चा गर्नु भएको थियो ।

प्रतिष्ठानकी महासचिव कमला रिसालले स्वागत मन्तव्य तथा गीत,उपाध्यक्ष एल्सा झाले धन्यवाद ज्ञापन र कोषाध्यक्ष मेनका लामाले नृत्य प्रस्तुत गर्नु भएको थियो।कार्यक्रम संचालन सचिव रुपा पौडेलले गर्नु भएको थियो।कार्यक्रममा कविहरु रन्जना निरौला,शान्ति रिसाल र मनिला वन्तले आआफनो कविता वाचन गर्नु भएको थियो।

कार्यक्रममा मातृभूमिका लागि नेपालीका सहसंयोजक -नारायण कोइराला, अनेसास नेपालका कोषाध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरु मधु पाठक,सुमन घिमिरे, द्वारिका कुइकेल,साहित्यकारहरु उपमा आचार्य,पुष्पा खनाल,शान्ता बस्नेत,सुवासप्रसाद पाण्डे सिर्जना भेटवाललगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया