हिजो २०७७ फागुन १९ गते विभिन्न क्षेत्र,पेशा र व्यवसायका महिलाहरुको भेलाले “सखी प्रतिष्ठान” स्थापना गरेका छन।सो भेला बागेश्वरी डान्स सेन्टर, बौद्ध, काठमाडौंमा भएको थियो।
नेपाली साहित्य र सस्कृतिको उन्न्यन र विकासमा योगदान पुर्याउदै महिला सशक्तिकरणमा काम गर्ने उदेश्यले यस सस्थाको स्थापना गरेका हुन।
यस प्रतिष्ठानको तदर्थ समितिको अध्यक्षमा साहित्यकार मन्जिला अनिल,उपाध्यक्षमा शिक्षा सेवी एल्सा झा,महासचिवमा संगीतकर्मी एवं साहित्यकार कमला रिसाल, सचिवमा कवि रुपा पौडेल र कोषाध्यक्षमा नृत्यकार मेनका लामा रहनु भएको छ।
यसैगरी सदस्यहरुमा क्रमशः साहित्यकार शान्ति रिसाल र नीशा रिमाल रहनु भएको छ ।
प्रतिक्रिया