भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला? (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन १९ गते १०:५६ मा प्रकाशित

बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृ’त्यु भएको छ भने दुईजना घाइते भएका छन्।कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार, दुर्घटनामा परी घाइते हुनुभएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ।घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।बस चालक फरार रहेका छन्।उनको मृत्यु पछि कोहलपुर चौराहामा गरिएको चक्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दुर्घटना भएको उक्त ठाउँमा टायर बालेर कारवाहीको माग गर्दै प्रदसन भएको थियो।इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी,समिति,प्रहरी र पीडित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च क्का जाम खुलेको हो।चक्काजाम साढे १२ बजेदेखि खुलेको थियो । दुर्घटना लगत्तै स्थानीयहरुले किरणनालामा समेत टायर बा लेर प्रदर्शन गरेका थिए।केही बेर उक्त सडकखण्ड त नावग्र स्त बनेको थियो।

भिडियो

प्रतिक्रिया