नेपाली कुटनीतिक क्षेत्रका गतिबिधिहरु

डिग बहादुर तामाङ्ग २०७७ फागुन १९ गते ०:४६ मा प्रकाशित

आज २०७७ साल फागुन १९ गते प्रकाशित कान्तिपुर दैनिकमा एउटा समाचार छापेको थियो । त्यो हालै नेपाल सरकारको तर्फबाट पठाइएका महामहिम राजदूत लोकदर्शन रेग्मीले “कूटनैतिक प्रशिक्षण बिनै बेलायत पुगे राजदूत रेग्मी” छव्विस बर्ष नेपाल सरकारका विभिन्न तहमा सेवारत व्यक्तिलाई पाँच दिनको परीक्षणले वा तालिमले के असर पार्लन र ?

यो सारै गौण बिषय मात्रै नभएर अरु देशका कूटनैतिक समूहको लागि अनौठो समाचार पनि हो । हाम्रो देशमा २०४६ सालमा प्रजातन्त्र पुनर्वहाली पछि नेपालको कूटनैतिक क्षेत्रमा आमूल परिवर्तन आए । सिजन परराष्ट्रका करियर डिम्लोम्याटहरु आउने ठाँउमा एउटा सेक्शन अफिसर पठाए, गिरिजाबाबुले ।

बर्मामा कार्यरत सुव्वालाई डिसिएम बनाएर पठाए मनमोहन अधिकारीको सरकारले । करियर डिप्लोम्याटको ठाँउमा पार्टीका धुपौरेहरुलाई राजदूतावासमा पठाए पछि यसको परिणाम त देशले व्योहोर्न पर्छ नै । गिरिजा प्रसादले सबैभन्दा पहिले परराष्ट्र्लाई भत्काइए सारा कर्मचारीहरुलाई बिना कसुर जागिर खोसि दिए ।

आफनो नातागोताहरुलाई बाहिराबाट ल्याए । त्यसपछि ४५ वटा उद्योगहरुलाई भत्काइयो । के एउटा नेताले आफनो देशमा गर्ने काईदा यहि हो ?
२००७ सालपछि २०४६ सालसम्मको नेपाल अधिराज्यको कूटनैतिक समूह भिन्नै खालको थियो । परराष्ट्र् मन्त्रालयले पहिलो पोष्टिङ दिल्ली, कलकत्ता ल्हासापछि मात्रै, थाइल्यण्ड, ,काइरो, साउदी अरविया ,जापान र चिनमा खटाउने चलन थियो ।

त्यसठाउको अनुभवहरु बटुलेकाहरुलाई, रुस, जर्मनी, फ्रान्स, बेलायत त्यस ठाउबाट फर्केका परराष्ट्र्का कर्मचारीहरुलाई संयुक्त राष्ट्रसंघ र अमेरिकाको पोष्टिङ दिने चलन रहेको थियो । अब एउटा अंग्रेजी नजान्ने डिसिएम पनि देखियो यहि आँखाले ।

परराष्ट्र्बाट खटिएर विदेशमा पोष्टिङ पाउने कर्मचारीहरुको आफ्नै प्रकारका समस्याहरु हुन्थ्यो। श्रीमतीहरुले अहिलेको जस्तो काम गर्ने अनुमति थिएन। सहचारीको तलब भत्ता डलर चार सयले महिना भरिलाई पुरयाउनु पर्ने आफनै सवारी साधन किनेर चढनु पर्ने, महामहिम राजदुतलाई बिभिन्न ठाँउमा जानु दैनिक भत्ता पचास डलरले धान्नु पर्ने र आफनो निजी काममा दुतावासको गाडी प्रयोग गर्न नपाइने ।

बार्षिक रु पाँच हजारले सालभरिका औपचारिक पार्टिहरुलाई भ्याउनु पर्ने । तैपनि पनि त्यसबेलाका राजदूत लगायत अन्य कूटनैतिक कर्मचारीहरुमा सदा सदभाव र समन्वय गरेर बस्थे । सहचारी सैनिकले आफ्नो समकक्षीहरुलाई बोलाएर बर्षको दुइपल्ट स्वागत सत्कारका लागि औपचारिक निम्तो पठाएर बकाइ दा पेन्टागनका जनरेलहरु, एशिएन देशका सैनिक सहचारीहरुलाई बोलाउथे । त्यस्तै उपनियोग प्रमुखले पनि यसैगरि औपचारिक आफनो निवासमा गर्ने चलन थियो । यसमा स्टेट डिर्पाडमेन्टका साउथ एशिया हेर्ने डाइरेक्टर देखि भारतीय राजदूवासका उपनियोग प्रमूख र अन्य देशका उपनियोग प्रमुखहरुको उपस्थित रहन्थे । सन २००८ देखि भारतीय राजदूतावासको तर्फबाट नेपाली राजदूतावासलाई निम्तो पठाउन छोडे । हाम्रो देशको नेशनल डेमा पनि उनिहरुले आउन बन्द गरे ।

राजदूत हरेक तीन तीन महिनामा सिटडाउन डिनर बोलाउने चलन थियो । सिटडाउन डिनर भन्ने बित्तिकै औपचारिक पोशक देखि औपचारिक प्लेट देखि चम्चाकाँटाहरु, रुमाल, गिलाँसहरु, प्राय गरेर एशियन देशका राजदूतहरु, चिन, बेलायत, जापानी राजदूतहरु, चिफ अफ प्राटोकल, बिश्वबैकका एशिया हेर्ने भाइस प्रेसिडेन्ट जसको नाम थियो डेभिड हप्पर,यूसएडका प्रमुखहरु डाक्लास बेनेड, पिटर,माक्फरसन प्राय हुन्थ्यो ।

यस प्रकारको भोजमा दुतावासका उप नियोग प्रमुखको उपस्थिती हुने गर्थ्यो । त्यस समयका राजदूत अन्य कुटनैतिक कर्मचारीहरुले एउटा एउटा खेलजानेको हुन्थ्यो । राजदुत टेनिस खेल्थे, बिश्वबैकका प्रमुख, भारतीय राजदूत शंकर नारायण, कार्टर प्रशासनका चिफ अफ स्टाफ ब्रिजिन्की संग उप नियोग प्रमुखले त अरु देशका कुटनितीहरुलाई टेनिस सिकाउनु हुन्थ्यो ।

त्यहि नेपाली राजदूतावास हो जहाँ अमेरिकी विदेश मन्त्री स्वर्गीय जर्ज सुल्ज, हेनरि किसिंगर अमेरिकी डिर्पामेण्ट जस्टिका अटर्णी जनरल स्मिथ वीलियम फ्रेन्च समेत नेपाली राजतूतावासमा सिटडाउन डिनर आउने चलन थियो ।

१९९२ मा गिरिजा प्रसाद कोइरालाको शासन कालमा योग प्रसाद उपाध्याय महामहिम भएर आउनु भएपछि नेपाली राजदूहरुले आफू ओहादाको प्रमाण पत्र पेश गरेको राष्ट्रका उपल्लो तहका हाकिमहरुलाई बोलाएर ख्वाएको पत्ता नै भएन ।

राजाका पालामा राजपरिवारका सदस्यहरुलाई राजदूतावासमा बस्न परराष्ट्र् मन्त्रालयका स्वीकृति चाहिन्थ्यो । कोडभाषा मात्रै समाचार आदान प्रदान हुन्थ्यो । राजदूतले हरेक महिनामा एउटा पोलिटकल रिपोर्ट पठाउनु पर्थ्यो

परराष्ट्र मन्त्रालयमा भूतपूर्व प्रधान मन्त्री राजदूत भएर आएपनि उनले आफनो पत्रचारमा “प्रिय सचिब महोदय” भनेर सम्बोधन गर्ने चलन थियो । आजकलका राजदूतहरु सिधै प्रधान मन्त्रीलाई हाते फोन मार्फत आदेश पो दिन्छ गाँठै ।

भन्छन, कसैले सात करोड तिरेर आएको कसैले पचिस लाख बुझाएर आएको अनि कस्ले राजदूतको पद भनेका घोडाको मोलमोलाई होइन अब उपप्रान्त करियर डिम्लोम्याटलाई पठाए देशले केही बैदेशिक सम्मान पाउँथ्यो ?

नत्र भने यहि हो परिणाम !

डिग बहादुर तामाङ्ग

 

प्रतिक्रिया