प्राध्यापक राईलाई घरमै पुगेर इन्जा दीर्घसेवा पुरस्कार प्रदान

इनेप्लिज २०७७ फागुन १८ गते १४:५७ मा प्रकाशित


काठमाडौ । प्राध्यापक लालदेउसा राईले इन्जाले पत्रकारिता बिकास र पत्रकारिता क्षेत्रप्रति गरेको भुमिका सह्रानीय भएको बताउनुभएको छ ।
प्राध्यापक राईले आफुलाई इन्जा दीर्घसेवा पुरस्कारबाट सम्मान गरेकोमा सिगो इन्जा परिबारप्रति आभार ब्यक्त गर्नुभएको छ । इन्जाले आगामी दिनमा पनि साच्चै नै पत्रकारिता गर्ने र पत्रकारिताको क्षेत्रमा महत्पुर्ण योगदान पुरयाउनेलाई सम्झिने बिश्वास ब्यक्त गर्नुभएको छ ।


उहाले पत्रकारिता बिभागको आफनै भबन बनेपछि सो भबनमा आफुसंग भएको पुस्तकालयलाई सो भबनको कुनै ठाउमा संग्रह गरेमा बिधार्थीहरुका लागि सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभएको छ । पत्रकारिता बिभागका प्रमुख खनालले त्रिभुवन बिश्व बिधालयमा पत्रकारिता प्रारंभ गर्ने प्राध्यापक राईको सदिच्छा बिभागले पुरा गर्ने आश्वासन दिनुभएको छ ।


इन्जा डे का दिन अस्वस्थताका कारण बिशेष कार्यक्रममा सहभागी हुन नसक्नुभएका प्राध्यापक लालदेउसा राईलाई उहांकै निबास बालाजुमा गएर इन्जा ग्लोबलका उपाध्यक्ष एब एशियाका अध्यक्ष टंक पन्त , इन्जाका सल्लाहकार घमराज लुइटेल र त्रिभुवन बिश्वबिधालय पत्रकारिता बिभागका प्रमुख चिरंजिबी खनालले सम्मान गर्नुभएको छ ।
प्राध्यापक राइलाई अध्यक्ष टंक पन्तले ५१ हजार १ सय ११ रुपिया सहितको इन्जा दीर्घसेबा पुरस्कारबाट सम्मान गर्नुभयो भने प्राध्यापक खनालले माला लगाएर सम्मान गर्नुभएको थियो । इन्जा सल्लाहकार घमराज लुइटेलले दीर्घसेवा पुरस्कार सम्मानपत्र बाचन गर्नुभएको थियो ।
स्मरणीय छ, प्राध्यापक खनाल , इन्जा एशियाका अध्यक्ष पन्त र इन्जाका सल्लाहका लुइटेल प्राध्यापक राई कै पत्रकारिताका बिधार्थी हुनुहुन्छ ।

प्रतिक्रिया