सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा आफ्नो ७० औं जन्मोत्सव मनाउँदै थिए। सर्वोच्चले प्रतिनिधिसभा वि,घटनको निर्णय बदर गरिदिँदा पनि ओलीले आफ्नो जन्मदिनका कार्यक्रम रोकेनन्।ओलीले पत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’विमोचन पनि गरे।ओली कहिले मोबाइलमा आँखा दौडाउँथे त कहिले सहभागी तिर गहिरो गरी हेर्थे।अबेर सम्म जन्मदिनकै शुभकामना लिँदै गरेका ओलीले राति भने निकट नेताहरूसँग राजनीतिक घ,टनाक्रमबारे केही कुराकानी गरे।
प्रतिनिधिसभा पुनःस्थापना भए अस्थिरता आउने, प्रचण्ड र माधवकुमार नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्दै हिँड्ने, प्रधानमन्त्री भइदिनुस् भनेर कहिले उत्तर, कहिले दक्षिणतिर जाने र खोजेर हिँड्दा हिँड्दै आफूकहाँ आइपुग्न वेर नलाग्ने उनको भनाइ थियो ।अब प्रधानमन्त्रीको कदम के होला ? के गर्लान अब ? प्रतिनिधिसभा पुनःस्थापनाको बिषयलाई लिएर राजनीतिक विश्लेषक आनन्द राम पौडेलसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस
https://www.youtube.com/watch?v=eqa3emyrlRs&feature=emb_logo
प्रतिक्रिया