ऐलानी जग्गामा बसेका राजवंशीलाई समस्या

इनेप्लिज २०७७ फागुन १२ गते ११:०३ मा प्रकाशित

विराटनगर, १२ फागुन।विराटनगर महानगरपालिका वडा नं ३ गोग्राह चोकमा बस्दै आएका कालिचरण राजवंशीका परिवारले आफूहरु अन्यायमा परेको गुनासो गरेका छन।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राजवंशीले ऐलानी जग्गामा घर बनाएर बस्दै आएकोमा महानगरपालिकाले सो ठाउँ खाली गर्न सार्वजनिक सूचना जारी गरेकाले समस्या परेको जनाएको छ।

धेरै पहिले देखि घर बनाएर बसिरहेका राजवंशीलाई वडा अध्यक्ष विनोद बस्नेत र विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की समेतले सो घर खाली गर्न बारम्बार धम्काएको आरोप राजवंशीले लगाएका छन्।

पुस्तौँ देखि सो ठाउँमा बस्दै आइरहेको र मजदूरीको काम गर्दै आफ्नो र परिवारको जीवन चलाउँदै आउनु भएको कालिचरण राजवंशीले आफूसँग त्यो जग्गा र घर बाहेक अन्य कुनै सम्पति नरहेकोले परिवारलाई लिएर कहाँ जानु भन्दै दुःख व्यक्त्त गर्नु भएको छ।

विराटनगर महानगरपालिका वडा नं ३ का अध्यक्ष विनोद बस्नेत र छिमेकी वियनराज राजवंशी र उनका परिवारले हटाउन आफूहरलाई धम्कि दिने र पटक पटक आएर दु:ख दिने गरेकाले समस्यामा परेको पीडित राजवंशीको भनाई छ।

प्रतिक्रिया