बिभेदको अन्त्य कहिले!

शशी के.सी २०७७ फागुन ११ गते २२:२२ मा प्रकाशित

हामी सॅंधै बिभेद भयो भन्दै कराउॅंछों।कतै धनी र गरीब बिच,कतै महिला र पुरूष बिच,कतै शहरिया र गाउॅंले बिच,कतै पढेका र नपढेका बिच र कतै ठुलो जात र सानो जात,आदी बिभिन्न कुराका।हो हुनु त नहुनु पर्ने हो बिभेद तर कति ठाउॅंमाअझै पनि छ र कति ठाउॅंमा कम हुंदै गईरहेको छ।दुई चारवटा प्रसंग हेर्दा लागिरहेछ,जति कानुन बनाए पनि,जति दुई चारजना बिभेदको अन्त्य हुनु पर्छ भनेर कराएपनि,व्यवहार र समाज परिवर्तन नभएसम्म छिट्टै बिभेदको अन्त्य हुने देख्दिन मत।

पहिलो प्रसंग

एउटा गायन प्रतियोगितामा एक जना केटी सेमी फाइनलमा पुगेकी रहिछन्।उसको बारेमा “गरीब, दलितको छोरी” संघर्ष गर्दै यति माथि पुग्न सफल भनेर प्रचार गरिंदैछ।ल भो अब,उनी त राम्रो गाएर पो त्यति माथि पुगेकी हैन र।अब दर्शक सॅंग भोट उनको गायकी लाई भन्दा पनि दलित,गरीब केटी भनेर मागिनेछ र सायद उनले जित्न पनि सक्छिन।एक प्रतियोगिता त जित्लिन तर अरूमा त आफै लड्न पर्यो।यो त एक उदाहरण हो।यस अघि पनि अरू प्रतियोगीहरू उत्तिकै सक्षम हुंदा हुंदै पनि जनजाति,हाम्रो जिल्लाको,गरीब,आदी भनेर धेरै जनाले धेरै थरीको प्रतियोगिता जिते।भविष्यमा पनि छिट्टै यो क्रम रोकिने वाला छैन जस्तो लाग्छ।

दोस्रो प्रसंग

कलाकार समाजका मार्ग दर्शक पनि हुन्।कति सन्देश मूलक कुरा बुझाउन कलाकारलाई प्रयोग गरिएकोछ।अनि उनीहरूको कारणले सहयोग पनि मिलेकोछ। त्यति हुंदा हुंदै पनि बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र मिथिला शर्मा अहिले बजारमा आएको नॅंया गीत “ फूलबुट्टे सारी”मा चुके जस्तो लाग्यो। गीत मनोरन्जन मात्रै हो भन्न पनि सकिन्छ।तर गीत सबै कुराले उत्कृष्ठ भए पनि सन्देश दिन चाहीं चुकेकै हो।हो नेपाली समाज त्यस्तै त हो,महिला घरको भात भान्छाको काम गर्ने र पुरूष घर बाहिर जाने,कमाउने आदी भन्ने पनि छन्।त्यस्तो हो भने किन छोरी पढाउने त,किन महिलाले जागीरखाने ?

होलान् अझै केही घरमा आफ्नै पारिवारिक कारणले त्यो गीतमा देखाईएको जस्तै अवस्था तर अहिले चाहे नेपाल होस या बिदेशमा नै नेपालीहरू घरको भित्र बाहिरको काम दुबै महिला पुरूष मिलेर बराबर नै गरिरहेछन्।श्रीमती जागीरमा गएको बेला श्रीमान घरमा छन् भने उ त्यसै बस्दैन।आफुले सक्ने घरको काम, केटाकेटी हेर्ने गरेको हुन्छ।श्रीमती आएर खान दिन्छे भनेर भोको बस्दैनन्।जान्नेले त मिठो पकाएर सॅंगै खान कुरेर बसेका पनि हुन्छन्।त्यस्तै श्रीमतीले पनि कमाएर घरको आर्थिक भार कम गर्न श्रीमानलाई सघाईनै रहेका छन्।

तेस्रो प्रसंग

सरकारले शिक्षा र रोजगारीमा सबैको उत्तिकै पहुंच पुगोस भनेर दुर्गम जिल्लालाई जागीरमा कोटा, गरीब तथा पिछडिएका बर्गका जेहेन्दार बिधार्थीहरू लाई छात्रबृत्ति कोटा छुट्याएको छ।उद्देश्य राम्रो भए पनि सुविधा पाउनु पर्नेले पाउन सकिरहेका छैनन्।कति दुर्गममा रहेकाहरू लाई त त्यस्तो सुविधा छ भन्ने थाहा पनि हुंदैन।बाठाहरूले सुगम जिल्लामा बसाई सराई गरे पनि आफ्नो दुर्गम जिल्ला बाट नागरिकता लिएका हुन्छन् र जब मौका पर्छ सुविधा लिई हाल्छन्।

त्यस्तै राम्रो सॅंग छानबिन गर्ने हो भने जल्दा बल्दा पिछडिएका भनिने बर्गका सुगम,महंगा बिधालय पढेका संन्तानले कोटाको सुविधाको छात्रबृत्तिमा पढिरहेको भेट्न सकिन्छ।त्यस्तै बिदेशतिर पनि तिनीहरू नै कोटाबाट पढ्न गएको देखिन्छ।हुनत एक थरीले कोटा प्रणाली खारेज गर्नु पर्छ भनेको सुनिन्छ।खारेज चाहीं गर्न हुन्न तर त्यसको राम्रो सॅंग सदुपयोग भएको छ की छैन अनुगमन हुनु पर्छ।केही दिन अगाडी एउटा समाचारमा कर्णालीका दुई जना गरीब, जेहेन्दार बिधार्थीहरूलेछात्रबृत्तिमा पाइलट पढेर आएको समाचार पढेको थिंए।त्यो अत्यन्त राम्रो काम हो।

चौथो प्रसंग

नेपालमा धर्मकर्ममा महिला (अझ बिबाहित) अत्यन्त सक्रिय तवरले लागेको देखिन्छ।हो धर्म कर्म, रितिरिवाज,संस्कार सबै मान्नु पर्छ।तर मान्दा समय सॅंग सॅंगै परिवर्तनशिल भएर गर्नुपर्छ।धर्मग्रन्थमा लेखेको जस्तै मान्नु हो भने त समाजबाट बाल बिबाह,बहु बिबाह,सति प्रथा कहिल्यै अन्त्य हुंदैनथ्योहोला।

त्यस्तै एकातिर हाम्रो धर्म भन्दै श्रीमती पानी पनि नपिई,भोकै श्रीमानको दीर्घायुको कामना गर्दै तिजको ब्रत लिएर, बेलुका खुट्टाको जल पिउन कुरेर बस्ने,उता श्रीमान् मिटिगं आदी भन्दै खाएर,अझ मध्यपान सम्म गरेर घर आउने गर्दा के श्रीमतीले गरेको ब्रतको अर्थ रहयोत ? फेरी हाम्ले ब्रत लिउ भएको हैन भन्ने पनि छन्।तर हाम्रै लागि लिएका हुन भनेर बिचार त गर्नु पर्यो नी।

अझ मत महिनावारी बार्नु आवश्यक नै छैन र झन् महिनावारी रोक्ने औषधी खांदै धर्म कर्म,ब्रत नगर भन्छु।बुढेशकालमा रोग लागेर पछुताउनु पर्ला।कति त आजकल पछुताएका पनि सुनिन्छ।समय सॅंगै चल्दै हामी जन्म दिन,बर्षगांठ आदी केक काटेर नाचगान गर्दै,बाहुनका बिबाह ब्रतबन्धमा मासुको परिकार राखेर मनाउन थालिसक्यौं भने अरू कुसंस्कार र कुरीति किन छोड्न सक्दैनौं।बिदेशी ज्वाईं वा बिदेशी बुहारी स्विकार्य हुने तर तल्लो जात, छुवाछुत भन्दै नेपाली, नेपाली बिचबिभेद अझै किन भईरहेछ समाजमा ।

अन्त्यमा समाजमा बस्ने हामी नै हौं ।परिवर्तन ल्याउने हामीले नै हो कुनै किसिमको बिभेद आफुले पनि गरौं र बिभेद देख्दा बिरोध गर्न नहिच्किचाउॅं।छोरीलाई साहसी र अन्याय सॅंग लड्न सक्ने बनाउॅंदै गर्दा छोरालाई पनि घरको व्यवहारिकज्ञान सिकाऔं।

-शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया