लिपुलेक र लिम्पीयाधुरा फिर्ता गराएरै छाड्छौं:प्रम ओली

इनेप्लिज २०७७ फागुन १० गते १४:४६ मा प्रकाशित

वीरेन्द्र रावल÷

दैजी,(कञ्चनपुर) फागुन १०÷नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेका नेपाली भूमिलाई फिर्ता ल्याउनकै लागि पहिलो कदमका रुपमा सरकारले लिपुलेक,लिम्पीया धुरा सहितको चुच्चे नक्सा सार्वजनिक गरेको बताउनु भएको छ।

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका २ छेलामा सोमबार निर्माण हुन लागेको औद्योगिक क्षेत्रको शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो।

उहाँले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको भैरहेको समेत बताउनु भएको छ।

नेपालको गुमेको भूमि फिर्ता ल्याउनका लागि सरकारले भारतीय पक्षसंग कुटनीतिक वार्तालाई साथ साथै अगाडी बढाएको समेत बताउनु भएको छ।
वेदकोट नगरपालिका–२,छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले गुमेको नेपालको भू–भाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो।

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताउनुभयो।

महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षाैदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताउनुभयो।उहाँले भन्नुभयो,पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ,अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ।

अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो।औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताउनुभयो।

प्रधानमन्त्री ओलीले भन्नु भयो– सुदूरपश्चिम भिमदत्त पन्त,अपि हिमाल,शैपाल,पर्यटकीय गन्तव्य खप्तड,रामारोशन,बडिमालिका जस्ता अतिनै मनोरम दृष्यहरु भएका क्षेत्र भएकाले अव सुदूर नभएर सुन्दर सुदूरपश्चिमको रुपमा विकास गर्दै लैजाने सोच सरकारको रहेको छ।

यसैगरी एक अर्को प्रशंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न निर्देशन दिएका छन् । दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुरको बेदकोट पुगेका प्रधानमन्त्री ओलीले भागरथी भट्टका दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन सफल भएको दावी गर्दै निर्मलाका हत्यारालाई सार्वजनिक गर्न निर्देशन दिएका हुन्।

‘भागरथीको विभत्स हत्या भएकोमा केहीले राजनीति गर्ने चेष्टा गरे।तर खोज अनुसन्धानमा सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद भन्न चाहन्छु्,’ प्रधानमन्त्री ओलीले भने,‘निर्मला पन्तका हत्यारालाई पनि अविलम्ब सार्वजनिक गर्नुस।अपराधिलाई कानुनी कठघरामा उभ्याउनुस।म प्रशासनलाई फेरी पनि निर्देशन दिन चाहन्छु।’

कसैले कुनै प्रकारको दवाव दियो र गलत बाटो हिडाउन खोज्यो भने त्यो गलत बाटो हिड्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्रीको भनाई थियो।उनले अगाडि थपे,‘समाजमा शान्ती सुरक्षा कायम गर्ने,पीडकलाई दण्ड दिने र पीडितलाई न्याय दिने काम राज्यको हो।त्यो राज्यले गर्छ।’

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो।हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी अझै असफल छ ।मात्रै प्रधानमन्त्री ओली कञ्चनपुर पुगेका बेला पन्तको न्यायको माग गरिरहेका अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट,वन तथा वातावरणमन्त्र प्रेमबहादुर आले,श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान,संविधान सभाका सदस्य कृपा राना,विघटित प्रतिनीधि सभाका सदस्य नर बहादुर धामी लगायतका व्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो। सभामा कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट पार्टी प्रतिनीधि र आम सर्वसाधारणको उल्लेख्य सभागिता रहेको थियो।।

 

प्रतिक्रिया