माघ मार्ने आदेश कत्तिको उचित होला ?

इनेप्लिज २०७७ फागुन ४ गते २२:३३ मा प्रकाशित

 

वीरेन्द्र रावल,

धनगढी,मानव र जंगली जनावर बिचको द्धन्द्ध पछिल्लो समयमा एक बिकराल समस्या बन्दै जान थालेको छ।जंगली जनावरको आक्रमणबाट जंगल आसपासका मानिसहरु प्रताडित हुनु स्वभाविक पनि हो।तर कतिपय गिरोहले संगठित रुपले जंगली जनावरको चोरी शिकारी गर्ने गरेका कारण पनि नेपालमा जंगली जनावरहरुको अस्तित्व संकटमा पर्दै जान थालेको छ।

जंगली जनावरहरु जंगलमा होईन,गाउँमा आउनुको कारण र त्यसको समाधानको उपायका बारेमा राज्य र सरोकारवाला निकायहरुले बेलैमा नसोचेका कारण आज जंगली जनावरहरुले जंगलको राजा मानिने बाघले जंगली जनावरको शिकार नभएर मानिसहरुको शिकार गर्न पुगेका थुप्रै उदाहरणहरु रहेका छन्।

घना जंगल विनासिदै जानुले जंगली जनावरहरुको संख्यापनि कम हुँदै जानु एक समस्याको रुपमा देखा पर्न थालेको छ।जंगल घना नभएका कारण जुनसुकै जंगली जनावरपनि बाघलाई सहजै देख्न सक्ने र टाढैबाट भाग्न सक्ने अवस्था आएका कारण पनि बाघले मानिसहरु जंगलमा गउको मौकामा मानिसकै शिकार गर्न बाध्य भैरहेको तथ्य पछिल्ला घटनाहरुले प्रमाणित गर्दै जान थालेको छ। आईतबार कैलालीको गौरीगंगा नगरपालिका वडानम्बर ५ अण्डैयाकी २५ बर्षिया कमला धामीलाई बाघले आक्रमण गरेर मार्यो।

लम्की चुहानगरपालिका वडानम्बर ४ कोवापुरकी ५६ बर्षिया नन्दकला थापा माघ महिनामा बर्दिया राष्ट्रिय निकुन्जमा बाघले आक्रमण गरेर मारेको थियो भने शुक्रबार कैलालीको कैलारी गाउँपालिकाका गाउँपालिका वडा नम्बर ८ कस्थित दुधिया जंगलमा बाघले आक्रमण गर्दा दुर्गा चौधरी घाईते हुन पुगेका थिए।

यसरी लगातार रुपले कैलाली र बर्दिया जिल्लामा नरभषि बाघले मानिसहरुमाथी आक्रमण गर्ने गरेका घटनाहरु उकपछि अर्कोगरी बाहिर आईरहेका छन्।

मानिसहरुको घटना त कहाली लाग्द्यो किसिमले बाहिर आउन थालेका छन् भने छाडा चौपायाको कति शिकार भैरहेको होला भन्ने कुरा अँझै यकिन गर्न सकिने अवस्था देखिदैन।

बाघको आक्रमणबाट मानिसहरु मारिनु ठूलो अपुरणिय क्षति हो भने मानिस कुनै पनि हालतमा मारिनु पनि हुँदैन।राज्यले जंगली जनावरबाट मानिसहरुमाथी भएको क्षतिको उचित क्षतिपूर्ति दिनपनि कुनै कसर बाँकी राख्न हुँदैन।तर जंगली जनावरको आक्रमणबाट किन मानिसहरु मारिदैछन्।किन जंगली जनावरहरु गाउँमा पस्दैछन्।जंगल विनास त्यसको एकमात्र कारण हो भन्ने कुरालाई आम मानिसहरुले बुझ्न जरुरी छ भन्ने कुराको पाठ सिक्नपनि जरुरी देखिन्छ पछिल्लो घटना क्रमले।

जनावरको बासस्थानमा मानिस पुग्दा स्वभाविक रुपले जंगली जनावरले मानिसमाथी आक्रमण गर्छर्नै,जंगली जनावरको बासस्थान पनि नास्ने त्यसैमा जंगली जनावरले आक्रमण गर्यो भनेर जंगली जनावरको सिकार गर्नु पर्छ,मार्नु पर्छ भनेर प्रशासनले मार्नका लागि उर्दि जारी गर्नुले जंगली जनावरको संरक्षण होईन की जंगली जनावरलाई विस्थापित गर्नुपर्दछ भन्ने कुरालाई स्पष्ट पारिदिएको छ।

प्रतिक्रिया