एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

इनेप्लिज २०७७ फागुन ४ गते २:५८ मा प्रकाशित

-Manoj Gorkhali, NRNA Depute of Regional Coordinator, Middle East

गैरआवासीय नेपाली संघको मध्य पुर्बमा रहेको राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) युएई,साउदी अरब,कतार,बहराईन,कुवेत,ओमान र एशिया क्षेत्रको राष्ट्र मलेशियामा अप्ठ्यारोमा परेको नेपाली श्रमजिबि साथीहरूको उद्वारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) बाट प्राप्त भएको कुरा हामी सबैलाई जानकारी भएको कुरा नै हो।

तर पछिल्लो समयमा सो सहयोग रकम हिनामिना भएको भनी विभिन्न सामाजिक संजाल मार्फत तिब्र गतिमा भाईरल भईरहेको देखिएको छ।यसैले यस बिषयमा म क्षेत्रीय उपसंयोजक मजोज गोर्खालीको पनि ध्यानाकर्षण भएकोले मध्यपुर्बको क्षेत्रीय उपसंयोजकको हैसियतले यहाँहरु समक्ष प्रष्ट पार्न चाहन्छु।

भनिएको ILO को कुनै पनि कमिटीमा म आफू नरहेको र गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको तर्फबाट (ILO) सम्बन्धि कुनै पनि पदिय जिम्मावारीमा पनि म आफूले नरहेको जानकारी गराउन चाहन्छु।

गैरआवसीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका आदरणीय अध्यक्ष कुमार पन्त ज्यू र मध्यपुर्ब संयोजक प्रबिन गुरुङज्यू लाई यस बिषयमा ध्यानाकर्षण गराउन चाहन्छु।साथै यसका लागि प्रष्ट पार्न हार्दिक अपिल पनि गर्न चाहन्छु।

ILO प्रोजेक्ट मात्र होइन संघको कुनै पनि आर्थिक अनियमिता,अपारदर्शी र भ्रष्ट्राचार जस्तो गंभिर आरोप लागेको राष्ट्रिय समन्वय परिषदहरुमा निष्पक्ष ढंगले छानबिन गरी दोशी उपर कडा भन्दा कडा कारबाहीको लागि जोडदार माग गर्दछु।

धन्यवाद;

भबदीय

मनोज गोर्खाली

क्षेत्रीय उपसंयोजक, मध्यपूर्व

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

फेब्रवरी १५, २०२१

प्रतिक्रिया