माता सरस्वती

मिसिका जयसवाल बुढानिलकण्ठ स्कुल २०७७ फागुन ३ गते २३:३० मा प्रकाशित

एउटा अनपढ मनुष्य देखियो बाटोमा,
थाहा थिएन उसलाई के गर्ने कुन समयमा,
ठिक बेठिक छुट्याउने छमता थिएन उसमा,
मजदुरी गर्थ्यो शक्ति थिएन उसमा॥

एउटा शिक्षक थियो उसको बगलमा,
थियो ऊ सेवामूलक र प्रतिष्ठामा पेसामा,
देख्थ्यो उसले माता सरस्वती बाटोमा,
किनभने शिक्षा छ हरेक कापी र कलममा॥

शिक्षाकी देवी हुन् सरस्वती माता,
विद्यार्थीको हुन्छन् उनीसँगको जन्म जन्मको नाता,
गुरुलाई पठाउछन् आफ्नो सट्टा,
बनाउँछिन् सबैलाई शिक्षित बिना केहि जात, दाता॥

हुन्छन् अशिक्षित कोहि नचाह पनि,
आज हो सरस्वती माताको मुख्य दिन,
जय सरस्वती माता!
जय विद्याकी देवी!!!

मिसिका जयसवाल
बुढानिलकण्ठ स्कुल

प्रतिक्रिया