काठमाण्डौं,
अहिले सबैभन्दा लोकप्रिय विधाको रुपमा रहेको नियात्रा साहित्यको इतिहास, सिद्धान्त र नविनतम प्रयोगका बारेमा ‘नियात्रामा नौलो आयाम’ नामक पुस्तक बजारमा आएको छ।
समालोचक डा. विदुर चालिसेले लेख्नु भएको उक्त पुस्तकमा नियात्रा साहित्यको वि.सं.१३७८ देखिको लिखित इतिहासको खोजी र पहिचान गरिएको छ।नियात्रा लेखन शैली,निबन्धात्मक शैली,जापानी हाइबुन शैली,नेपाली कर्खाटन शैली, हाइगामा हाइकु र चित्रकलाको प्रयोग आदिको सिद्धान्त र मान्यताका बारेमा चर्चा गरिएको छ।
‘नियात्रामा नौलो आयाम’का लेखक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विदुर चालिसेका भाषा, साहित्यिक सिद्धान्त,समालोचना, कविता र लघुकथाका तेह्रवटा पुस्तक प्रकाशित छन्।नियात्रा लेखिरहेका र लेख्न चाहाने,अनुसन्धानकर्ता, अध्यापक र बिद्यार्थीलाई समते उपयोगी हुने उक्त पुस्तकलाई रत्न पुस्तक भण्डार काठमाण्डौले प्रकाशन गरेको हो।पुस्तकको मुल्य रु.३५० रहेको छ।
प्रतिक्रिया