हामी कहिले सम्म पर निर्भर रहने ?

त्रिलोचन अर्याल , गुल्मी २०७७ माघ २७ गते २:०३ मा प्रकाशित

नेपालको दु्र्गम क्षेत्रबाट बैदेशिक रोजगारको शिलसिलामा बिदेशलाई कर्मथलो बनाऊने प्रचलन ब्यापक छ । खाडी मुलुक मलेशिया लगायत युरोप ,अमेरिका बेलायतमा नेपाली युबा जनशक्ति पलायन भएको छ ।

दक्षिण एशियामा छैटौ नम्बरमा रेमिटेन्स भित्राऊने मुलुक हो नेपाल । यति ठुलो जनशक्ति बिदेशिदा नेपालमा राज्यले युबालाई बिदेश पलायनबाट रोक्ने खासै ऊपयुक्त योजना ल्याऊन सकिरहेको छैन ।

स्बरोजगार कार्यक्रम खासै प्रभाबकारी हुन सकेन । अपबाद बाहेक खाडी मुलुक मलेशिया जाने धैरै जसोमा दक्ष सीप हुदैन । फेरीपनी कुनै काम सिकेको रहेछ भने पनि अनुकुलको काम मिलेको हुदैन ठेकेदार मेनपावरलाई घरजग्गा धितो राखेर लाखौ रुपैया खर्चेर ठुलो सपना सुन्दर परिकल्पना बोकेर गएकाहरु पिरोलिरहेका हुन्छन ।

सम्बन्धित देशमा रहेको दुताबास गुहार्नु बाहेक कुनै बिकल्प हुदैन फेरी पनि दुताबास जबाफदेही नभएको ज्वलन्त ऊदारण छन । केहि नेपाली दाजुभाई हरुका दिबडऱ्गत आत्मा बाकसमा नेपाल फर्किन्छन ।

कति पिडा बुवा आमाको बुडेस कालको सहारा गुमाऊनु पर्दा जिबन संगिनीले आफ्नो जिन्दगीको पार्टनरबाट बियोग हुनु पर्दा छोराछोरीहरु अभिभाबक बिहिन पर्दा यो कहिले सम्म ? हामी नेपाली ले कति पिडा बर्जपात सहनु पर्ने अभाबै अभाममा जिन्दगी गुजार्नु पर्ने बिर गोर्खालीको देश अहिले यो निर्लज्ज ब्यबस्थाका कारण निरिह भएर यस्ता नियती भोगिरहनु पर्ने अबस्था छ ।

नेपालमा ऊच्च शिक्षा हासिल गरेको दक्ष जनशक्ति असख्य छ ।कोरोना महामारिको बेलामा दक्षजनशक्ति को परिचालन नगर्दा हामी निरिह हुन पुग्यो छर्लड.छ । जनतालाई सहज रुपमा सेबा सुबिधा प्राप्त होस भन्नका लागी आधारभुत चिज प्रबिधि संरचना दक्ष शक्ति हरु बिकाशका पुर्बाधार हुन । नेपालको आर्थिक बिकाशमा गैर ऊत्पादनशिल क्षेत्रमा नेपालले मानब श्रमलाई निर्यात गरिरहेको अबस्था छ । पहिले बाबु नानी तिमीहरु पढेर के बन्छौ भन्दा डक्टर इन्जिनियर पाइलट बन्ने हो भन्थे अहिले पढेर के बन्ने इच्छ छ भन्दा बिदेश जाने मन छ भन्ने जबाफ पाईन्छ ।

नेपालमा सरकारी जागीरको लागी सिमीत कोटा हुन्छ हजारौका निबेदन पर्छन । बाकी रहेकाको जिम्मा कसले लिने भनिन्छ बिदेश जानु रहर होइन । बाध्यता हो । घरमैबसौ काम छैन । राम्रो जागीर खान पहुच र सेटिङ्ग छैन । घुस खुवाऊन पैसा छैन । यहा त हाकिम देखी नेता सम्म चाकडी गर्नु पर्छ ।

नेपालको सीर्जनशिल जनशक्ति कहिले सम्म बिदेशलाई कर्मथलो बनाऊने ? कहिले सम्म बाकसमा फर्किएको शब बुझिरहने ? कहिले सम्म बृद्ध बुवा आमाले बुढेश कालको साहारा बिदेश पठाईरहने ?कहिले सम्म जिबन साथी संग बियोग भएर बसिरहने ? कहिले सम्म छोरा छोरी ले बुवा खै भनेर सोधिरहने ? हामी कहिले सम्म परनिर्भर भईरहने ? कहिले हुन्छ संबृद्दी कहिले हुन्छ आर्थिक बिकाशको लहर ?

रेमिटेन्सले अडिएको हाम्रो देश वास्तममा भन्नेहो भने रेमिटेन्सले आर्थिक अर्थतन्त्र। नकारात्मक असर पारिरहेको हुन्छ आर्थिक तरलता सृजना गर्छ । परजिबी अर्थतन्त्रको बिकाश गर्छ । जहा हामी परनिर्भर भइरहेका छौ यदि सम्बन्धित राष्ट्रले इन्कार गरिदिएको खन्डमा देशको हालत के होला ?

तसर्थ स्वाधिन अर्थतन्त्रका लागी देशको मेरुदन्डको रुपमा चिनिने कृषि पेशा ब्यबसायिक र आधुनिकिकरण गर्नु क्षमताका आधारमा स्वरोजगारमुखी कार्यक्रम ल्याऊनु राज्यको प्रमुख दायित्व हो ।तर के गर्ने सरकार गैरजेम्मेवार हुदै कृषकलाई दिने मलमा पनि चलखेल गर्ने परिपाटी छ ।

बर्तमान राजनितिक अबस्था हेर्ने हो भने झनै जटिल बन्दै गएको छ।

प्रतिक्रिया