महिलाका समस्या जति लेखेपनि नसकिने रहेछ। यो मेरो महिला संम्बन्धि चौथो लेख हो। अब सकियो होला लेख्ने कुराभनेको त आज बिहान एउटा समाचार पढेपछि लेख्न मन लागि हाल्यो। फेरी महिलाको प्रजनन् स्वास्थको कुरा, ज्यान कै खतरा कसरी केही नलेख्नु।
छोरी भ्रुण पहिचान र गर्भपतन
समाचार यस्तो थियो। “सुदुरपश्चिमका दुई महिलाहरू गर्भपतनको लागि नेपालगन्ज आएका रहेछन्। दुबैजनाको यो तेस्रोपटक रहेछ। एकजनाको त गर्भमा छोरा रहेछ, उनले गर्भपतन गरिनछन्। अर्कीको त पहिल्यै घरमा दुई छोरी रहेछन्। यो भन्दा अगाडी दुई पटक छोरी भ्रुणको पहिचान गरेर गर्भपतन गरिसकेको, यो पटक पनि छोरी रहेको थाहा पाएर उनको अनुरोधमा गर्भपतन त गरि दिएछन्। तर डाक्टरले अब पनि गर्भपतन गर्न खोजेमा ज्यानलाई खतरा हुन्छ भनेछन् । हेर कस्तो दुख ती महिलालाई। एक त कलिलो उमेरमा बिबाह, बच्चा लगालग, अनि पटक पटक गर्भपतन, फेरी छोरा नभएको दोष उनकै र छोरा नपाउने हो भने श्रीमानले सौता ल्याउने भनेका रहेछन्।”
उनीहरू त प्रतिनिधि पात्र मात्र हुन। नेपालमा चाहे पढेका हुन वा अनपढ, शहर बस्ने हुन वा गाउॅंतिर नै बस्ने, सुरक्षित वा असुरक्षित तवरले गर्भपतन गराउनेको संख्या धेरै छ। अझ छोरी भ्रुणको त झनै बढी।
यो सबैको मुख्य जरो चाहीं रूढीबादी सोचाई र हाम्रो धर्म संस्कार हो। एकातिर भन्नलाई छोराछोरी बराबर त भनिन्छ। तरअंशमा हक छोराको र बंश पनि छोराबाट मात्र चल्ने भनिन्छ र छ पनि त्यस्तै। अझ हुंदाहुंदा मरेपछि आमाबुबाकोकाजक्रिया र अन्तिम संस्कारको काम छोराबाट गर्नुपर्ने भनिएको छ। अब यस्तो समाजमा छोराको चाहाना हुनेनै भयो।
तर समय परिवर्तन पनि भएको छ। धेरै जनाका एक वा दुई संन्तान छोरा वा छोरी छन्। उनीहरूलाई समानरूपलेहुर्काउॅंदैछन्। गर्नु पर्ने तेही हो।जसले गरिरहेछन्। ती बुबाआमालाई असाध्य धन्यवाद छ। त्यस्तै केही साहसी छोरीहरूलेबुबाआमाको अन्तिम संस्कारको कार्य गरेकाछन्।
महिनावारी भएकोबेला पूजाआजामा बन्देज
अझै पनि समाजमा महिनावारी बार्ने चलन छॅंदैछ । कतै छाउगोठमा सुत्नु पर्ने छ त कतै घरमा नै सुते पनि यताउता छुन नहुनेर धार्मिक कार्य केही गर्न हुन्न,गरेमा पाप लाग्छ भनिन्छ। लौ बार्नु/ नबार्नु आफ्नो बिचार हो भनेर पनि लिन सकिन्छ। तरपूजाआजा, ब्रत आदी गर्नु भनेको पुन्य कमाउनलाई हो। त्यही गर्न हुन्न महिनावारीमा र गरेमा पाप लाग्छ भनेर सानैदेखिभनेपछि कुन महिलाको आंट पाप गर्न।
यस्तो अवस्थामा, पूजाआजा नै रोक्किने भयो महिनावारी भएमा त, भनेपछि गर्ने के त? महिलाहरू उपाय खोज्न थाल्छन्।बजारमा दशैं, तिहार, तिज आदीको बेला महिलाहरूले महिनावारी रोक्न वा केही दिन पछि सार्न खाने औषधीहरू जस्तैप्रिमोलेटको ( Primolut N) सधैं अभाव हुन्छ। महिलाहरू यो औषधी चाडबाडको बेला धेरै नै प्रयोग गर्छन्। हुनत योऔषधी डाक्टरले खानु भनेकोहरूले खांदा त फाइदा नै हुन्छ । तर जथाभावी, आफ्नो मनलाग्दो तरिकाले, आवश्यकनपर्नेहरूले खांदा, छोटो समयलाई त समस्याको समाधान हुन्छ। तर कालान्तरमा, पटकपटक धेरै नै औषधी प्रयोग गर्नेकति महिलाहरूमा महिनावारी हुदां अत्यधिक रक्तश्राब हुने, महिनावारी समयमा नभएर गडबडी हुने र अरू धेरै पाठेघरसंम्बन्धि समस्या देखिएर, अन्त्यमा पाठेघर नै निकाल्नु पर्ने पनि भएको सुनिन्छ ।
हुन त कुनै धार्मिक ग्रन्थमा लेखिएको पनि छैन, महिनावारी के हो र किन बार्नु पर्ने। महिनावारी हुनु भनेको मासिक श्रावभएर महिलालाई शारीरिक रूपमा स्वच्छ राख्ने प्रक्रिया मात्र हो। मैले थाहा पाएको महाभारतमा मात्र हो महिनावारीकोउल्लेख गरेको, जसमा द्रौपदी महिनावारी भएर आफ्नो दरबारमा बसिरहेकी हुन्छिन्। पाण्डवले जुवामा हारेको कारणलेदुष्शासनले उनलाई कपालमा समातेर घिसारेर सभामा ल्याउॅंछ अनि सारी तानेर बेइज्जत गर्न खोज्छ। त्यो बेला द्रौपदीलेसभामा रहेका गुरू आदीसॅंग सहयोग माग्छिन तर कसैले सहयोग गर्दैनन्। अन्त्यमा कृष्ण भगवानलाई पुकार्दा उॅंहालेसारीमा बेरिएर रक्षा गर्नुहुन्छ। खै त भगवानले तिमी महिनावारी भएकी छौ, चोखिएर आउ, आज म तिम्रो रक्षा गर्न सक्दिनभन्नु भएनत ?
त्यस्तै सन् २०२० को केही महिना त कोरोना भाइरसको महामारी धेरै नफैलियोस् भनेर सबैतिर बन्द हुदां भगवानकोमन्दिरहरू सबै बन्द भए। त्यो बेला त सबैले अनलाइन, जुम, युट्युब आदीबाट मन्दिर दर्शन, प्रवचन, पूजा, दशैंको टिका, भाईटिका आदी गरे। लाग्दैन मलाई कसैले महिनावारी हुदां केही नगरि बारे होलान।
रूढीबादी घुम्टो(घूघॅंट) प्रथा
केही समय अगाडी एक स्वास्थकर्मीले लेखेको एउटा लेख पढेको थिंए। उनले नेपालको बिभिन्न जिल्लामा महिलास्वास्थसम्बन्धि काम गरेकी रहिछन्। उनको अनुभवमा तराईको बिभिन्न ठाउॅंको एक समुदायमा महिलाहरूले ससुरा रजेठाजुको अगाडी टाउको र अनुहार छोपेर घुम्टो ( घूघॅंट) हाल्ने कडा प्रथा रहेछ। आदर गरेर घुम्टोले टाउको छोप्नु त राम्रोहो। तर समस्या घुम्टो ओढ्नुमा हैन।
घुम्टो ओढ्ने समुदायमा धेरैको घरमा चर्पी रहेनछ वा नबनाउने रहेछन्। कसैले बनाएपनि घरको पर बनाउने र त्यो पनिपुरूष सदस्यले मात्र प्रयोग गर्ने रहेछन्।महिलाहरूले दिशा, पिसाब बिहानै र बेलुका अंध्यारोमा पर नदीको किनारा तिरगएर गर्ने रहेछन्। अनि दिउॅंसो ससुरा,जेठाजुले दिशा पिसाब गरेको देखेमा ठुलो बेइज्जत हुने रहेछ। त्यसैले दिउॅंसो दिशापिसाव नआओस भनेर महिलाहरू पानी नपिई बस्ने रहेछन्। सोच्न पनि सकिन्न, पानी नपिई, कसरी दिशा पिसाब थामेरबस्नु। दिशापिसाब गर्न त हालत यस्तो छ। महिनावारीको बेला के हाल होला। त्यहांका महिलालाई जाच्दां धेरैलाईमहिला प्रजनन् स्वास्थ समस्याहरू देखिएछ।
यो लेखिरहॅंदा हिन्दी सिनेमा ‘ ट्वाईलेट एक लभ स्टोरी’ याद आउॅंछ। त्यो सिनेमामा बेहुलीले बिबाह गरेर गएको घरमाट्वाईलेट छैन भन्ने थाहा पाएर घर छोडेर हिंडेकी हुन्छे र पछि ट्वाइलेट बनाएपछि घर फर्किन्छे। भारतमा त यो सिनेमा “स्वच्छभारत अभियान” अन्तरगत गाउॅं गाउॅंमा सरकारी स्तरमा नै देखाईयो।
यही सिनेमा नेपालमा पनि देखाउन पाए केही परिवर्तन हुन्थ्यो होला की?
सुत्केरीमा बेस्याहार तथा पाठेघर झर्ने समस्या
उनै स्वास्थकर्मीले नेपालको ग्रामीण भेगको महिलाहरूमा पाठेघर वा आङ झर्ने समस्या धेरै पाइछन्। सुदुरपश्चिम पहाडीभेगमा त झन धेरै रहेछ।
पाठेघर भनेको महिलाहरूको त्यो प्रजनन् अंग हो जसमा गर्भ रहेपछि बच्चा गएर बस्छ, हुर्कन्छ र समय आएपछि निक्लन्छ।पाठेघर खस्नु भनेको महिलाको शरीरमा रहनु पर्ने निश्चित ठाउॅंमा नरहेर केही तल सर्नुलाई भनिन्छ। कसैको कम खस्छ, कसैको बेसी खसेर शरीरबाट बाहिर पनि निक्लन्छ।कतिलाई त पाठेघर खसेको थाहा पनि हुंदैन।
पाठेघर खसेका महिलाहरूमा पाठेघरले पिसाब थैलीलाई थिच्ने हुदाँ छिनछिनमा पिसाब लाग्ने, तल्लो पेट दुख्ने, ढाड तथाकम्मर दुख्ने हुन्छ। शरीरबाट पाठेघर बाहिर निस्केकाहरूमा त पाठेघरको संक्रमण हुन गई घाउ हुने, हिंडन गार्हो हुने, शरीरबाट सेतो गन्हाउने पानी निक्लने र पाठेघर नै निकाल्नु पर्ने पनि हुन्छ।अझ कतिले त शारीरिकमात्र हैन, थाहै नपाईपिसाब चुहिरहने र शरीर गन्हाई रहनाले समाजबाट छि: छि: दुरदुरको मानसिक तनाब पनि झेल्नु परिरहेको हुन्छ।
उनको अनुभवमा सानो उमेरमा बिबाह भएका, धेरै बच्चा जन्माएका, पटक पटक गर्भपतन गरेका, सुत्केरी हुंदा पोषिलो खाननपाएका र सुत्केरीले आराम नगरेर धेरै नै शारीरिक श्रम गर्ने महिलाहरूको पाठेघर खस्ने समस्या धेरै रहेछ। बच्चा पाएपछिकम्तिमा पनि छ हप्तासम्म पेटमा असर गर्न दिनु हुन्न।
अझ दैलेख, हुम्ला, कालिकोट, बाजुरा, मुगु आदी दुर्गम बस्तीहरूमा त महिनावारीको बेला छाउगोठमा बस्ने त छॅंदैछ।सुत्केरी भएकोबेला फोहोर गाईबस्तुको गोठमा बस्ने चलन रहेछ। दुर्गम भेगका ८० प्रतिशत सुत्केरीहरू अझैपनि महिनादिनसम्म गोठमा बस्ने रहेछन्। अनि सुत्केरीलाई दूघ, दही, ध्यु र एक महिनासम्म मासु खान नदिने गर्दा रहेछन्। पोषिलोखाना खानुपर्नेबेलामा खानै नपाउॅंदा के होला हालत?
सबै महिला त्यस्तो भाग्यमानी त हुंदैनन्। तर नेपालमा सुत्केरी महिला र बच्चालाई तेल लगाईदिने एउटा राम्रो चलन छ।तेल लगाई दिनेले सुत्केरीको तल्लो पेट बिस्तारै मिलाएर माडिदिन्छन्। किन त्यसरी माडेको भन्दा, यसो गर्दा पाठेघरआफ्नो ठाउॅंमा फर्कन्छ भन्छन्। शायद खसेको पाठेघर वा नखसोस भनेर मिलाएको होला ?
अनि अर्को राम्रो चलन सुत्केरीलाई ज्वानोको ( carom/ ajowan seeds) झोल खानदिने हो। धन्न शहर होस या गाउॅं, धनी/ गरीब सबैले कमसेकम सुत्केरीलाई ज्वानोको झोल खुवाउॅंछन्। ज्वानो त असाध्य गुनिलो मसला हो। यसमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम, र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छ । सुत्केरीलाई खानदिंदा दूध आउने, सजिलै पच्ने, पेटको ग्यांस हट्ने, हानीकारक जाीवाणु नाश गर्ने, पेट दुखाई कम गर्ने र पाठेघर सबल पार्नमद्दत गर्छ। अझ ज्वानो फुराएको तेलले मालिस गर्दा जिउ दुखेको निको हुन्छ।
अन्त्यमा, समाज परिवर्तनशिल छ। कुनै बेला बाल बिबाह, बहुबिबाह, सती प्रथालाई सामान्य मानिन्थ्यो। अहिले ती सबैहाम्रा धार्मिक ग्रन्थमा मात्र सीमित छन्। र कानुननीरूपमा नै गर्न पाइन्न।त्यस्तै कुनैबेला बिधुवाले बिबाह गर्दा पाप लाग्छभन्थे। अहिले समाजले बिधवा बिबाहलाई सम्मान कै नजरले हेर्छन्।भविष्यमा यो लेखमा उल्लेख गरिएको रूढिबादीसंस्कार कथाकै रूपमा मात्र सुनिने छ होला !
शशी के.सी
लेखिकाका महिला संम्बन्धि अरू लेख।
लेखिका
प्रतिक्रिया