राज्य नै महिलाहरुको बलात्कारी

नबिन बिक,चीन २०७७ माघ २५ गते १२:३२ मा प्रकाशित

बलात्कार शब्द सुन्दैमा आङ् सिरिङ्ग हुन्छ। त्यसमा पनि बलात्कार पछि बिभत्स हत्या शिर्षकको समाचार त पढन र हेर्न पनि गार्हो हुन्छ, मुटु दर्हो पार्नु पर्छ। अब तपाई आफै कल्पना गर्नुसकी बलात्कृत हुने र बिभत्स हत्या गरिएकी ती नारीलाई कस्तो पिडा र कति गार्हो भयो होला? निर्मला पन्त कन्चनपुर,माया बिक धनगढी, सुस्मिता थापा जसलाई आफ्नै ससुराले बलात्कार गरेका थिए ।

यस्ता मिडीयामा नआएका घटना कति छन कति । बुधबार बैतडीकी १७ बर्षिय भागरथी भट्ट बलात्कार पछि बिभत्स हत्याको शिकार भएकी छन। अब फेरी उनको न्यायको लागि कति आन्दोलन र जुलुस निकाल्नु पर्ने हो। हत्या र बलात्कारको न्याय र क्षतिपुर्ति जेल र पैसा कदापि हुन सक्दैन। बाउ आमाले र आफन्तले आफ्नो सबै भन्दा प्रिय मानिस गुमाउनुको पिडा सायदै कसैले बर्णन गर्न सक्ला यहा ।आफ्ना नागरिकको हक हित र रक्षाको जिम्मा राज्यको हुन्छ तर बिडम्बना ,हाम्रो देश नेपालमा आन्दोलन र पावर नलगाईकन त कुनै अपराधीलाई कार्वाही हुदैन।

आखिर किन हुन्छ त बराम्बर बलात्कार? यो पंक्तिकार अमेरिका,क्यानडा,जापान,हंककंग,चीन,मकाउ,मध्यपुर्बको दुबई लगाएत अन्य खाडी देश,मलेशिया,सिंगापुर लगाएत संसारको धेरै देश सबै घुमि सेकको छ ।

यी ठाउहरुमा मसाज सेन्टर देखी,स्ट्रीप क्लब ( निर्वस्त्र भएर नाच्ने घर) गएको अनुभब छ। ति देशहरुमा क्लबहरुमा नशाले धुत भएर होसमा नहुदा समेत कुनै पनि पुरुषले केटीलाई आटन सक्दैन । किनकी त्यसरी नशामा राखिएको सम्बन्ध पनि बलात्कार नै हुन्छ। त्यहाको कानुन यति कडा छ की २ मिनेटको मजा जीबन भरको सजामा बदलीन्छ । त्यसैले त्यहा बलात्कार जस्तो अपराध ज्यादै न्युन हुन्छ।

तर हाम्रो देश नेपालमा बलात्कारी पुरुष धरौटी राखेर तुरुन्तै केही हप्तामै धरोटीमै रिहा हुन्छ । र पिडीत र पिडीतको परिवारलाई धम्क्याएर पैसा दिएर केस रफादफा गरिदिन्छन। साच्चै भन्नुपर्दा हाम्रो समाजमा महिलाहरुको मुल्य चौपया जत्तिको पनी छैन। १० बर्ष पहिला गाई, गैडा र बाघ मार्ने हत्यारा अझै जेलमै छन तर २-३ बर्ष पहिला बलात्कार र हत्या गर्ने अपराधीहरु सेटिङमा बाहिर आईसकेका कैयौ उदारहण छन।

म यसपाली अमेरीका आउदा शुरुमा बोस्टन आए । साथीभाईले संगै बसौ पनि नभनेका होईनन । सधै संगै बस्दा सबैलाई अप्ठ्यारो हुन्छ। त्यसैले मैले केही समय पछि आफैले जोड गरेर छुट्टै कोठा लिए सेयरीङमा अमेरिकाको ठाउ, त्यो पनी बोस्टन कम्ता महंगो त छैन। सिंगै घर लिएर बस्न असम्भप्राय नै हुन्छ।

घरभाडा २६००$-२८००$ जति पर्छ ३-४ कोठाको घरलाई, महिनाभरी काम गर्यो भने कमाउने भनेको त्यही २४००$ नै हो। त्यसैले यहा जो भए पनि रुम वा घर सेयर नगरी बस्नुको बिकल्प हुदैन, म त झन एक्लै सिंगै घर लिएर बस्नुको कुनै तुक पनि हुदैन्थ्यो। त्यसैले म बस्ने घरमा, दुईजना बिधार्थी बैनी, दुईजना भाई र म संगै बस्थ्यौ । हामी कोही पनी एउटै जिल्लाको थिएनौ। सबै वयस्क र भर्खरका थिए तर पनि कसैले कसै माथी त्यस्तो नराम्रो दृष्टीले हेरेनन।हामी सबै मिलेर बस्यौ, सौहार्दपुर्ण बाताबरणमा मैले त्यहा २ महिना बिताए।

त्यसपछि म बाल्टीमोर आए । साथीभाई गुहारे, नेटमा खोजे, कति धेरै सिंगल महिला तथा बिधार्थी केटीहरुले रुम भाडामा राखिरहेका थिए । कतिलाई फोन गरे, कतिको कोठा हेर्न पनि गए तर उनीहरुले म पुरुष भएकोमा कुनै आपत्ति थिएन । कुनै डर त्रास वा असुरक्षितको भावना थिएन। उनीहरु आत्मबिश्वासले भरिएका थिए।

बरु मै डराएर सिगल केटीहरुसंग बस्दा भोली समस्या पर्न सक्छ भनेर तर्किएर अन्तै बसे । अहिले म जहा बस्छु त्यहा पनि एक जना मेरै उमेरकी महिला हुनहुन्छ म उहालाई दिदी भनेर सम्बोधन गर्छु । उहाकी १९ बर्षकी छोरी पनी छन तर उहाको श्रीमान हुनुहुन्न। तर पनि हामीसंगै एउटै परिवार जस्तो भएर बसेका छौ।

के नेपालमा भैदिएको भए मैले माथी भनेका पात्रहरुसंग र माथी भनेको अवस्थामा संगै बस्न सक्थे ? उनीहरु राजी हुन्थे? यहा उनीहरुलाई थाहा छ राज्यले असल अभिभाबको भुमिका निभाएको हुन्छ। यति कडा छ की कानुन कसैले महिलालाई र बलात्कार होईन नराम्रो नियतले हेरे पनी त्यो मान्छे जेल जान्छ।

यदि राज्यको कानुन दर्हो भयो भने दाजु, भाई ,बाउ,आमा कोही चाहिदैन भन्ने ज्वलन्त उदारहण मैले प्रत्यक्ष देखेको छु। राज्यले कानुन कडाईसंग पालना गराउने हो भने कोही पनि महिला बलात्कृत भएर अकालमै जीबन गुमाउनु पर्दैन।

त्यसैले सबै भन्दा ठुलो बलात्कारी त राज्यनै हो। बलात्कारीले त मृतक सॅग मात्रै बलात्कार गर्छ तर राज्यले बलात्कारी लाई नसमातेर वा धरौटीमा रिहा गरेर मृतक चेलीको बाउ, आमा, दाजु, भाई, पुरा परिवारलाई बलात्कार गर्छ। त्यसैले बलात्कार नरोकिनु र कम नहुनुमा राज्यनै दोषी छ।

राज्यले जबसम्म ईमान्दारीसंग कडा कार्बाही गर्दैन तब सम्म सयौ निर्मला पन्त, माया बिक, सुस्मिता थापा र भागीरथी भट्ट जस्ता चेलीहरुले आहुति दिई रहनु पर्ने छ।

नबिन बिक, चीन
केन्द्रिय सदस्य, एनआरएन

प्रतिक्रिया