स्रष्टाहरुको चार दिने भ्रमण सम्पन्न

इनेप्लिज २०७७ माघ २३ गते ४:३१ मा प्रकाशित


हिपमत टेलिभजनको आयोजनामा दश सदस्यीय नेपाली साहित्यकारहरुको समूहले धार्मिक तथा अध्यात्मिक साहित्य यात्राकाे उद्देश्य सहित काठमाडौ देखि नवलपरासीकाे त्रिवेणीधाम सम्मकाे चार दिने यात्रा सम्मन्न गरेर फर्केका छन।

सम्पदा,सस्कृतिकाे जगेर्ना र आन्तरिक पर्यटन प्रबर्द्धनमा साहित्यले विशेष प्रभाव पार्ने भएकाले नियात्रा,काव्य लेखन तथा स्थलगत अवलाेकन बाट सिर्जनामा विविधता आउने र हाम्रो माैलिक दर्शन,जनजीवन पूर्विय दर्शनको अध्ययन आदिकाे आश्वादन गर्ने र साहित्यमा अध्यात्मको प्रभाव भन्ने बिषय केन्द्रीत भ्रमणमा विभिन्न विधाका स्रष्टाहरुकाे सहभागिता रहेको थियाे।

सो भ्रमण समूहमा कवि एवं साहित्यकार राधेश्याम लेकाली,कवि तथा साहित्यकार बाबा बस्नेत,कवि तथा चलचित्र निर्माता राजेन्द्र के.सी, कवि ऋषभदेव घिमिरे, उपन्यासकार मञ्जिला शर्मा, कवि तथा संचारकर्मी मधु पाठक, साहित्यकार एवं साहित्य्यिक पत्ररकार रन्जना निराैला,साहित्यकार एवं गायिका कमला रिसाल, गायक अनिलनाथ उप्रेती र कवि एवं शाेधार्थी सुष्मा आचार्यले अध्यात्म,दर्शन एवं धार्मिक कविता वाचन गरेका थिए।

हिपमत टेलिभजनको आयोजनामा शाश्वत धाम,नवलपरासीको गुरुकुलमा अध्ययनरत बिद्यार्थीहरुसहितकाे कार्यक्रम भएकाे थियाे।चौधरी ग्रामका प्रमुख अशाेक घर्तीले स्रष्टाहरुलाई स्वागत गर्दै यस्ता कार्यक्रमक नियमितरूपमा गर्नु उपयुक्त हुने धारणा राख्नु भएको थियो।

हिपमत टेलिभिजनका काठमाडौं प्रमुख मन्जिला अनिलले संचालन गर्नु भएको सो कार्यक्रममा हिपमत टेलिभिजनका सल्लाहकार राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नु भएको थियो भने राजेन्द्र के. सी. ले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

कार्यक्रम गुरुकुलका प्राचार्य बिष्णु आचार्यको सभापतित्वमा सम्पन्न भएकाे थियोे।

त्यसैगरी पशुपति बैदिक आश्रम, प्रगतिनगर,देवचुलीकाे गुरुकुलमा आयाेजित कार्यक्रममा डिल्ली न्यौपानेले धार्मिक साहित्यिक भ्रमणका सदस्यहरुलाई स्वागत गर्दै यसकाे सान्दर्भिकताबारे धारणा राखेका थिए।

साे अवसरमा ९५ बर्षीय श्री १०८ सच्चिदानन्द पुरी गुरु महाराजजीलाई स्रष्टाहरुका तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो।यसैगरी स्रष्टाहरु बाट गुरुकुल आश्रमलाई पुस्तकहरु समेत प्रदान गरिएको थियो।सो कार्ययक्रम आश्रमका अध्यक्ष साहित्यकार धर्म बरालको संयोजनमा भएको थियो।

 

यसैगरी बुटवलको जानकीनगरमा भ्रमण समूहको स्वागतमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।सो कार्यक्रम स्थानीय समाजसेवी एवं टोल सुधार समितिका सल्लाहकार राममाया घिमिरेको विशेष पहलमा भएको थियो।कार्यक्रममा बागेश्वरी सङगीतालयका कलाकारहरुले नृत्य र गीतहरु प्रस्तुत गरेका थिए।

सो कार्यक्रममा बागेश्वरी संगीतालयका संस्थापक संगीतकार – सुरेश सेन्चुरी, नृत्य बागेश्वरीका आरोही काउचा मगर, रितिक,गायक प्रनिस सेन्चुरी,जानकी नगर टोल समितिका अध्यक्ष बिष्णु थापासमेतको सहभागिता रहेको थियो।

त्रिवेणी तथा वाल्मीकी अाश्रमकाे अवलोकन भ्रमणपछि गजेन्द्र माेक्ष धाममा साहित्यिक सभा गरी कार्यक्रम समापन भएको थियाे।

गजेन्द्रमोक्ष धामको विशेष कक्षमा स्वामी कमल नयनाचार्य (मुक्तिनाथ बाबा)ले सर्जकहरु राष्ट्रका गहना हुन।धर्मको रक्षा र अध्यात्म चेतका लागि साहित्य समाजकाे आदर्श बन्न सकाेस् । समय भगवान हाे समय चिन्ने र चिनाउने काम साहित्यकले गर्नु पर्दछ भन्ने विचार राख्दै गजेन्द्रमाेक्षधाममा लेखक तथा साहित्यकारलाई अध्ययन तथा लेखन कक्षका रुपमा दुई काेठा छुट्टयाउने र आध्यात्मिक पुस्तकालय निर्माणको याेजना रहेको बताउनु भयो।

भ्रमणको समापनका अवसरमा स्वामी कमल नयनाचार्य (मुक्तिनाथ बाबा)का उत्तराधिकारी गुरु कृष्ण प्रपन्नाचार्यको विशेष आतिथ्यतामा हिपमत टेलिभिजनले गजेन्द्र मोक्ष धामको सभा कक्षमा आयोजना गरेको कार्यक्रममा गुरु कृष्ण प्रपन्नाचार्यले आध्यात्मिक चेत र गजेन्द्रमोक्ष धामका बारे मन्तव्य राख्नु भएको थियो ।

विराटनगर बाट प्रसारणमा रहेको हिपमत टेलिभिजनले केही समयदेखि राजधानीबाट यस्ता गतिविधिहरु सुरु गरेको छ।

प्रतिक्रिया