राजनीतिलाई व्यवसायमा परिणत गरिदै

वीरेन्द्र रावल २०७७ माघ २० गते २३:४६ मा प्रकाशित

वीरेन्द्र रावल,

राजनीति पेशा वा व्यवसाय पक्कै पनि होईन।राजनीति शास्त्रका अनुसार राजनीति विसुद्ध देश र जनताको हितका लागि गरिने समाज सेवानै हो।समाज सेवामा आर्थिक लाभको कल्पना समेत गर्न सकिदैन।तर नेपालको राजनीतिक अवस्था हेर्ने हो भने केवल मोलमोलाई र लेनदेनमा मात्र बढी केन्द्रित बन्ने गरेको छ। यस प्रकारको खराव संस्कारले संस्थागत रुप लिंदै जान थालेपछि नेपालका राजनीतिक दलहरु र तींनका नेता कार्यकर्ताहरुले राजनीतिलाई पूर्ण रुपले व्यवसायीकीकरण गर्दै जान थालेका छन।जसको कारण नेपालको राजनीतिक अवस्था दिनानुदिन फोहोरी खेलमा परिणत बन्दै जान थालेको छ।

नेपाल जस्तो विकासोन्मुख देश भित्र राजनीतिक दलहरुको अवस्था हेर्ने हो भने निकै कहाली लाग्दो अवस्थामा देख्न सकिन्छ।राजनीतिक दल दर्ता गर्दाका बखत त्यसको प्रस्तावनामै राजनीतिक दलको चल अचल सम्पति पनि कथंकदाचित बिघटन भएको अवस्थामा वा प्रायःनिष्कृय बनेको खण्डमा सम्पती राज्यको हुनेछ भनिएको हुन्छ।त्यी राजनीतिक दलको आर्थिक प्रस्तावना वा विधानमा आर्थिक स्रोत विभिन्न व्यक्ति,संस्थाबाट प्राप्त हुने चन्दा देखि लिएर साधारण,संगठित र क्रियाशिल सदस्यताबाटै संकलनबाट प्राप्त हुने रकमलाई सम्झीनु पर्ने छ भनेर उल्लेख गरिएको हुन्छ।तर नेपालका राजनीतिक दलहरुको आर्थिक अवस्था भने त्यो भन्दा पनि कैयां गुणा फरक र अपरादर्शिरुपले अगाडी बढिरहेको पाईन्छ।

केहि राजनीतिक दलहरुले पार्टीमा निरन्तर क्रियाशिल रहे वाफत वा पूर्णकालिन कार्यकर्ताको रुपमा क्रियाशिल भएको अवस्थामा सामान्यतया त्यस्ता नेता वा कार्यकर्ताका लागि तलवको व्यवस्थागर्ने गरेको पाइन्छ।त्यसबाट तीं कार्यकर्ताहरुले आफ्नो सामान्य पनि जोहो चलाउने परम्परा विगतमा देखिन्थ्यो।तर अहिले आएर हेर्ने हो भने तीं राजनीतिक दलका नेता कार्यकर्ताहरुको दैनिक जीवनशैली र खर्चको लेखाजोखा हेर्ने हो भने कहाली लाग्दो अवस्थामा देख्न सकिन्छ।

जनताको सेवा,हित र संरक्षणका लागि राजनीतिक दल भित्र विसुद्ध,निस्वार्थ भावनाले काम गर्नेछुँ भनेर जसरी राजनीतिक दलहरुले आफ्ना नेता कार्यकर्ताहरुलाइ सफत खुवाएका हुन्छन् आज ठिक त्यसको विरुद्धमा गतिविधीहरु अगाडी बढिरहेका देख्न सकिन्छ।

राजनीतिक दलमा लाग्नु वा पदमा पुग्नुलाई अव त अस्तित्व र आर्थिक अवस्था संग जोडेर हेर्ने गरिएको छ।

राजनीतिक दलमा लाग्ने वेला वा पार्टीको सदस्यता प्राप्त गर्नेबखत जसरी बिसुद्ध समाज सेवागर्नेछुँ भनेर कसम खाइएको हुन्छ तीं सब कुराहरु जव दलको नेता सांसद वा मन्त्री बन्न् पुग्छ तब भने पार्टीका नीति सिद्धान्त वा वहसहरुलाई ओझेलमा पार्ने कार्यहरु हुने गर्दछन्।

नेपालका राजनीतिक दलहरुले आफ्नो विधान अनुरुप अव पार्टी सञ्चालन गर्लान,अनुसासित कार्यकर्ता र नेताको संगठन बनाउलान भन्ने कल्पना समेत गर्न सकिने अवस्था छैन।राजनीतिक दलको सदस्यता प्राप्त गरिसकेपछि नेता बन्नु पर्ने,नेता भनेपछि वडादेखि लिएर सर्वोच्च पदमा तींनै दल भित्रबाट कुनै न कुनैनै नेता पुग्न सक्ने र त्यहाँ पुगेपछि उसले पाउने सेवा सुविधा देखि लिएर अवसरहरुका चाङ लाग्ने भएपछि स्वभाविक रुपले उसको जीवनमा आमुल परिवर्तन ल्याउनेनै भयो।

जीवनमा कहिंपनि नदेखेका र नभोगेका अवसरहरु जव प्राप्ती हुन थाल्दछन् तव उसले विगत,वर्तमान सबै भुलेर भविश्यमा पनि त्यहि पद,प्रतिष्ठा र रसद स्वादनको भुलभुलैया र आसमा पर्ने गरेको पाईन्छ।

नेता जव भाषण,आशन र राशनको दलदलमा फँस्न पुग्दछ तव उ कदापी पनि त्यो दलदलबाट बाहिर आउन सम्भव रहँदैन।दुई चार हजार जनताको बिचमा उभिएर राजनीतिका कोरा गफ हाँक्न सक्ने र त्यहि अनुरुप राशन अनि आशनको जोहो मिलाउन सक्ने भएपछि त तीं नेता कार्यकर्ताले कदापी पनि आफ्नो विगतलाई सम्झीने कुरैपनि भएन ।अनि त्यहि स्टेपबाट शुरु हुने गर्दछ राजनीतिलाई समाज सेवा नभई बिसुद्ध व्यवसायीकरण गर्नका लागि।

पार्टीको सदस्य बन्नका लागि शुरुमा साधारण सदस्यता लिनुदेखि लिएर क्रियाशिल कार्यकर्ता बनुनझेलसम्मकालागि उसले पार्टीलाई लेबि तिर्नुपर्ने व्यवस्था गरिएको पनि हुन्छ।त्यो पार्टीले चुनावमा जाँदा नेता कार्यकर्ताहरुबाटै उठेको लेवि र सहयोगबाटै राजनीतिक गतिविधीहरु सञ्चालन गर्नुपर्नेहुन्छ तर नेपालका राजनीतिक दलका सभा,बैठक,गोष्ठीहरु निकै महंगा सावित हुन थालिसकेका छन्।एउटा भेला वा बैठकमा केन्द्रिय स्तरका नेताले काठमाण्डौ सम्म पुग्नका लागि एक हप्ताकै लागि मात्र समय तय गर्नेहो भने पनि एक देखि दुई लाखको खर्चको जोहो मिलाउनुपर्ने बाध्यता रहन्छ।

जिल्ला तहका बैठक बसाउनका लागि पनि ठूलो आर्थिक जोहो चलाउनु पर्ने बाध्यतमा रहन्छ।पार्टीले आयोजनागर्ने सभा समारोह र बैठकमा लाग्ने खर्चको जोहो दलहरुले विभिन्न व्यक्ति,व्यापारिहरुबाट समेत चन्दा उठाउने गरेको पाईन्छ ।जव राजनीतिक दलहरु कालोबजारिया देखि लिएर विभिन्न खालका कालोधनलाई चलाईरहेका व्यक्तिबाट सभा,समारोह गर्न वा बैठक बसाउनका लागि चन्दा माग गर्ने गर्दछन् तव भने पार्टी र त्यसको नेतृत्व भित्र चरम आर्थिक अनियमितताको रोगको संक्रमण भित्रिने खतरा देखिन्छ।त्यहि अवस्था आज नेपालको राजनीतिक आकाशमा कालोबादल सरह मडारिन थालेको पाइएको छ।

राजनीति भनेको केवल दलका सदस्य,तीनका आसेपासे देखि लिएर जनप्रतिनीधिका नातागोता लगायतकाहरुमा गएर सिमित हुने गरेको छ।कुनैपनि व्यक्ति राजनीतिक दलको सदस्य बन्नुको पछाडी आफना न्युनतम आवश्यक आवश्यकताको परिपुर्ति नेता र सम्बद्ध राजनीतिक दलले गरिदेलाकी भनेर अधिकाँश मानिसहरुले राजनीतिमा प्रवेश गरेको पाईन्छ।राजनीतिक दलको सदस्य भईयो भने सुकुम्बासी,भूमिहीन,बाढी पहिरोबाट आहतमा परिणत हुनु परेका समस्या देखि लिएर विभिन्न खालका अन्याय,अत्याचार र उत्पीडनबाट मुक्ति पाईने आशमा बढीजसो मानिसहरुले राजनीतिक दलको सदस्यता लिने र पार्टी प्रवेश गर्ने गरेका यर्थातताहरु नेपाली राजनीतिमा देख्न सकिन्छ।

कतिपय मानिसहरुले छोरा छोरी,नातीनतिनालाई राम्रो कलेज भर्ना वा रोजगारीको अवसर प्राप्त गर्न सकिएलाकी भनेरपनि राजनीतिक दलको सदस्यता लिने गरेको पनि पाइएको छ।

जव तीं अवसहरु प्राप्त हुन सक्दैनन् तव मानिसहरुले राजनीतिक पार्टी फेरबदल गर्ने परिपाटीपनि बाढीकै रुपमा देखा पर्ने गरेको पाईन्छ।आज यो पार्टीको सदस्यता र टीका त भोली अर्को पार्टी फेरबदल गर्ने रोग पनि नेपालमा निरन्तर रुपले चलिनै रहेको हुन्छ।कतिपय मानिसहरुले आफेना विरोधीहरुका कारण पनि राजनीति भनेको दल परिवर्तन गर्नु वा प्रतिशोध साँध्ने अस्त्र मात्र हो भन्ने अर्थमा पनि बुझेका हुन्छन्।

नेपालको राजनीतिक आकाशमा यीं र यस्तै समस्याहरुले संस्थागत रुप लिंदै जान थालेको पाईन्छ।

नेता बन्नका लागि कुनैपनि मापदण्ड नचाहिने भएकाले पनि सबै खालका मानिसहरुको प्रवेश राजनीतिक पार्टीहरुमा हुन थालेका छन्।नेता बन्नका लागि वा चुनाव जित्नका लागि आर्थिक रुपले सम्पन्न व्यक्ति हुनु पर्ने वा चुनावमा ठूलो रकम चन्दा दिन सक्ने व्यक्तिको पनी आवश्यकता जव राजनीतिक पार्टीहरुले महशुस गर्न थाले तव देखि नेपालका राजनीतिक पार्टी भित्र असल नेता कार्यकर्ताहरु ओझेलमा पर्ने र खराव आचरण भएका अनि बकालो धनवालाहरुकोनै बोलवाला हुन थालेपछि त राजनीतिक पार्टीहरु विधी,विधान,सिद्धान्त भन्दा बाहिर धकेलिन पुगेका यर्थातता कहिंकतैबाट लुकाएर लुक्नेवाला छैन।हरेक राजनीतिक दल भित्रका कुशल संगठक अनि जनताका माझमा लोकप्रिय बनेका नेताहरु ओझेलमा पारिने र व्यापारी कालोबजारीयाहरुको उच्च मूल्यांकन हुन थालेपछि नेपालको राजनीतिलाई अवसरवाद र पुँजिवादले गाँज्दै जान थालेको छ।

जोगी बन्नका लागि होईन राजनीति , राजनीति त साम दाम अनि दण्डभेदको पो हुन्छ भन्ने मूल्य र मन्यता नेपालमा विस्तारै हावी हुँदै जान थालेपछि स्वभाविक रुपले सोझा साझा नेता कार्यकर्ताहरु यति बेला ओझेलमा पर्न थालेका छन् । पैसावालहरु राजनीतिमा प्रवेश गर्ने वित्तिकै एक हातमा टिकट र अर्को हातमा राजनीतिक दलको पद पाउन थालेपछि त सोझा अनि ईमान्दार नेता कार्यकर्ताहरु स्वभाविक रुपले ओझेलमा पर्नेनै भए।त्यसेले पनि नेपालको राजनीतिमा अव नत आस्था र विचार रहयो नत पार्टीको सिद्धान्तनै।सिद्धान्त विनाका नेता कार्यकर्ता भएको पार्टी र मियो विनाको दाई जस्तो राजनीति हुन थालेपछि जनताका जनजीविकाका सवालहरु ओझेलमा पर्दै जान थालेका छन्।

राजनीतिक पार्टी भित्र संक्रमणको रुपमा फैलिदै गएको नातावाद कृपावाद,क्षेत्रियताबाद देखि लिएर धनवादका कारण पनि राजनीति फोहोरीखेलको रुपमा देखा पर्दै जान थालेको छ।राजनीति भित्र देखा पर्दै जान थालेको यस प्रकारका विकृति र विसंगतिको अन्त्यका लागि नेपालका सबै राजनीतिक दलहरुले स्वयं दल भित्र सुद्धिकरण अभियानलाई तिक्रता दिनेतर्फ नलाग्ने हो भने राजनीतिको परिभाषामा समेत गम्भीर प्रश्न चिन्ह खडा हुने देखिन्छ।

नेपाल राजनीतिमा बढ्दै गैरहेको विसंगति वा बिकृतिलाई बेलैमा अन्त्य गर्ने दिसामा राजनीतिक दलहरुले स्वयं आ आफ्नो पार्टी भित्र बेलैमा पहल नगर्ने हो भने नेपालका राजनीतिक दल,तीनका नेता तथा कार्यकर्ताहरु समेत भ्रटिकरणको दिसामा पुग्ने निश्चित देखिन्छ।त्यसका लागि पनि स्वयं राजनीतिक दलहरुले आफ्ना नेता कार्यकर्ताहरुको आर्थिक स्रोतको लेखाजोखालाई व्यवस्थित गर्ने र सुद्धिकरण गर्ने दिसामा तत्काल पहल चाल्न जरुरी देखिन्छ।

लेखक:प्रेस चौतारी नेपाल कैलालीका पूर्व अध्यक्ष हुन।

९८५८४२०६४३

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया