अनेसास महिला समितिले आह्वान गर्यो कविता

समाचारदाता २०७७ माघ २० गते २३:३१ मा प्रकाशित

बोस्टन,अमेरिका

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ।अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन्।प्रतियोगिताका लागि दुई सय शव्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ।महिला जनजीवन माथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने विज्ञप्तिमा उल्लेख छ।प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ भने द्वितीय र तृतीय हुने कवितालाई क्रमशः तीन सय र दुई सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ।कविता मा २० मार्च २०२१ सम्ममा प्राप्त भइसक्नु पर्ने छ।

प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेको उत्कृष्ट कवितालाई १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचन गराइने आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया