टन्टलापुर घाममा सेतो रुमालले पसिना पुछ्दै सडकमा गुडिरहेका अनगिन्ति गाडीहरुले छोडेको धुवा अनि मानिसहरुको हुल संग संगै आफुलाई पनि डोर्याउदै अघि बढ्दै जान्छ भूतबहादुर।यताउता अन्कनाएर हेर्छ ऊ,अनि खोज्छ आफ्नो सय बर्ष भन्दा अघि छोडेर गएको घर।घर भेटाउनका लागि ठाउको नाम त जान्नुपर्यो तर नाम पनि अब त छुट्टा छुट्टै भैसकेछ।रत्नपार्कमा पुगी सकेर अरुहरु झैँ ऊ पनि आकाशे पुलतिर लाग्दछ।एकछिन त्यो आकाशे पुल बाट चारै तिर हेर्छ र आफै फत्फताउछ “कहाँ पुगेछु म ? पहिले त यहाँ यति धेरै मानिसहरु पनि थिएनन्।यी गुडिरहेका बस्तुहरु पनि थिएनन्।कहाँ बाट आएछ यी सबै।” यतिकैमा घण्टाघरले तांग तांग गर्दै घण्टी बजाएको आवाज सुन्छ ऊ,अनि त्यतै तिर फर्केर हेर्छ।घण्टाघरले उसलाई हेरेर मक्ख पर्दै बोलाएको झैँ लाग्छ उसलाई, अनि नजिकैको भर्खर मात्रै निर्माण पुरा भएको रानी पोखरी अनि नया दरवार स्कुल देखेर मख्ख पर्छ ऊ।त्यो दरबार स्कुल अनि रानी पोखरीले पनि खुशी भएर उसलाई स्वागत गरिरहे झैँ लाग्छ उसलाई।फेरि आकाशे पुलबाट तल ओर्लेर भोटाहिटीतिर लाग्दछ।बाटोभरी छरिएर पसल थापिरहेका सामानमा अल्झिएर झन्डै उ लड्न पुग्छ।ऊ यताउता चारै तिर हेर्छ कसैले उसलाई हेरिरहेका त छैनन् कि भनेर तर उसलाई कसैले पनि हेरेका थिएनन् रहेछ।
त्यो ठाउँ छोड्दै बाटोमा हिड्दै भित्र भित्रै अघि बढ्दै जान्छ ऊ।उसले त्यो ठाउँ छोड्दा खेरिको त्यो ठाउँ कति शान्त र रमाइलो थियो बाटोको छेरु छेउमा हरिया रुखहरु थिए।गाडीको नाममा केहि थिएन सबै हिडेर एक ठाउबाट अर्को ठाउमा जान्थे।बाटो बाटोमा धान अन्न सुकाइएका हुन्थे।बच्चा बच्चिहरु यता उता दगुर्दै खेलिरहेका हुन्थे भन्दै मनमनै सोच्दै एकछिन आकाश तिर टाउको उठाएर हेर्छ ऊ।देख्छ निलो आकाश हुनु पर्नेमा अहिले त् सडकमा गुडिरहेका अनगिन्ति गाडीहरुले छोडेको धुवाले आकाशको रगलाई नी फुस्रो धमिलो बनाइदिएको छ।अनि उ सेतो रुमालले अनुहारको पसिना पुच्छ देख्छ रुमाल नै कालो अनि ऊ अक्मकिन्छ कि उसको रुमाल त सेतो थियो अहिले कसरी कालो बन्यो भनेर तर जे होस् उसलाई आफ्नो घर खोज्नु थियो त्यहि नै खोज्दै अघि बढ्दै जान्छ ऊ।
सडकको दाया बाया ठडिएका ठुल ठुला मलहरु हेर्दै बाटोको भिडलाई छिचोल्दै भुतबहादुर छिटो छिटो अघि बढ्छ।बाटोमा एक् ग्रुप केटाकेटीहरु गफ हाक्दै गैराखेका देख्छ।ठाउँ ठाउमा फाटेको जस्तो देखिने कपडा पाईन्ट लगाएको देखेर भुतबहादुरलाई लाग्छ “कतै हाम्रो देशमा गरिबको संख्या त बढेन घर त राम्रा राम्रा ठुल्ठुला छन् त” बिचरा भूतबहादुर लाई के थाहा कि त्यो त आजकलको फेसन हो भनेर तर जे होस् उसलाई त्यो मानिसहरुको भिडभाड को शहरले उसको पालोको मेला लागेको दिनको सम्झनाले भने मख्ख नै पारिराखेको थियो तर बाटोमा गुडिराखेका अनगिन्ति गाडी मोटरसाईकल साइकल रिक्सा ट्याम्पो जस्ता सवारी साधनहरु बीच कसरि र कति खेर बाटो काट्ने भन्ने बारेमा ज्ञान नहुदा भने त्यो भिड जताजता लाग्छ त्यतैतिर उ पनि लागिरहेका थिए।
अनि एकजनालाई “भाइ यो ठाउको नाम के हो?” भनेर सोध्छ उ। त्यो सुनेर हो कि त्यो भाइले फर्केर हेर्छ त्यो त भाइ नभएर बहिनी पो रहेछ। छोटो कपाल काटेकी जिन्स पाइन्ट र टिसर्टमा सजिएकी। तिनी आवाज आएको तिर यता उता हेर्छिन् तर तिनले भुत बहादुरलाई भने देख्दिन र साथीहरुसित गफ गर्दै अघि बढ्छ। पहिले भुतबहादुर यहाँ हुदा त लोग्ने मानिस स्वास्नी मानिसको छुट्टै पहिचान हुने गरि छुट्टा छुट्टै किसिमको पहिरण हुन्थे। के के सोच्दै भुत बहादुर अघि बढ्दै जान्छ। त्यतिकैमा उसले एउटी लामो कपाल भएको कानमा झुम्का लगाएको केटि उसको अगाडी हिडिरहेको देख्छ अनि तिनको अगाडी गएर सोध्छ ”बहिनी यो ठाउँ को नाम के हो?” तर त्यो मानिसको कानमा केहि राखिरहेको हुनाले सुनेन कि भनेर भुतबहादुरले उसलाई छोएर बोलाउँछ। तिनले पनि फर्केर हेर्छ र पछाडी कोहि नदेखेर खुरु खुरु अघि बढ्छ। त्यो मानिसले बास्तबमा वाकम्यान कानमा राखेर गित सुन्दै गैराखेको रहेछ। बिचरो त्यो सय बर्ष अघिको भुतबहादुरलाई के थाहा? भुतबहादुरले देख्छ त्यो पछाडी फर्केर हेर्ने मानिसको त् जुगा दार्ही पालेको रहेछ। अब भने भुतबहादुर निकै दोधारमा पर्छ। के गर्ने कसलाई सोध्ने साझ पर्न लागिसक्यो।
बाटोमा जादै गर्दा कहिले गाडीले, त कहिले मोटर साइकलले, त कहिले ट्याम्पोले, कहिले स्कुटरले त कहिले ठुला ठुला बसहरुले उसलाई हान्न लाग्छ।कहिले त हानेर पनि जान्छ र उ आफ्नो शरीरमा केहि चोट लाग्यो कि भनेर हेर्छ तर केहि भएको छैन रहेछ अनि फेरि अघि बढछ।गाडीमा मान्छेलाई गुन्द्रुक कोचे झैँ कोच्दै लगेको देखेर ऊ अनौठो मान्छ।तिनले त् तिनको पालोमा गुन्द्रुक बनाउन लाई मात्रै हरियो सागपात लाई भाडोमा कोचेर राख्ने देखेको यहाँ त मान्छेलाई पनि त्यसरी नै गाडीमा कोचेको देखेर एक पटक अनौठो मानेर हेर्छ ऊ।अनि अनुभवको लागि भए नि भनेर मानिसहरुको हुल भित्रै गएर स्वात्त छिर्छ गाडी भित्र, तर त्यहाँ त कोचेर निस्सासिएर भुडी फुट्ला झैँ भएर बल्ल गाडीबाट स्वात्त बाहिर निस्कन्छ ऊ।
बाटो बाटोमा भेटिएका कुनै पुराना घास पलाएका,कुनै भत्किन लागेका,कुनै जिर्णोदार गरेका मठ मन्दिरहरुमा गएर पनि भगवानको दर्शन गर्छ ऊ।बाटोमा गुडिरहेका गाडीहरु अनि छिटो छिटो घर पुग्न हतारिएर हिडिरहेका मानिसहरुको भिडलाई देख्दा त झन्डै भुतबहादुर रिंगटा लागेर ढल्न खोज्छ।बल्ल बल्ल आफुलाई सम्हाल्दै अघि बढिरहेको भुतबहादुरले नजिकै एउटा ठुलो मल देख्छ अनि के रहेछ त त्यहाँ भनेर भित्र हेर्न जान्छ।त्यहाँ त ठुल ठुला विभिन्न सामानहरुको पसलहरु रहेछ।त्यस्तै बाल बालिकाका लागि खेल्ने भिडियो गेमको पसल पनि रहेछ कोहि कोहि बाल बालिकाहरु ति विभिन्न गेमहरु खेलिरहेका थिए भने भर्खर भर्खरका युवा युवतीहरु कोहि सेल फोनमा कुरा गर्दै ब्यस्त थिए त कोहि ल्याप टप चलाउदैमा ब्यस्त थिए।सबै आ आफ्नै धुनमा मस्त देखिन्थे। बिचरो भुतबहादुरले त पहिले उसको पालोमा बालबालिकाहरु तेलकासा,लुकामारी,घोई,खेलेका त कोहि खेत खेतमा आमा बाबुहरुलाई बालि लाउनमा त कहिले बालि झिक्नामा मधत गरिरहेका देखेका थिए।
सागुरा सागुरा सडकको वरिपरि बनाएका राम्रा राम्रा घरहरु,एकले अर्कालाई धकेल्दै हिड्ने मानिसका भिडहरु, बिभिन्न सामानले सजिएका मलहरु,बिभिन्न परिकारका खानेकुराले सजिएका रेस्टुरेन्टहरु, बाटो बाटोमा हिड्न नै अप्ठ्यारो हुने गरि थापिएका पसलहरु,गुन्द्रुक खादे झैँ मानिसलाई खादेर लगेका यात्रुबाहक गाडीहरु, यी सबैका रमितालाई हेर्दै जादा थकाईको महशुस नभएको भुतबहादुरलाई त्यो हुलमुलको ठाउबाट पर पुगे पछि निकै भोक,प्यास अनि थकाई पनि लाग्छ।साझ पनि परिसकेकोले उ हतार हतार अघि बढ्दै जान्छ।थकाईले लखतरान भएको भुतबहादुरले आफ्नो पालोमा झैँ यसो थकान मेट्ने पाटी पौवा केहि भेटिन्छ कि भनि आँखा घुमाउछ तर कतै भेटिदैन।बल्ल टाढा कतै घास पातले ढाकिएको भत्किएको ठाउबाट आफ्नो पालाको जस्तो देखिने सुन्दर ढुंगेधाराले उनलाई चियाईरहेको झैँ लाग्छ।उ हतार हतार त्यतैतिर लम्किन्छ जब त्यहाँ पुग्छ उसको आशा निराशामा परिणत हुन्छ।त्यहाँ त् पानी सुकिसकेको रहेछ।त्यहि भत्किएको पाटीमा बस्दै गर्दा त्यतिखेरको बटुवाको थकाई मेट्ने पाटी पौवा अनि प्यास मेट्ने त्यो सुन्दर ठाउँ ठाउँ मा बनेको ढुंगे धारालाई सम्झेर।अनायासै उसको आँखा बाट आशु झर्छ।
अब त अध्यारो पनि भैसकेछ।बाटोमा बत्ति रहेनछ तर भुतबहादुरको पालोमा पनि बत्ति नभएको हुनाले उसलाई त्यसको असर भने त्यति परेन तर रात परेपछि बाटो पनि सुनसान परिसकेको र त्यो अन्धकारको बाटोमा हिड्दै जादा कतै कतै भुतबहादुर बाटोबाटो मा थुपारिएको फोहरमा कुलचिएर चिप्लिएर लड्न पुग्छ। त्यसमाथि फोहरको दुग्रोबाट आएको गन्धले उसलाई झन्डै बेहोश बनाउन लाग्छ।त्यस माथि पनि बथान बथान भुस्याहा कुकुरहरुले उसलाई भुक्दा त उसलाई निकै रुन मनलाग्छ,अनि सडकको एक कुनामा बसेर क्वा क्वा रुन थाल्छ ऊ।त्यतिकैमा उसलाई कसैले थप्थपाएको झैँ लाग्छ अनि ऊ यसो फर्केर हेर्छ।पुर्णिमाको त्यो चकमन्न रातको प्रकाशमा उसले उसको साथी तर्क बहादुरलाई देख्छ।अचानक आफ्नो साथीलाई देखे पछि खुशी हुदै हतार हतार आशु पुछ्दै भन्न थाल्छ “म यहाँ मेरो घर खोज्न आएको तर मैले भेटाउनै सकिन।”अनि तर्क बहादुरले उसलाई धाप दिदै भन्छ ”म पनि तिमीलाई यहाँ खोज्दै आएको,लौ हिड हाम्रै लोकमा, यो अब हाम्रो लोक होइन।” त्यसो भने पछि दुवैजना हात समातेर खुशी हुदै आफ्नै लोक तर्फ फर्कन्छ अनि भुत बहादुरले तर्क बहादुरलाई अनौठो मानेर हेर्दै भन्छ,”कतै यो सपना त् होइन?”
-रजनी मल्ल न्यु जर्शी,अमेरिका
प्रतिक्रिया