काठमाडौँ।गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत तिमी कस्की छोरीको भिडियो सार्वजनिक गरिएको छ।शुक्रबार सार्वजनिक गरिएको गीतका शब्द लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन्।जसमा संगीत पनि शर्माले नै भरेका छन्।जसमा पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तको बेजोड अभिनय देख्न सकिन्छ।भिडियोमा सुरक्षाका प्रेमिको रुपमा ह्याण्डसम शम्भु घिमिरेको अभिनय रहेको छ।
पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोट गाउँमा छायांकन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युवतीको अवतारमा देखा परेकी छिन्।आरोन अशोक कुमारको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक लक्ष्मण सुनारकै रहेको छ।नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्स मास्टरिगं साजन शाहले गरेका हुन्।सार्वजनिक गीतको भिडियो मोडल शम्भुकै आफ्नै च्यानल युनिआयन मिडिया युट्युब च्यानलबाट बजारमा ल्याइएको हो। हेर्नुहोस् भिडियो
प्रतिक्रिया