स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा सबै भन्दा बढी आत्महत्या हुने मध्ये सातौँ स्थानमा पर्ने देश हो नेपाल।विश्वमा कोरोना महामारी फैलिएको केहि समय पछि देशमा भएको लकडाउन अवधिभर मात्रै ११ सय बढि मानिसले आत्महत्या गरेको तथ्याङ्क केन्द्रिय प्रहरी विभागले सार्वजानिक गरेको थियो ।
पछिल्लो समय विभिन्न किसिमका रोगहरुका कारण मानिसहरुको जीवनशैली समस्यामा पर्ने गरेको छ।यस मध्ये ‘डिप्रेशन’ सबै भन्दा धेरै मानिसमा देखिएको समस्या हो।
डिप्रेशन, मानसिक रोग र देशमा बढो क्रममा रहेको आत्महत्या बीचको सम्बन्धका विषयमा हामीले बि.जी.अस्पताल पोखराका मनोरोग विशेषज्ञ डा. निर्मल लामिछाने संग प्रश्न गरेका थियौं।यस बारे खुलस्त पार्दै उहाँले भन्नु भएका महत्वपुर्ण कुराहरु भिडियोमा हेर्नुहोस् ।
प्रतिक्रिया