निमेष श्रेष्ठको आवाजमा रहेको ‘अचानकै’ बोलको गीत सार्वजनिक

इनेप्लिज २०७७ माघ ४ गते २:३४ मा प्रकाशित

गायक निमेष श्रेष्ठको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।‘अचानकै’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक स्वयम् श्रेष्ठकै रहेको छ। सार्वजनिक गीतमा बृजेश श्रेष्ठको संगीत संयोजन रहेको छ।भाइन भीमफेदीको अफिसियल यु ट्युब मार्फत सार्वजनिक भिडियोमा भाइन भीमफेदी,मिथुन लामा,बिसन दोङ्ग,अजय गोले,बिशाल लामा,रोमियो जंग थापा,सिम्रन लामा र रबिन मोक्तान फिचर्ड छन्।

मिथुन लामा र विशन दोङ्गले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई त्रिलोक लामाले छायाँकन तथा सम्पादन गरेका हुन्। सुर्य लामाले डिओपी र कलर संयोजन गरेका छन्।

प्रतिक्रिया