पूर्व प्रधानन्यायाधीशबाटै संविधानको उल्लंघन भएको छ (पूर्णपाठ भिडियोमा)

इनेप्लिज २०७७ माघ २ गते १२:१९ मा प्रकाशित

काठमाडौं । पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानको उल्लंघन पूर्व प्रधानन्यायाधीशबाटै भएको खुलासा गरेका छन् । नेपालखोज अनलाइन टिभीलाई अन्तर्वार्ता दिँदै पूर्व प्रधानन्यायाधीश पराजुलीले यस्तो खुलासा गरेका हुन् ।

नेपालखोज अनलाइन टिभीको ‘नेपालखोज बहस वीथ राजेश काफ्ले’ कार्यक्रममा पराजुलीले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले आफ्नो कार्यकालभरि नै संवैधानिक इजलास नराखेर संविधानको उल्लंघन गरेको भन्दै संविधानको उल्लंघन गरी आफैंले आफैंमाथि परमादेश जारी गरेको आरोप लगाए ।

अबको जुडिसियरी कसरी अगाडि बढ्ला भन्ने अधिवक्ता राजेश काफ्लेको प्रश्नमा पूर्व प्रधानन्यायाधीश पराजुली भन्छन्, ‘जसरी राष्ट्र आक्रान्त छ, न्यायालयमा ५ जना न्यायाधीश हुनुहुन्छ । ४ जना सर्वोच्च अदालतमा हडताल गरेका व्यक्तित्वहरु हुनुहुन्छ । सर्वोच्च अदालतका न्यायाधीश भनेको व्वस्थापक हो । संसारमा कहीँ पनि न्यायाधीशले हडताल गर्दैनन् । हडताल गरेर आएकाबाट के अपेक्षा गर्न सकिन्छ र ? जे पनि हुन सक्छ ।’

पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले न्यायालयभित्र बस्नेहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि संवैधानिक कदमहरुलाई मिचेको आरोप पनि लगाएका छन् ।

प्रधानमन्त्रीबाट भएको संसद विघटनको विषयमा घुमाउरो पारामा संविधानको उल्लंघन भएको बताउँदै पूर्व प्रधानन्यायाधीश पराजुलीले भने, ‘कहीँ न कहीँ कुनै न कुनै शक्तिको प्रभावमा परेर जानेर होस् या नजानेर सत्तामा बस्ने जिम्मेवारहरुले जुन काम गर्नुभएको छ त्यसले राष्ट्रलाई घात गर्छ ।

प्रतिक्रिया