अफ्रिका । हाल अफ्रिकामा बढदै गएको कोभिड संक्रमणको दोश्रो लहरले नेपालीहरु पनि प्रभावित हुने क्रममा छन । दक्षिण अफ्रिका , नाइजेरिया , युगान्डा , केन्या लगाएत मुलुकहरूमा नेपालीहरु संक्रमण हुने क्रम बढेको छ ।
यसै परस्थितीलाई ध्यान दिई यो आइतबार बिहान अफ्रिकाका गैरआवासीय नेपालीहरुलाई यसको सचेतना र संक्रमणबाट बच्न वरिष्ठ जनस्वास्थ्यबिद डा . रबिन्द्र समीर सङ्ग जुममा सचेतना कार्यक्रमको आयोजना अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय समितिहरुले सन्युक्त रुपमा आयोजना गर्न लागेको जानकारी क्षेत्रीय संयोजक रोशन थापाले दिनु भएको छ ।
उक्त कार्यक्रम बारे थप प्रकाश पार्दै एनआरएनए कि अफ्रिका स्वास्थ्य संयोजक डा. सरिता पान्डेय भट्टराईले भन्नू भयो , कार्यक्रममा डा . रबिन्द्र समीरले भाइरसका नया जात र लक्षण र नियन्त्रणमा अपनाउनु पर्ने सावधानी बारे परामर्श दिनु हुने र अफ्रिकामा कार्यरत नेपाली चिकित्सकहरु पनि आफ्ना अनुभव राख्नेछन ।
उहाले अफ्रिका र अन्य मुलुकमा रहनु हुने इच्छुक नेपालीहरु उक्त कार्यक्रममा जोडिइन समेत अनुरोध गरिन ।
प्रतिक्रिया