शंकाको घेरमा टोखा काण्ड १० घण्टापछि मात्र किन गरियो प्रहरीलाई खबर ? रहस्य भित्रको रहस्य (भिडियो हेर्नुहोस)
बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरी सँग शर्मिला गिरीको सम्पर्क भएको थियो।बिहीबार भने सुदीक्षा सँग पटक पटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन्।‘त्यसपछि कोठामै गएर कुरा गर्नु पर्यो भन्ठानेँ,भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ, भान्सा कोठा तर्फ बाट ढोका ठेल्दा चुकुल खुस्कियो,त्यस पछि भित्र पसेँ अनि बहिनी झुन्डिएको अवस्था र ज्वाइँको शव गन्हाएको अवस्थामा भुइँमा ढलेको देखेपछि आत्तिएर बाहिर निस्किएँ।’
त्यसपछि आफू आत्तिँदै टोखा स्थित घर पुगेर आमा लाई सबै कुरा बताएको उनको जिकिर छ।उमेश दम्पतीको हत्या बारे केसी परिवारलाई किन खबर गरिएन भन्नेमा प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान भइरहेको जनाएको छ।महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शर्मिलाले शव देखेको करिब १० घण्टा पछि मात्रै प्रहरी लाई खबर गरेको,मृतकका परिवारलाई जानकारी नगराएको,सुदीक्षा गिरीले आत्महत्या गरेको वा हत्या भएको विषयमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए।भिडियो हेर्नुहोस
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया