उड्नु छ आज भन्दै आईन गायिका सीमा संग्रौला

इनेप्लिज २०७७ पुष २८ गते २३:५० मा प्रकाशित

धरान /दस बर्ष अघि “नोट ” एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पर्दपर्ण गरेकी धरानकी गायिका सीमा संग्रौलाले लामो समय पछि “उड्नु छ आज ” बोलको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन्।

नोट एल्बमको ” के नै रुनु छ र ” बोलको गीत बाट त्यही बर्ष हिट्स एफएम म्युजिक अवार्डबाट सर्बोकृस्ट नव प्रतिभाको अवार्ड समेत हात पार्न सफल गायिका सिमा संग्रौलाको के नै रुनु छ संगै जितेर मेरो मन ,यो बैंश भित्र के छ ,उताउलो मोरोले ताल पार्यो लगायतका गीतहरु लोकप्रिय रहेका छन।

मेलोडी ,फ्युजन र टिपिकल नेपालीपनका गीतहरु गाउन मन पराउने उनले “उड्नु छ आज ” गीत बिशाल पाण्डेसंग मिलेर संगीत तथा रचना गरेका छन्। यस अघि ३ महिना अघि मात्र उनले बिशाल पाण्डे संग मिलेर नै “माया आउन नजिक ” बोलको गीतको गीत तथा म्युजिक भिडीयो सार्वजनिक गरकी थिईन।

लकडाउनको समयमा अडियो तयार गरि लकडाउन खुलेपछिको समयमा पर्यटकीय नगरी पोखरा र यस आसपासका क्षेत्रमा खिचिएको भिडीयोको छायांकन ,सम्पादन तथा निर्देशन बिशाल पाण्डेले गरेका छन्। “उड्नु छ आज ” गीतलाई गायिका सीमाले आफ्नो प्रेरणादायी गीतको रुपमा लिएको बताउंछिन् । यहि गीतमा भने झैँ उनि अब भने निरन्तर संगीतमा आफ्नो पाइला चाली रहने बताउंछिन्।

“हातेमालो गर्दै हामी सफलताको पाइला चालौं ,
आवौं सबै मिलि हामी एकता को गीत गाऔं “

म्युजिक भिडियो लिंक :

प्रतिक्रिया