आइतबार, माघ ११ २०७७
काठमाडौं २०:४६
वासिङटन डिसी 10:01

फिजाइ पंख

इनेप्लिज २०७७ पुष २८ गते २३:०२ मा प्रकाशित

दिज राज जोशी को आफ्नै शब्द, संगीत तथा स्वर मा, सजिएको ” फिजाइँ पंख ” बोलको गीतले एउटा साँगीतिक कथा अभिब्यक्त गर्दछ ।

निकै सुन्दर बनेको यस गीतको विडियोमा बेनिशा हमाल र गौरव पहारी को अभिनय रहेको छ भने निर्देशन दिपक आचार्य ले गरेका छन । उत्सब दाहालले खिचेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन।

उक्त गीतले एसिड आक्रमणमा परेकी एक युवतीको पिडा , सामाजिक रुप मा तिरस्कृत हुँदा गर्नु परेको संघर्स लाई उठान गरेको छ । त्यसै गरी हामी सबैको साथ र सहयोगले कसरी उनिहरु को पिडामा मल्हम लगाउन सकिन्छ भनेर दर्साइएको छ ।

गीतको मुल मर्म नै जस्तो सुकै गहिरो घाउ भए पनि जीवनमा अगाडी बड्नुपर्छ सपनाहरु देख्नु पर्छ र मनमा हौसला र आत्मबिस्वास राखेर अगाडि बड्ने हो भने फेरि सफलताको बाटो कोर्न सकिन्छ भन्नु रहेको छ ।

प्रतिक्रिया